जनकपुर- प्रजातन्त्र सेनानी अखिलानन्द श्रीवास्तवको आज २९ औं पुण्यतिथिमा श्रद्धाञ्जली सभा मनाइएको छ ।
नेपाली काँग्रेस नगर कार्य समिति जनकपुरकोले पार्टी कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली सभामा स्वं अखिलानन्द श्रीवास्तवको योगदान उपर वक्ताहरुले चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेका जनकपुरधाम नगर सभापति मनोज साहको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा काँग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको प्रमुख अतिथित्व रहेको थियो ।
सो अवसरमा नेका धनुषा उपसभापति सन्तोष यादव, जिल्ला सचिव विसेश्वर यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।