
राष्ट्रिय सरसफाई अभियन्ता धिरेन्द्र साहको संयोजकत्वमा आज (मंगलवार)जनकपुरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । ४ जिल्लाको ४ प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा, समाजवादी पार्टी र राजपा नेपालका २८ जना युवाहरुको सहभागितामा सरसफाई गरियो ।

प्रदेश नं.२ को अस्थायी राजधानी जनकपुरमा भएको सरसफाईमा प्रदेश न २ का उद्योग, वन तथा पर्यटन राज्यमन्त्री शुरेश मण्डल, समाजवादी पार्टीका संसदीय दलका उपनेता राम आशीष यादव, प्रमुख जिल्ला अधिकारी प्रदीप कणेल, सरसफाई अभियन्ता श्रुति सिंह, सरस्वती श्रेष्ठ , सामाजीक अभियन्ता वैद्यनाथ साह, बजरंग यादव, दीपक ठाकुर, राजेन्द्र यादव, जनकपुर उपमहानगर पालिका वाड नं। ७ का अध्यक्ष जानकीराम साह, वाड नं. १ अध्यक्ष शत्रुघ्न साह, वन अधिकृत शुरेश शर्मा , नेपाल प्रहरी, ट्राफिक प्रहरी, रेडक्रस जनकपुर, यंग लीडक कोर्डिनेटर सुरेन्द्र मानन्धार, पर्यटन व्यवसायी बिरेन्द्र साहको उपस्थिति थियो ।

झाड़ू सहित पुगेका सफाई अभियन्ताले होटल सिताशरणदेखि जिरो माइल सम्म सरसफाई गरेका थिए।सरसफाईका माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालीप्रतिको उच्च सम्मान र आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिएको अभियन्ता साहले बताए ।

