सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

उपचुनावको मनोनयन : ४ पदमा ६५ जनाको उम्मेदवारी

शिरीष न्युज by शिरीष न्युज
कार्तिक २१, २०७६
0
उपचुनावको मनोनयन : ४ पदमा ६५ जनाको उम्मेदवारी

काठमाडौं , २१ कात्तिक। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार प्रतिनिधिसभाको एक र प्रदेशसभाका तीन वटा निर्वाचन क्षेत्रमा ६५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेशसभाका भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा क्रमशः १९, १० र १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

कास्की २ मा २२ उम्मेदवार

उपचुनाव हुने क्षेत्रमध्ये सबैभन्दा धेरै चासो कास्की क्षेत्र नम्बर २ हो । प्रतिनिधिसभा सदस्यका लागि त्यहाँ २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दिन गएका कोही उम्मेदवार रक्सीले टिल्ल थिए भने कोही अंग्रेजीमै भाषण ठोकिरहेका थिए । जनकपुरबाट उम्मेदवार दिन आएका एकजनाले भने प्रस्तावक र समर्थकसमेत पाएनन् ।

जनकपुर–१४ देखि आएको बताउने डा. कृष्णचन्द्र प्रसाद साह प्रस्तावक र समर्थक खोज्दै निर्वाचन कार्यालय वरिपरि भौंतारिए । प्रस्तावक र समर्थक स्थानीय हुनुपर्छ । दुवै नपाएपछि उम्मेदवारी नदिने भन्दै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई जीतको शुभकामनासहित बिदा भए ।

गएको चुनावमा तत्कालीन एमालेबाट दिवंगत पूर्वमन्त्री रवीन्द्र अधिकारीले २७ हजार भोटसहित जीत हासिल गरेका थिए । दोस्रो स्थानमा रहेको कांग्रेसका देवराज चालिसेले १८ हजार मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको विवेकशील साझाका श्रीकृष्ण श्रेष्ठले ८ सय भोट ल्याएका थिए । तर, हाल विवेकशील र साझा अलग छन् । साझा पार्टीले रजनी केसीलाई उठाएको छ ।

भक्तपुरमा १९ उम्मेदवार

भक्तपुर १ (क) मा ९ दल र १० स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डीपी) ढकाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र नेपाल मजदूर किसान पार्टीबाट निरज लवजुले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपाको उम्मेदवारी दर्ताका लागि सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेतलगायतका नेता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

कांग्रेसको उम्मेदवारी दर्ता गराउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापालगायतको समूह पुगेको थियो । नेमकिपाबाट सचिव प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँलगायतको टोली पुगेको थियो ।

यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, नेपाली कांग्रेस (बीपी) बाट मधुसुदन न्यौपाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्रबाट कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजु, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मष्तिस्काघातका कारण मृत्यु भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

बाग्लुङमा १० जनाको मनोनयन दर्ता

बाग्लुङ–२ (ख) मा दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट नीमबहादुर भण्डारीले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो ।

दाङमा १४ जनाको उम्मेदवारी दर्ता

दाङ ३ (ख) मा प्रदेशसभा सदस्यका लागि

१२ दल र दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विमला वली, नेपाली कांग्रेसबाट केशव आचार्य, राष्ट्रिय जनमुिक्त पार्टीबाट धनराज सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार, राप्रपा(संयुक्त)बाट छोटीलाल थारु, नेकपा(माले)बाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी र राप्रपाबाट भूपाल रावतले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

त्यस्तै कांग्रेस (बिपी)बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट सोनुबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी र समाजवादी पार्टीबाट शिवकुमार चौधरी तथा गोविन्द केसी र टीकाराम आचार्यले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने कात्तिक २७ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?
राजनीति

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

प्रदेश २ मा भोलि सार्वजनिक विदा
प्रदेश २

प्रदेश २ मा भोलि सार्वजनिक विदा

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द
प्रदेश २

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द

विरोध सभामा उपस्थित जनमास हेर्दा आमनागरिक सरकारको कदम विरुध्द रहेको देखायो : कांग्रेस
राजनीति

विरोध सभामा उपस्थित जनमास हेर्दा आमनागरिक सरकारको कदम विरुध्द रहेको देखायो : कांग्रेस

प्रतिनिधिसभा विघटन र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसले महोत्तरीको वर्दिवासमा गरेको विरोध प्रदर्शन भिडियो हेर्नुहोस्
प्रदेश

प्रतिनिधिसभा विघटन र भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेसले महोत्तरीको वर्दिवासमा गरेको विरोध प्रदर्शन भिडियो हेर्नुहोस्

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन (फोटो फिचर)
प्रदेश

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन (फोटो फिचर)

Next Post
इँटा भट्टीमा हालेर ज्युदै मान्छे जलाएको आरोप लागेका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री अफताव आलम पक्राउ

बाह्र वर्षमा फर्कियो न्यायको आशा, आलमलाइ पूर्पक्षका लागि थुनामा पठाउने आदेश

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist