आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

ज्यूँदै मानिस इट्टा भट्टामा जलाएको आरोपमा सांसद आलमसहित ११ विरुद्ध मुद्दा दायर गर्ने तयारी

शिरीष न्युज by शिरीष न्युज
कार्तिक १५, २०७६
0
इँटा भट्टीमा हालेर ज्युदै मान्छे जलाएको आरोप लागेका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री अफताव आलम पक्राउ

रौतहट- नेपाली कांग्रेस रौतहटका सांसद मोहम्मद अफताव आलमले बम विष्फोटनमा परेका घाइतेहरूलाई ज्यूँ इँट्टाभट्टामा हालेर मारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रौतहटले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमले आफ्ना भाइसहित मिलेर मानिसहरूलाई ज्यूँदै इट्टा भट्टामा हालेको प्रतिवेदनमा दाबी गरिएको छ।

प्रहरीले तत्कालीन समयमा निर्माण भएको मुजुल्का र घटनास्थलबाट बरामद भएको स्वीटर लगाएका वस्तु तथा बयान दिने पीडित र उनीहरूका परिवारको भनाइ समेत अनुसन्धान प्रतिवेदनमा  समेटेको छ।

प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले त्यसमा आइतबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गर्नेछ।

२० दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका आलमविरुद्ध सोमबार अदालतमा मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ। प्रहरीले आलमसमेत उनका भाइ महताव आलम, भदै शेख लगायत पाँचजना विरुद्ध तीनवटा मुद्दा दायर गर्न सरकारी वकिललाई अनुसन्धान प्रतिवेदनमा सुझाव दिएको छ।

मुद्दा चलाउने अन्तिम अधिकार सरकारी वकिलको भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदनमा यस्तो सुझाव दिएको हो।

घटनामा घाइते भएर पनि जोगिएका एकमात्र जीवित व्यक्ति सर्लाहीका  सफी अहमद र मृतक ओसी अख्तरका ससुरा (प्रत्यक्षदर्शी) समसुल मियाँको बयान, प्रयोग गरिएको ट्रयाक्टर, घटना भएको दिन इलाका प्रहरी कार्यालय राजपुरका तत्कालीन इन्स्पेक्टर इन्द्र सुवेदीलाई रातारात सरुवा गरी राजीव बस्नेतलाई पठाउने शंकास्पद निर्णयसहितको विषयले आलमलगायत पाँचजनाको संलग्नता पुष्टि गरिरहेको प्रहरी दाबी छ।

तत्कालीन समयमा निर्माण भएको घटनाको मुचुल्का पनि आलाम विरुद्धको प्रमाण भएको दाबी प्रहरीको अनुसन्धान प्रतिवेदनमा गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रतिवेदन बुझाइसकेकोले सोमबार अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारीमा लागेको जिल्ला सरकारी वकिल खदिन्द्रराज कटुवालले जानकारी दिए। आइतबारै मुद्दा दर्ता गर्न सकिने भए पनि छठको अवसरमा प्रदेश सरकारले विदा दिने घोषणा गरेको कारण सोमबार मात्रै मुद्दा दायर गरिने उनले बताए।

सोमबारबाटै आलामको अदालती बयान पनि सुरु हुनेछ। जिल्ला न्यायाधीशको एकल इजलाशमा उनी विरुद्धको अभियोगमा बयान समाप्त भएपछि थुनछेक बहस हुनेछ। प्रहरीले आलामसहित पाँचै जनालाई आजन्म जेल सजाय हुने सजायको माग गरेको छ। मुलुकी फौजदारी संहिता अनुसार जन्मकैदको सजाय हुनुपर्ने माग प्रहरीको अनुसन्धान प्रतिवेदनमा गरिएको छ।

तीन अभियोग ११ प्रतिवादी १० लाई जन्मकैद
आलाम प्रकरणमा अधिकांश प्रतिवादीलाई तीन अभियोगमा जन्मकैदको सजाय माग दाबी प्रहरीको छ।  ११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र १ जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्याधिवक्ता खडिन्द्र राज कटुवालले बताए। प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्याधिवक्ता कटुवालले बताए।

उनीहरूलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(१) नं. कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७(१) कसुर अपराध अनुसार कारबाहीको माग भएको कटुवालले बताए। आलमविरुद्ध थप दुई कसुरको सिफारिस भएको उनले बताए।

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो। सर्लाही घर भएका ५९ वर्षीय सफी अहमदलाई विस्फोटमा पारी ज्यान लिने उद्देश्यको कसुर गरेको र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तयार पारेको छ।

सबै कसुर उपर अनुसन्धान सकेर सजाय माग दाबीसहित सरकारी वकिलको कार्यालयमा मिसिल बुझाइएको छ।  गत २०६४ साल चैत्र २७ गते संविधानसभाको चुनावको अघिल्लो दिन जिल्लाको राजपुर फरदहवामा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलम घटनामा दोषी रहेको निष्कर्ष रौतहट प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन
प्रदेश

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन

जनकपुरको एक होटेलको कोठामा एक युवती झुन्डिएको अवस्थामा फेला
प्रदेश

पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि एक महिलाले गरिन पासो लगाइ आत्महत्या

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग
प्रदेश २

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ  पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन
प्रदेश

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
अर्थ

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि
अर्थ

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि

Next Post
आज छठको दोस्रो दिन, खरना विधि सम्पन्न

आज छठको दोस्रो दिन, खरना विधि सम्पन्न

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist