ढल्केवर, कार्तिक १५ गते । धनुषाको मिथिला नगरपालिकामा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
मिथिला नगरपालिका वडा नं-२ नक्टाझिज स्थित हिमालय युवा क्लवको आयोजनामा संचालित पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
दुई समूहमा संचालति सो प्रतियोगितामाको फाइनल खेलमा समूह ‘ए’ को तर्फबाट मिथिला ब्याडमिन्टन क्लव ढल्केवरको तर्फबाट विनोद सिंह र विशेश्वर साहको जोडीले प्रथम स्थान ल्याएको छ भने समूह ‘बी’ को तर्फबाट मिथिला ब्याडमिन्टन क्लव ढल्केवरकै सर्वनाथ महतो र नविन यादवको जोडिले प्रथम स्थान ल्याएका छन् ।
त्यस्तै उक्त प्रतियोगितामा समूह ‘ए’ को तर्फबाट मिथिला ब्याडमिन्टन क्लवकै तेजनारायण साह र संतोष कुमार महतोको जोडीले द्धितीय स्थान प्राप्त गरेका छन् भने समूह ‘बी’ को तर्फबाट क्षीरेश्वरनाथका दिलिप महरा र सुरेन्द्र साहको जोडीले द्धितीय स्थान प्राप्त गरेका छन् ।
हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतोको अध्यक्षता तथा प्रदेश सांसद शत्रुधन महतोको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताका समापन समारोहमा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतो, क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजिंयार, मिथिला नगरपालिका वडा नं। २ का वडाअध्यक्ष विहारी महतोलगायतका अतिथीहरुको उपस्थिति रहेको थियो । प्रतियोगिता समापनको अवसरमा जीत हासिल गरेका प्रतियोगिहरुलाई प्रमुख अतिथि, विशेष अतिथिहरुले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ‘स्वास्थको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ मूल नाराकासाथ आयोजना गरिएको सो ब्याडमिन्टन प्रतियोगिता दुई समुहमा संचालन गरिएको थियो । उक्त प्रतियोगितामा १८ जोडीको सहभागिता रहेको थियो ।