मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बन्द खाम र समाचारको सौदाबाजी

शिरीष न्युज by शिरीष न्युज
कार्तिक ९, २०७६
0
बन्द खाम र समाचारको सौदाबाजी

नरेश फुयाँल

चन्द्रकिशोरको घर सर्लाही । बलरामा जन्मिए । उच्च शिक्षा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट लिए । वर्किङ स्टेसन वीरगञ्जलाई बनाए । ३० वर्ष भयो वीरगञ्जमा बसेको । कामको क्षेत्र त पूरै तराई । तर वर्किङ स्टेसनचाहिँ वीरगञ्जलाई बनाइरहे ।

गणितमा उनको दिमाग दाहिने चल्थ्यो । तर कविता लेख्थे । कक्षा ७ मा पढ्दा उनले कविता प्रतियोगितामा भाग लिएका थिए । उपहार पाए महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ ।

देवकोटा, भूपि शेरचन, मबीबी शाह, लेखनाथ पौडेलका कविताले उनलाई मोहित पारेका थिए । तिनै कविता पढेर त्यसकै सेरोफेरोमा आफ्नो भावनालाई उतार्थे । उनी भन्छन्, “बालबालिकाले त्यसै गर्छन्जस्तो लाग्छ । साहित्यमा सानैदेखि रुचि थियो ।”

डाक्टर अथवा इन्जिनियर बनाउने बाबुको इच्छा थियो । आईएस्सी पढे । आइएस्सीपछि तयारीका लागि उनी काठमाडौं पनि आए । आईएस्सी दोस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । जग दह्रो भएन । तयारी पुगेन । इन्जिनियर र चिकित्सक दुवैमा असफल भए । बाबुको चाहना अधुरै रहने देखियो । चन्द्रकिशोरमा परिवर्तन आउँदै थियो । साहित्यिक कृतिमा दिलचस्पी झाङ्गिँदै थियो ।

बीएस्सी पढ्दै गर्दा समकालीनहरुसँग मिलेर चन्द्रकिशोरले संस्था खोले ‘ग्राम उत्थान परिषद्’ । अध्यक्ष चन्द्रकिशोरलाई बनाइदिए । ग्राम उत्थान परिषद्ले दुईपटक पत्रिका निकाल्न थाल्यो । सम्पादक पनि चन्द्रकिशोर नै थिए । ०४३ सालतिर फर्किए उनी । पत्रिकाको नाम ‘ग्राम’ थियो । पत्रिका हस्तलिखित हुन्थ्यो । वर्षमा दुई पटक दसैं र सरस्वती पूजामा निकाल्थे । जसको अक्षर राम्रो छ, उसैले लेख्थ्यो । दसैंमा ‘विजया’ र सरस्वती पूजामा ‘वसन्त’ अङ्क निकाल्थे । पत्रिका नेपाली, हिन्दी र बज्जिका गरी तीन भाषामा निकाल्थे । दसैंमा घर फर्किएका पढेलेखेकाहरुलाई र गाउँ पञ्चायतमा लगेर दिन्थे, विनापैसा । साहित्य, विकास र सामाजिक विषयका जानकारी त्यो हस्तलिखित पत्रिकामा समेटिन्थे । राजनीतिक विषयले भने खासै उजागर हुन पाउँदैनथे । कारण राजनीतिक व्यवस्था (पञ्चायत) नै थियो ।

पत्रकारितामा दिलचस्पी
पत्रिका प्रकाशनमा रुचि कसरी जाग्यो ? पृष्ठभूमितर्फ फर्किन्छन् उनी । तराईको जग्गा । सबैतिर समथर । भैंसी चराउन जान्थे । भैंसीको पिठ्यूँमा बोरा ओछ्याएर बस्थे । र, दिनभरि पढ्थे उनी । घरमा बाबुले मोटामोटा किताब राखेका हुन्थे । प्रायः सबै किताब पढ्थे चन्द्रकिशोर ।

एउटा पुस्तक भेटे उनले । पुस्तक थियो हिन्दी भाषामा । समय थियो– एसएलसी दिएको वर्ष । पत्रकारले लेखेको पुस्तक परेछ । त्यसमा लेखिएको थियो– हस्तलिखित पत्रिका कसरी निकाल्ने ? समाचार कसरी लेख्ने, पत्रकार र पत्रकारिताले समाज परिवर्तनमा खेल्ने भूमिका । सँगै थियो एक पत्रकारको जीवनी पनि । जीवनी थियो– पत्रकार गणेश शङ्कर विद्यार्थीको । उनी भारत कानपुरका प्रतिष्ठित पत्रकार थिए । ‘प्रताप’ उनको पत्रिकाको नाम थियो ।

भारत स्वतन्त्र हुनुअघि उनले सरकारी दमन सहेर स्वतन्त्र भारतको पक्षमा पत्रिका निकाल्थे । जब कानपुरमा हिन्दू र मुस्लिमको दङ्गाफसाद भयो । उनले सम्पादकीय, लेख र समाचारको काम त गरिरहेका थिए नै, सँगै सडकमा पनि आए । सडकमै उत्रिएका उनी आन्दोलनमा मारिए ।

उनको त्यो जीवनी चन्द्रकिशोरको दिमागमा टाँसिएर बस्यो । उनले निष्कर्ष निकाले– जीवन त यसरी पो अगाडि बढ्नुपर्ने रहेछ । पत्रकारले जे भन्छ त्यो गरेर पनि देखाउनुपर्छ भन्ने उनको अमिट बुझाइ रह्यो ।

नेपालमा पञ्चायत थियो । केही न केही आफ्नोतर्फबाट गर्नुपर्छ भन्ने लाग्यो । भारतमा हिन्दू र मुस्लिमबीच दरार थियो । नेपालमा पहाड र तराईबीच । सामाजिक समाञ्जस्य हुनुपर्छ भन्ने थियो । भारतमा हिन्दू र मुस्लिमबीच समाञ्जस्य नहुँदा जसरी स्थिरता र आर्थिक उन्नति भएको छैन त्यस्तै नेपालमा पनि पहाड र तराईबीच समाञ्जस्य नहुँदा नेपालले अग्रगति लिन सक्दैन । तराई र पहाडबीच बृहद् अन्तरक्रिया गराएर समाधानको बाटो खोज्नुपर्छ र यसका लागि पत्रकारको रोल महत्वपूर्ण हुन्छ भन्ने उनी सोच्थे । त्यही उद्देश्यले पत्रिका निकाल्न थालेको अतीत सुनाउँछन् उनी ।

बीएस्सी पढ्दै गर्दा साहित्य र दर्शनले उनी लपक्कै भइसकेका थिए । भारतीय युवा स्वामी विवेकानन्दको ठूलो प्रभावले उनलाई समेटिसकेको थियो । चन्द्रकिशोर विवेकानन्दको संस्था रामकृष्ण मिसनको प्रभावमा परे । उनले निर्णय गरे– म सन्न्यासी बन्छु । पत्राचार गरे ।

तर सधैं जिन्दगीमा सीधा बाटोमात्रै कहाँ भेटिन्छ र ? कहिले उकाली ओराली त कहिले नागबेली यात्रा । घरको जेठो छोरो । पारिवारिक जिम्मेवारी थियो । परिवारको दबाब थियो । सन्न्यासी बन्ने रहर जिम्मेवारीले लुट्यो ।

सम्पादकलाई चिठ्ठी
बीएस्सी पढ्दा उनले ‘गोरखापत्र’मा सम्पादकलाई चिठ्ठी लेख्न थालेका थिए । वीरगञ्जको ‘प्रतीक’ पत्रिकामा समसामयिक विषयमा झटारो हान्थे ‘कटुमधु’मा । कविताहरु छाप्थे । काठमाडौंबाट प्रकाशन हुने ‘समीक्षा’, ‘चर्चा’, ‘समाज’ लगायत पत्रिकामा सम्पादकलाई चिठ्ठी लेख्थे । पत्रपत्रिकामा साइनो लगाउँदै गए ।

०४६ सालको राजनीतिक जनआन्दोलनपछि चन्द्रकिशोरले व्यावसायिक पत्रकारिता सुरु गरे । ‘प्रभातवाणी’ साप्ताहिकमा सम्पादक भएका थिए । त्यही क्रममा वीरगञ्जमा उनको भेट भयो सुरेन्द्र सापकोटासँग । सुरेन्द्र ‘देशान्तर’का बजार प्रवद्र्धक थिए । उनले चन्द्रकिशोरलाई जोडे ‘देशान्तर’सँग । समाचार पठाउन सुरु गरे उनले । काठमाडौंका पत्रिकामा उनले स्थान पाए ।

सँगै उनी लेख्थे ‘राष्ट्रपुकार’ र ‘पुनर्जागरण’मा पनि । ‘देशान्तर’मा काम गरिरहेका थिए । एकभन्दा धेरै पत्रिकामा काम गर्न पाइँदैनथ्यो । तर समाचार हुन्थे । लेख्न मन लाग्थ्यो । त्यसैले उनी छद्म नाम प्रयोग गर्थे । र, समाचार लेख्थे । ‘युग सम्भव’ र ‘तरुण विप्लव’ उनले आफूले लेखेको छद्म नाम सम्झिए ।

‘देशान्तर’मा छापिएको समाचार उनले सम्झिए । सद्भावना पार्टीको महाधिवेशन भएको थियो वीरगञ्जमा । पार्टी विभाजन भएको थियो । उनले समाचारसहित गजेन्द्रनारायण सिंहको अन्तरवार्ता पनि लिए । उनले अझै पनि नबिर्सिएको प्रारम्भिक समयको समाचार थियो त्यो ।

जिम्मेवारी र पत्रकारिता  
‘हिमाल खबर पत्रिका’मा उनले पहिलो दिनबाटै रिपोर्टिङ गरे । भोजपुरी, मैथिली र हिन्दी भाषाका पत्रिकामा पनि काम गरे । कुनैमा रिपोर्टर त कुनैमा सम्पादक ।

सङ्घर्षका दिन थिए । पिठ्युँमा जिम्मेवारीको अग्लो भारी थियो । दुईजना भाइलाई पढाउनु थियो । तर न्यून पारिश्रमिक अपुग थियो । त्यसैले उनी ट्युसन पढाएर अभाव टार्थे ।

अभावले चन्द्रकिशोरलाई चौधरी ग्रुपको मेघा उलन मिल्समा पनि पुर्‍यायो । त्यहाँ रहँदा आर्थिक उपार्जन त गरे नै अर्को सुविधा पनि उपभोग गरे । अधिकांश पत्रपत्रिका आउँथे । पढ्न पाए । सर्वसाधरणको पहुँचमा विरलै आइपुग्ने टेलिफोन उपभोग गर्न पाए । त्यसले उनको पत्रकारितालाई सहयोग नै गर्‍यो । “जुन दिन मलाई लाग्यो– म पत्रकारिता गरेर बाँच्छु । मैले अरु सबै काम छोड्दिएँ,” चन्द्रकिशोर विगत सुनाउँछन् ।

‘हिमाल खबर पत्रिका’ले उनलाई काठमाडौं बोलायो । तर उनले तराई छोड्न चाहेनन् । तराईका खबर काठमाडौं पठाउन नै चाहे । समाज रुपान्तरणको अहिंसक माध्यम हो र यही नै ठीक छ भनेर सरकारी सेवामा आकर्षित नभएका उनले तराईलाई नै मुख्य कर्मभूमि बनाउने अठोट गरे ।

“पत्रकारले सधैं समाजको डार्क एरियालाई बाहिर ल्याउने हो । त्यसैले म मधेसको कुरा गर्छु, दलितको कुरा गर्छु किनभने नेपालको भूगोलमा त्यो अँध्यारोमा परेको क्षेत्र हो । धेरै उत्पीडित, सीमान्तकृत र लोपोन्मुखहरुका सूचना नै मैले लेख्ने हो,” चन्द्रकिशोर भन्छन् ।

देश सङ्घीयतामा गइसक्यो । संविधानले अधिकार विकेन्द्रित गरिसक्यो । भलै कानुन बनिसकेको छैन । पूर्ण कार्यान्वयन भइसकेको छैन । तर अहिले पनि काठमाडौंमा काम गरे अग्लो व्यक्ति भइन्छ भन्ने मानसिकता यथावत् छ । चन्द्रकिशोरले अहिले हैन पहिले नै काठमाडौंबाहिर बसेर काम गरे । वीरगञ्ज मात्रै कार्यक्षेत्र थियो । अहिले सम्पूर्ण तराईलाई कार्यक्षेत्र बनाएका छन् । वीरगञ्ज वर्किङ स्टेसनमात्रै भयो । देहातमा पुगेर समाचार खोज्छन् । देहातका भुइँमान्छेका वस्तुस्थितिसहितका समाचारले उनलाई काठमाडौंले स्वीकार गरेको छ ।

“काठमाडौंबाहिर बसेर, कसैलाई आरोप नलगाएर, बन्द खाम नलिएर वीरगञ्जमा बसेर काम गर्न बडो गाह्रो थियो,” चन्द्रकिशोर आफू बचेर पत्रकारिताको मूल्य र मान्यतालाई बचाएर काम गरेको कुरा गर्छन्, “दबाब र खप्की सहन सजिलो थिएन । तर सहेँ ।”

निराधार आरोप
खोज पत्रकारिता केन्द्रमा अध्यक्ष भएको दोस्रो दिन हामीसँग कुरा गर्दैगर्दा चन्द्रकिशोरले त्यहाँबाट पाएको फेलोसिपको कुरा गरे । विषय थियो– वीरगञ्जको भन्सारमा हुने तस्करी ।

वीरगञ्ज भन्सारका तत्कालीन प्रमुख साहित्यमा रुचि राख्ने व्यक्ति थिए । साहित्यिक अन्तरक्रियामा समय भएसम्म सहभागिता जनाउँथे । क्लियरिङ एजेन्टको अध्यक्ष काशीराज उपाध्याय थिए । उक्त एजेन्टको सल्लाहकारमा नियुक्त भएका थिए । एक हजार पारिश्रमिक थियो । काशीराजको ससुराली चन्द्रकिशोरको गाउँमा थियो । त्यसैले काशीराजकी श्रीमतीलाई उनी दिदी भन्न थाले । भलै यिनीहरुले त्यो गाउँ पहिल्यै छोडिसकेका थिए । भावनात्मक नातामात्रै बाँकी थियो ।

चन्द्रकिशोरले स्टोरी सुरु गरे । भन्सार प्रमुख १० बजे अफिस आएपछि कसरी क्लियरिङ एजेन्टका कर्मचारीहरु आउँछन् । कसरी झुकेर ढोग्छन् । त्यसको अर्थ उनले राम्रो आम्दानी मिल्ने ठाउँमा पठाइदिऊन् भन्ने हुन्थ्यो ।

त्योसँगै त्यहाँको लेखा शाखामा कुन दिन प्रहरी, कुन दिन पत्रकार, कुन दिन राजनीतिज्ञ आउने भनेर बार छुट्ट्याएर टाँसिएको थियो । तोकिएको दिनमा गएर बन्द खाम लिएर निस्किने चलन रहेको उनले थाहा पाए । ०५६ सालको कुरा सुनाउँछन् । काशीराजले वैधानिक तरिकाबाट आउने समानमा कति अतिरिक्त शुल्क लगाउने गरिएको छ, उनले भन्दिए ।

चन्द्रकिशोरले सोधेका थिए, “मैले यो छाप्दा हुन्छ ?”

“हुन्छ हुन्छ, किन नहुनु छाप । तिमी छाप्न सक्छौ । छाप्दैनौै, तिमी डराउँछौ । लेख्छौ भने लेख,” काशीराजले उनलाई भने ।
चन्द्रकिशोरले रेकर्ड गरिरहेका थिए ।

समाचार ‘देशान्तर’मा छापियो । ठूलो दबाब पर्‍यो वीरगञ्ज भन्सार प्रमुखलाई । क्लियरिङ एजेन्सीसँग उनी रिसाए । एजेन्टहरु काशीराजसँग रिसाए ।

काशीराजकी श्रीमतीले चन्द्रकिशोरलाई फोन गरेर भनिन्, “तपाईंलाई भाइ मानेको, तपाईंले नै यत्रो धोका दिने ? मेरो श्रीमान्को बिजनेस चौपट हुने भयो ।”

चन्द्रकिशोरले भिनाजुसँग सोधेर नै समाचार लेखेको बताए । त्यो समाचारको ठूलो चर्चा भयो । चर्चामात्रै भएन, काशीराजले मैले बोलेकै छैन भनेर पत्रकार सम्मेलन नै गरे । जब कि चन्द्रकिशोरसँग बोलेको रकर्ड नै सुरक्षित थियो । त्यतिमात्रै पनि होइन, उनले सल्लाहकारको जागिर पनि दिएको र तलब एक हजार दिने गरेको पनि बताए । चन्द्रकिशोरले जागिर छोडिदिए । यो समाचारले उनलाई चिनाएन मात्रै, धेरै कुरा सिकायो पनि ।

मधेसीलाई डोजर हान्दिनु पर्छ…
०६३ मा मधेस आन्दोलन भयो । रवीन्द्र मिश्र बीबीसी नेपाली सेवामा थिए । उनले चन्द्रकिशोरलाई बीबीसीका लागि टिप्पणी गर्न लगाए । चन्द्रकिशोरले भने– मधेस आन्दोलनमा शाही शासनको पक्षमा बसेका केही व्यक्ति सामाजिक सुरक्षाका लागि मधेस आन्दोलनमा छिरेका छन् । उनीहरु मधेस आन्दोलनमार्फत् फ्रेस राजनीति गर्न खोजिरहेका छन् । उनको राजनीतिक विश्लेषण प्रशारण भयो । मधेस आन्दोलन ‘उत्कर्ष’मा थियो ।

वीरगञ्जको घन्टाघर क्षेत्रमा कसैले हल्ला फैलाइदियो– चन्द्रकिशोरले सबै मधेसी पञ्च हुन् भनेर मधेस र मधेसी विरोधी कुरा रेडियोमा गर्‍यो । अरु कुरालाई बिर्सिएर विश्लेषणको एउटा पङ्क्तिलाई मात्रै उद्धृत गरेर र्‍युमर फैलाइयो । उनलाई जुलुसमा रहेका एक व्यक्तिले खबर गरे, “भीडमा तपाईंबारे अफवाह फैलाइएको छ । तपाईं केही दिन बाहिर ननिस्किनुस् ।”

उनले त्यो बेला केही त्रासको महसुस गरे ।

०७२ मा मधेस आन्दोलित थियो । मधेस हेर्ने चन्द्रकिशोर काठमाडौं थिए । उनी कालिकास्थानस्थित एक प्रेसमा पुगे । प्रेसमा आएका एक युवकले भने, “यी मधेसी सबलाई डोजर हान्दिनुपर्छ ।”

चन्द्रकिशोरसँगै अरु पनि थिए । ती युवकले इङ्गित गरेका थिए चन्द्रकिशोरलाई । तर कसैले केही भनेन ।

ती युवा कुनै एक राजनीतिक दलका कार्यकर्ता रहेछन् । उनले भन्न थाले, “सिन्धुपाल्चोकका अधिकांश नेता सुन तस्कर, रक्तचन्दन तस्कर हुन्… आदि ।’’

एकछिनमा सबै निस्किए । गेटमा पुगेका चन्द्रकिशोरले त्यहाँ देखे एक जना बुट पोलिस गरेर बसिरहेका मधेसी । उनले सोधे, “तपाईंको नाम के हो ?”

“राजेन्द्र राम ।”

“घर कहाँ हो ?”

“सर्लाही ।”

चन्द्रकिशोरले मधेसीलाई डोजर हान्दिनुपर्छ भन्ने युवकलाई भने, “कुनै मधेसी नेताको कुरा टेलिभिजनमा सुनेर तपाईंलाई झोक चल्यो । त्यो सुनेर यो राजेन्द्र रामलाई डोजर हान्दा न्याय हुन्छ ? तपाईं अघि भन्दै हुनुहुन्थ्यो तपाईंको पार्टी सुन तस्करहरुले कब्जा गरिसके । त्यही पार्टीको मान्छे तपाईंलाई त्यही सुन तस्करीको कुरा सुनेर म तपाईंलाई गोली हानौं ? न्याय हुन्छ ?”

ठीक त्यही यात्रामा साहित्यकारहरुसँग जमघट थियो न्युरोड पिपलबोटमा । त्यहाँ एक जना युवा ओहोरदोहोर गरेर भन्दै थिए, “मधेसीहरुलाई ठीक पार्छु ।”

सबैले बुझे चन्द्रकिशोरप्रति लक्षित थिए ती व्यक्ति । तर सबै मौन ।

एउटाको झोकमा अर्को पर्ने खतरा थियो । त्यही समय उनी जनताको ‘मुभमेन्ट’ जहाँजहाँ हुन्छ, त्यहीँ पुग्थे । जोखिम मोलेर समाचार र टिप्पणीहरु लेख्थे । उनले हैरानी बेहोर्नुपर्‍यो । नेपालभित्रै रहेको एउटा पक्ष र अर्को पक्षबीच संवाद थिएन । असर आमनिर्दाेष नागरिकले बेहोर्नु परिरहेको थियो । त्यसबखत सही बुझाइ र सही सूचनाको अभाव रहेको उनको बुझाइ छ । यी घटनापछि समाज परिवर्तनको अहिंसक माध्यम पत्रकारिताप्रतिको झुकाव झन् बढेर गयो उनमा ।

बन्द खाम र समाचार 
प्रायः धेरैलाई थाहा छ । भन्सारको समाचार लेखेरभन्दा नलेखेर कमाउने पत्रकार पनि छन् । भन्सारको समाचार लेख्ने आसपासमा बस्ने चन्द्रकिशोेरलाई पनि प्रलोभनमा पार्ने प्रयत्न नभएका होइनन् । एकपटक दसैंमा उनीसामु बन्द खाम आइपुग्यो । उनले अस्वीकृत गरिदिए । त्यसपछि उनलाई प्रलोभनमा पार्ने कू–चेष्टा कसैले गरेन ।

“३० वर्षअगाडि पनि म वीरगञ्जमा भाडामा बस्थेँ, आज पनि भाडामै बस्छु,” उनको सादगी जीवनबारे हामीले सोध्यौं । उनले भने, “तराईका बोर्डरमा आर्थिक शक्ति केन्द्रहरु हुन्छन् । अलिकति इमान बेच्यो भने त्यस्ता शक्ति केन्द्र दाहिना हुन्छन् । जीवनशैली फेर्न सकिन्छ । तर मैले त्यो रोजिनँ ।” आज पनि सार्वजनिक गाडीमै यात्रा गर्छन् उनी ।

पत्रकारहरु फेसबुकमा लेखिदिन्छन्, फलानो गाउँपालिका, नगरपालिकामा यस्तो भयो । त्यसपछि सौदाबाजी सुरु हुन्छ । फेसबुकमा आएका ती सूचनाहरु समाचार बनेर आउँदैनन् । “तराईमा अखबारभन्दा धेरै बोली चल्छ,” डगमगाएको प्रवृत्तिप्रति कटाक्ष गर्छन् चन्द्रकिशोर ।

“जिल्ला प्रशासन, प्रहरी, राजनीतिक शक्ति र भन्सारबीच गठबन्धन हुन्छ । तिनीहरु आफ्नो मूल्यमान्यता र दायित्वबाट चुक्छन् । उत्तरी नाका होस् या दक्षिणी नाका यो प्रवृत्ति आज पनि छ,” चन्द्रकिशोर भन्छन्, “म सबै यस्ता छन् भन्दिनँ । केही राम्रा र इमानदार पत्रकार पनि छन् । तर यो प्रवृत्ति अन्त्य भइसकेको छैन ।”

समाजले विस्तारै को पत्रकार कस्तो, को खराब र को सही पहिचान गर्न थालेको उनले अनुभव गरेका छन् । तर अहिले पनि तराईमा असल पत्रकारितालाई गलत पत्रकारिताले छोपेको उनले देखेका छन् ।

पत्रकारकै धम्की
उनी गम्भीर कुरा गर्छन् । धेरैका लागि अपत्यारिलो । तर चन्द्रकिशोरले भोगे । निष्ठा नगुमाएका पत्रकार चन्द्रकिशोर  भएको लेख्थे÷लेख्छन् । सही र गलत छुट्याउँथे÷छुट्याउँछन् । कलम हल्लिँदैन उनको चाहे जस्तोसुकै समाचार होस् ।

तराईको माफिया पत्रकार र छापामार पत्रकारबारे उनले लेखे । तराईकै पत्रकार साथीहरुले उनलाई धम्क्याए, “तपाईं किन माफिया र छापामार पत्रकार भनेर लेख्नुहुन्छ ? कसलाई भन्न खोजेको ? नाम किन किटान गर्नु हुन्न ?’’ तर उनको कलम आजपर्यन्त डगमगाएको छैन । न माफियालाई नजरअन्दाज गर्छन् न भ्रष्ट प्रवृत्तिलाई ।

०६२/६३ को आन्दोलनपछि स्थानीय तहमा पत्रकार एउटा शक्तिकै रुपमा उदाएको उनको ठहर छ । तराईका गाउँगाउँ घुम्दा चन्द्रकिशोरले देखेका हुन्, स्थानीय निकायले पत्रकारलाई नसमेटी कुनै पनि काम गर्न सक्दैन । त्यसैले आममान्छेमा पत्रकारप्रति आक्रोश पैदा भएको उनले देखेका छन् ।

० ० ०

नयाँ सडकमा ‘मोफसल’ स्तम्भ लेख्ने चन्द्रकिशोरले नयाँ पत्रिका प्रकाशन सुरु भएपछि ‘तराई चिनो’नामक कोलम लेखे । तराईका विषय उनले उजागर गरे । ‘तराई चिनो’ लेखिरहेकै बेला कान्तिपुरले स्तम्भ लेख्न आग्रह ग¥यो । उनले हार्न सकेनन् । र सुरु गरे ‘डेट लाइन ! तराई’ ।

उनले प्रायः आफ्ना लेखमा ‘ट्रेन्ड एनलाइसिस’ गर्छन् । सरोकारवाला निकायलाई तराई र तराईबासीको अवस्था बुझ्न उनका लेख तथा स्तम्भले सहयोग गर्छन् । सत्ता र शक्तिको नजिक रहेर सूचना लुकाउने आमप्रवृत्ति रहिरहेका बेला त्यसबाट टाढा रहनु उनको स्वभाव हो ।

मधेसका आशा, आकाङ्क्षा र अपेक्षा बढी भए । तराईका अँध्यारा पक्षहरु धेरै छन् । लोकतन्त्रका डार्क एरिया धेरै भयो भने त्यो व्यवस्थाकै लागि खतरा हो । त्यसैले उनी ती पक्षलाई बाहिर ल्याउँछन् । र, त्यसलाई चन्द्रकिशोर आफ्नो दायित्व सम्झिन्छन् । तराईमा बसेर उनले सीमा र मधेसीका कुरा बढी लेखे । सीमावारी र पारीका कुरामा बढी कलम दौडाए । वारी र पारीको सम्बन्धका दूरी–सामीप्यबारे लेखे । तराईका देहातमा पुगेर त्यहाँ जनता जो आफ्ना समस्या राज्यलाई सुनाउन पत्रकार सम्मेलन गर्न सक्दैन, जो आफ्नो असन्तुष्टि र अभाववारे जानकारी गराउन सम्पादकलाई चिठ्ठी लेख्न सक्दैन, उसको आवाज राज्यलाई सुनाउने सेतु बनिरहेका छन् चन्द्रकिशोर । मधेसको यथार्थ काठमाडौंलाई भनिरहेका छन् । र, भन्छन्, “पत्रकारको नाताले यो मेरो कर्तव्य हो ।” -बाह्रखरी डटकमबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कांग्रेसले आफ्नो भूमिका सही ढंगले निर्वाह गर्नुपर्छ । सत्ताको लालच देखाउनुहुन्न : रामचन्द्र पौडेल
अन्तर्वार्ता

कांग्रेसले आफ्नो भूमिका सही ढंगले निर्वाह गर्नुपर्छ । सत्ताको लालच देखाउनुहुन्न : रामचन्द्र पौडेल

दुवैतिरबाट देउवालाई प्रधानमन्त्रीको अफर छ नि ! तर … : विमलेन्द्र निधि (अन्तर्वार्ता)
अन्तर्वार्ता

दुवैतिरबाट देउवालाई प्रधानमन्त्रीको अफर छ नि ! तर … : विमलेन्द्र निधि (अन्तर्वार्ता)

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’
अन्तर्वार्ता

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’

गजल
कला

गजल

परिस्थितले जीवनमा ल्याएको नयाँ यात्रा लाई स्वभाविक तर चुनौतीपूर्ण रुपमा लिएकी छु : प्रदेश सभा सदस्य बबिता चौधरी
अन्तर्वार्ता

परिस्थितले जीवनमा ल्याएको नयाँ यात्रा लाई स्वभाविक तर चुनौतीपूर्ण रुपमा लिएकी छु : प्रदेश सभा सदस्य बबिता चौधरी

ओलीले संसद बिघटन गरेर नेपाली जनताले सडकबाट लडेर अर्जेको गणतन्त्र माथि प्रहार गर्ने ध्रिष्टता गरे : कांग्रेस महोत्तरीका जिल्ला सचिब पाठक
अन्तर्वार्ता

ओलीले संसद बिघटन गरेर नेपाली जनताले सडकबाट लडेर अर्जेको गणतन्त्र माथि प्रहार गर्ने ध्रिष्टता गरे : कांग्रेस महोत्तरीका जिल्ला सचिब पाठक

Next Post
मैथिली आँगनको चित्र क्यान्भासमा उतार्दै रन्जु

मैथिली आँगनको चित्र क्यान्भासमा उतार्दै रन्जु

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist