महेन्द्रनगर- दिपावली तथा छठपर्वलाइ मध्यनजर गर्दै शान्ति सुरक्षाको सन्दर्भमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्नगरमा म्याकिङ्ग गरिएको छ ।
ईलाका प्रहरी कर्यालय महेन्द्रनगरले आफनो इलाका भित्रपर्ने गाउँहरुमा म्याकिङ्ग गर्दै चार्डपर्वको बेला पटाकाजन्य एवं प्रज्वलनशील पदार्थको प्रयोग नगर्न र गर्न नदिन तथा जुवा तास आफुपनि नखेल्न र जुवा तासको लागि आफनो घर वा होटल भाडामा नदिन, राती १० बजेपछि देउँसी भैलो लगायतका कार्यक्रम नगर्न र नगर्न दिन अनुरोध गरेको छ ।
यी कार्यहरु रोक्नमा सम्पूर्ण स्थानियवासी, राजनितिकर्मी, नागरिकसमाज, पत्रकार, मानवअधिकारकर्मी, कर्मचारी, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, व्यापारी, मजदुर तथा सर्वसाधारण जनताहरुको सक्रिय सहयोगको लागि पनि अनुरोध गरिएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक अमिर कुमार दहालका अनुसार यस्तो प्रज्वलनशिल पदार्थको प्रयोगले आगलागि भई जनधनको क्षती हुन सक्ने सम्भावित घटनालाइ राेक्न सबै क्षेत्रबाट यस्ता क्रियाकलाप रोक्न पहल हुनु आवश्यक रहेको छ ।
त्यस्तै म्याकिङ्गको क्रममा ठाउँठाउँमा भेटिएको पटका जन्यपदार्थ नियन्त्रणमा लिएको प्रहरी निरिक्षक दहालले जनकारी दिए ।