महेन्द्रनगर- प्रदेश २ स्थित धनुषाको महेन्द्रनगरमा ध्वनी तथा असभ्य त्वरको DJ संस्कृति विरुद्ध प्रर्दशन गरिएको हो ।
नगर प्याब्सन इकाई कमिटि क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरको आयोजना, आइ सि एसको समन्वय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको सहकार्यमा निकालिएको उक्त जनचेतना मुलक ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर इलाका प्रहरी कर्यालय अगाडीबाट सुरु भएको भारतको युपि (विहार) बाट नेपालमा भित्रिएको असभ्य त्वरको डिजे संस्कृति विरुद्ध को उक्त प्रदर्शन क्षिरेश्वर मा.वि.को प्राङ्गनमा कोण सभामा परिणत भएको थियो ।
स्थानिय मोर्निङ्ग ग्लोरी, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी, गंगोत्री बो.स्कुल, ज्ञानमन्दिर बो.स्कुल लगायत विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागीता रहेको उक्त र्यालीमा विभिन्न ब्यानर र प्लेकार्ड मार्फत डिजे संस्कृतिको विरोध गरिएको थियो ।
प्याबसनको महेन्द्रनगर इकाई कार्यसमिति समेत स्थानीय बिभिन्न संघ संस्थाले आयोजना गरेको उक्त प्रदर्शनमा जथाभावी तबर बजाइने असभ्य गीत तथा डिजे बाजाको विरोध गरिएको थियाे ।
¥याली पछि आयोजित कोणसभामा समाजिक अभियन्ता विशाखा महतो र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर कुमार दहाल डिजेबाट हुने बेफाईदाहरुबारे जानकारी दिदैँ यस्तो विकृतिलाई हटाउन सबैले आ–आफनो ठाउँबाट पहल गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
र्याली कार्यक्रमको संयोजन पनि समाजीक अभियन्ता विशाखा महतोले गरेकी थिइन् ।