जनकपुर- सर्लाही, रौतहट र महोत्तरीका तीनसयभन्दा धेरैलाई कपाली तमसुक गरेर मिटर ब्याजमा ऋण प्रवाह गर्दै आएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह अन्ततः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई मलंगवा-१० स्थित उनको घर छेवैबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपाल भट्टराईले प्रदेशी पक्राउ परेको बताए।एकजना पीडितले दिएको ठगीको उजुरी पछि उनी पक्राउ परेका हुन्। उनले प्रदेशीमाथी विस्तृत अनुसन्धान अगाडी बढाईने र प्रमाणहरुको निम्ती उनको घरमा खानतलासी लिईने बताएका छन्।
एकजना साहू, जसले नक्कली तमसुक बनाउँदै गरे करोडौं ठगी
http://www.shirishnews.com/2019/09/01/8247.html