जनकपुर/मिमन पुलामी
नेपाल बिधुत प्राधिकरण प्रदेश नं. २ प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार सिंहले कार्यालय समयमा आफ्नो काम मन, बचन लाएर गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन । अरुले गरे गरेन भन्ने कुरामा भन्दा आफ्नो दायित्व बोध गरी जिम्मेबारी पूरा गर्नु पर्नेमा जोड दिएक हुन ।
सिंहको स्वागतका लागि नेपाल बिधुत प्राधिकरण आधिकारीक राष्ट्रिय कर्मचारी यूनियन २ नम्बर प्रदेशले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा धन्यबाद ज्ञापन तथा जिज्ञासा सम्बोधनको क्रममा उनले कार्यालयको कामको सिलसिलामा आस्थाको आधारमा कसैलाई पनि पक्षपात नगर्नेमा समेत जोड दिए ।
त्यसक्रममा उनले बिधुत बिकास मार्फत प्रदेश नं. २ को बिकासमा अझ ध्यान दिने बताए । आफूले देशको नागरिकको हैसियतले समग्र देशको बिकाश चाहेपनि प्रदेश नं. २ को महोत्तरी जिल्ला आफ्नो जन्म स्थल भएकाले पनि प्रदेश नं. २ मा आएपछि अझ जिम्मेबारीले काध भारी भएको प्रत्याभूति भएको उनको भनाई थियो ।
परिबर्तित होउ र परिबर्तन गरौ भन्ने नारालाई नै आत्मसाथ गर्दै अगाडि बढ्ने बताए। आफू परिबर्तन हुन नचाहने तर अरु परिबर्तन भएको हेर्न चाहने मानसिकता कारण केही पनि परिबर्तन हुन नसकेको भन्दै सिंहले आफूलाई परिबर्तन गरेर मात्र अरुलाई परिबर्तन गर्नुर्ने धारणा राखे ।
यस अघि आफू नेपालगंज क्षेत्रीय कार्यालयमा रहदा पनि यहि नारा लिएर अघि बढेको बताउदै यहा पनि यहि नारालाई निरन्तरता दिनेमा जोड दिए । सिंह नेपालगंज क्षेत्रीय कार्यालयबाट श्राबन २३ गत्ते प्रदेश नं. २ जनकपुर प्रादेशिक कार्याय, जनकपुर प्रमुखका रुपमा सरुवा भइ आएका हुन ।