महेन्द्रनगर-धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित दशर्निया रामेश्वर सिंह कुशवाहा एकेडमी अन्तराष्ट्रिय विद्यालय पुरस्कार पाउन सफल भएको छ ।
भाद्र ३ गते काठमाण्डौंको होटल याक एण्ड यतिमा भएको अन्तराष्ट्रिय विद्यालय पुरस्कार २०१९–२०२२ कार्यक्रमबाट प्रदेश नं. २ का ८ वटै जिल्लामा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडेमीले यस पुरस्कार पाउन सफल भएको छ ।
उक्त पुरस्कार पाउनको लागि अन्तराष्ट्रिय पाठयक्रमको मापदण्ड अनुसार आफ्नो विद्यालयमा पठन–पाठन गरेको प्रमाण सहितको फोटो, भिडियो, प्रोजेक्टरद्वारा कक्षा संचालन गरेको प्रमाण, अन्तराष्ट्रिय विद्यालयसँग सहकार्य गरेको प्रमाण, आफ्नो देशभित्र सार्वजनिक विद्यालय सँग सहकार्य गरेको प्रमाण तथा २० प्रतिशत स्थानिय पाठयक्रममा आधारित शिक्षणको प्रमाण सहितको फाइल ब्रिटिश काउन्सीलले तोकेको मितीमा बुझाउनु पर्ने हुन्छ ।
उल्लेखित प्रमाण पुरा भएपछि निर्णायक कमिटिद्वारा निर्धारित प्रकृया बमोजिम ठक भएमा प्रत्येक वर्ष विद्यालयलाई तिन वर्षको लागी पुरस्कृत गरिन्छ ।
उल्लेखित सबै मापदण्ड पुरा गरेको हुँदा दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी महेन्द्रनगरले प्रदेश नं. २ मै अन्तराष्ट्रिय विद्यालय पुरस्कार पाउन सफल भएको हो ।