महेन्द्रनगर -धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ६ मा लाग्दै आएको साप्ताहिक हाट ‘सखुवा बजार’ ठेक्का लगाउने विषयमा विवाद उत्पन्न भएको छ ।
स्थानीय क्षीरेश्वर जनता उच्च माविको मातहतमा रहेको उक्त बजार भित्र पशु हाटबजार, गुद्री बजार, र तरकारी बजारको छुट्टै ठेक्का लाग्ने गरेको छ ।
जसमध्ये लामो समयदेखि सखुवा बजारको तरकारी बजारको पैठारी सम्बन्धी ठेक्का स्वस्थानी यूवा क्लबले लगाउँदै आएको र सोको आम्दानी त्यहिको स्थानीय सामाजिक कार्यमा खर्च गर्ने गरेको छ । तर यस पटक क्षीरेश्वर जनता माविले आफै त्यो ठेक्का पनि लगाउने सुचना जारी गरेपछि अहिले क्लव र स्कू बीच बीच विवाद चुलिएको छ।
नुन देखि सुन सम्मको कारोबार हुने यस सखुवा बजार साताको प्रत्येक मंगलबार र शनिबार लाग्ने गर्दछ ।
विद्यालयले तरकारी बजारलाई पनि ठेक्काको लागि बोलपत्र आह्वान गरेपछि क्लब आन्दोलित हुन पुगेको छ ।
क्लवले कुनैपनि हालतमा तरकारी बजारको पैठारीको ठेक्का विद्यालयमा जान नदिने चेतावनी दिएका छन् ।
क्षीरेश्वर माविका प्रधानाध्यापक बाबुसाहेब यादवद्धारा हस्ताक्षरित सूचना पत्र मार्फत् सखुवा गुद्री बजार अन्तर्गतको तरकारी बजारको पैठारी सम्बन्धी ठेक्का लगाउनुपर्ने भएकाले बोलडाक आह्वान गरिएको भनी सूचना प्रकाशित गरिएको छ ।
यूवा क्लबले लगाउँदै आएको बजार ठेक्का लगाउन विद्यालयले सूचना प्रकाशित गरेपछि क्लबले समाज समक्ष भेला गरी क्लव मातहतको ठेक्का विद्यालयमा जान नदिने निर्णय गरेको छ ।
क्लबका अध्यक्ष जीतेन्द्र कुमार रायको अध्यक्षतामा आज (शुक्रबार) बसेको बैठकले यस्तो निर्णय गर्दै बजार हड्पने कोशिस गरिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
कल्बका अध्यक्ष जीतेन्द्र कुमार राय, उपाध्यक्ष प्रमेश्वर यादव, सचिव राफी प्रसाद जयसवाल, कोषाध्यक्ष विनोद कुमार गुप्ता, स्थानीय अनिल चौधरी लगायतको उपस्थितिमा आज बसेको बैठकबाट बजार कसैलाई खोस्न नदिई संरक्षण गर्ने र क्लबले बजार ठेक्का दिएको ठेकेदारलाई पैठारी बट्टी उठाउन शान्ति सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ ।