आइतवार, माघ ११, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनकपुरमा माछा सम्बद्ध बहुसरोकारबालाहरुको गोष्ठी : बाढीले मत्स्य व्यवसायीको ३ अरबको क्षति

शिरीष न्युज by शिरीष न्युज
असार २९, २०७६
0
जनकपुरमा माछा सम्बद्ध बहुसरोकारबालाहरुको गोष्ठी : बाढीले मत्स्य व्यवसायीको ३ अरबको क्षति

जनकपुर- अबिरल वर्षा पछि आएको बाढीले प्रदेश २ मा मत्स्यपालन व्यवसाय ठूलो क्षति पुगेको एक कार्यक्रममा सहभागी माछा सम्बद्ध किसान तथा सरोकारबालाहरुले बताएका छन् ।
ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)द्वारा आज जनकपुराम आयोजित मत्स्य सम्बन्धी आपूर्ति श्रृंखलाको बहुसरोकारबालाहरुको गोष्ठी कार्यक्रममा विज्ञहरुले प्रदेश २ का मत्स्यपालन व्यवसायमा संलग्नहरुको ६० प्रतिशत भन्दा बढी क्षति भएको जानकारी दिए ।


प्रदेश २ लाई मत्स्यपालनको ’हब’ नै मानिन्छ । नेपालमा उत्पादन हुने ७० प्रतिशत माछा प्रदेश दुईमा नै उत्पादन हुने गर्दछ । तर, अहिलेको बाढीका मत्स्यपालन उत्पादनमा अर्बौको क्षति पुगेको छ । प्रदेश भरि ११ हजार बढी माछा पोखरी बाढीले प्रभावित भएको बताईएको छ ।
प्रदेश २ मा कुल १५ हजार ६ सय ६७ पोखरीहरुमा व्यवसायिक रुपमा माछा उत्पादन हुँदै आएको छ । बारामा सबैभन्दा बढी ४ हजार १ सय ३६ पोखरी उत्पादन हुन्छ जसमा २ हजार ४ सय ८१ पोखरी प्रभावित भएका छन् । बारामा ४ हजार मेट्रिकटन माछा वार्षिक रुपमा उत्पादन हुँदै आएको छ ।
त्यस्तै सप्तरीमा २ हजार ६ सय ८४ पोखरी छन् जसमा १ हजार ८ सय ७९ पोखरीमा बाढीले क्षति पुएको । यहाँ वर्सेनी ३ हजार ६ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।


धनुषामा २ हजार ३ सय ५३ पोखरीमा माछा उत्पादन हुँदै आएकोमा १ हजार ६ सय ४७ पोखरीमा क्षति पु¥याएको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
धनुषामा प्रत्येक वर्ष यी पोखरीहरुमा ३ हजार ३ सय मेट्रिकटन माछा उत्पादन हुने गर्छ ।
त्यस्तै सिरहामा २ हजार १ सय ५४ पोखरीहरुमा किसानहरुले व्यवसायिक रुपमा माछापालन गर्दै आएका छन् । तर, बाढीका कारण १ हजार ६ सय १५ पोखरीमा क्षति पुगेको छ । महोत्तरीमा १ हजार ९ सय ३५ पाखेरीमा माछा पालन हुन्छ जहाँ बाढीले सबैभन्दा बढी पोखरीमा क्षति पु¥याएको छ । यहाँ ३ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।
सर्लाहीमा १ हजार २ सय ३४ पोखरीमा मत्स्य पालन हुँदै आएको छ जहाँ ९ सय ८७ पोखरीमा बाढीले क्षति पु¥याएको छ । यहाँ प्रत्येक वर्ष २ हजार २ सय मेट्रिकटन माछा उत्पादन हुने गर्छ । यस पटक रौतहट सबैभन्दा बढी प्रभावित रह्यो । यहाँ माछा उत्पादन हुने १ हजार १ सय ७१ पोखरीहरु मध्ये ९ सय ३७ पोखरीमा क्षति पुगेको छ । यहाँ प्रत्येक वर्ष २ हजार ५ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।


यसरी बाढीले प्रदेश २ मा आएको बाढीका कारण माछा खेतीमा करिब ३ अरबको क्षति पु¥याएको हुन सक्ने अनुमान समृद्धि परियोजनाका व्यवसाय विकास विज्ञ राकेश झाले जानकारी दिए । उनले माछा खेतीमा सबैभन्दा बढी क्षति महोत्तरी र बारा जिल्लामा भएको छ ।
जनकपुरमा आईतवार देखि सुरु भएको २ दिने गोष्ठीको पहिलो दिन माछा व्ययसायिको अवस्था र चुनौतीसँगै भविष्यको योजनाबारे गम्भीर छलफल भएको व्यवसाय विकास विज्ञ झाले बताए ।
गोष्ठीको उद्घाटन सत्रको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिराले यस प्रदेशलाई विकास गर्नको लागि आधुनिक कृषि प्रणाली संग जोडेर कृषीजन्य हरेक उत्पादन बढाउन सरकारले सहयोग गर्नु पर्ने धारणा व्यक्त गरे । उनले प्रदेश २ का जिल्लाहरुमा राम्रो माछा उत्पादन हुने भएको यस प्रदेशलाई माछामा आत्मनिर्भर बनाई देश भरी माछाको बजारीकरणको लागि कृषकहरुलाई सहयोग गर्नु आवश्यक्ता रहेको बताए । संघका अध्यक्ष हिराले जनकपुरको माछा देश भरि प्रसिद्ध भए पनि अझै बाजारीकरणको खाँचो रहेको बताए । उनले माछा व्यवसायीलाई अझ आधुनिक प्रविधिसँग जोडेर माछाको उत्पादन बढाउनु पर्नेमा जोड दिए ।


कार्यक्रममा आयोजना प्रमुख सरोज प्रसाद गुरागाइँले यस आयोजनाको मुख्य लक्ष्य गरिबी न्युनिकरण तथा देशमा दिगो शान्ति हाँसिल गर्नको लागि रोजगारीका अवसर सृजना गरी समता तथा सहभागिता मुलक आर्थिक विकास गर्ने रहेको बताए । उनले यस आयोजनाले कृषि तथा गैरकृषि क्षेत्रमा ग्रामीण स्तरमा आय आर्जन सम्बन्धि क्रियाकलापहरु गर्न सम्भाव्य लघु, साना तथा मझौला उद्यम प्रवर्धन गरी वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासि र बेरोजगार युवाहरुलाई स्वरोजगारी र आय आर्जनमा वृद्धि गर्ने रहेको बताए ।
कार्यक्रममा आयोजनाका ज्ञान व्यवस्थापन विज्ञ सुजना धितालले आयोजना बारे जानकारी दिंदै यस आयोजनाले ग्रामीण क्षेत्रमा लघु, साना तथा मझौला उद्यम प्रवर्धन गरी साना किसान तथा उत्पादकका लागि रोजगारीका अवसर सृजना, कृषि तथा गैरकृषि क्षेत्रमा ग्रामीण स्तरका आय आर्जन सम्बन्धि क्रियाकलापहरु गरि क्लष्टरहरुको सवलिकरण गर्ने रहेको बताईन् । उनले यस आयोजनाले कृषिजन्य उत्पादनहरुको आपूर्ति श्रृंखलाको विकासद्वारा बजार सम्मको पहुँच विस्तार गर्ने, ग्रामीण क्षेत्रमा कार्यरत वित्तिय संस्थाहरुको पहिचान तथा सहकारी संस्थाहरुको क्षमता विकास गरेर ग्रामीण स्तरका जनतालाई वित्तिय समावेशिकरणको मुलधारमा ल्याउने, ग्रामीण घरपरिवार, वैदेशिक रोजगारीबाट फर्किएका, आप्रवासि परिवार र बेरोजगार युवालाई स्वरोजगारी र आय आर्जनमा वृद्धि गराउन व्यवसायिक तालिम तथा औद्योगिक प्रशिक्षण द्वारा मर्यादित रोजगारी सृजना गर्ने, आप्रवासि तथा तिनका घरपरिवारले विप्रेषणद्वारा आर्जन गरेका आम्दानीलाई उत्पादनशिल क्षेत्रमा सदुपयोग गर्ने रहेको जानकारी दिईन् ।
समृद्धि आयोजनाका प्रदेश २ का संयोजक मोति बहादुर गिरिको स्वागतमन्तव्यबाट सुरु भएको गोष्ठीको संचालन आयोजनाका जेन्डर विज्ञ कलाबती राईले गरेका थिए ।
बहुसरोकारवालाहरुको यस गोष्ठिमा प्रदेश १ र २ का मत्स्य सम्बद्ध कृषक, साना र ठूला व्यवसायी, प्राविधिक तथा मत्स्य विज्ञहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च
अर्थ

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत
अर्थ

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।
अर्थ

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।

मिथिला नगरपालिका : विवादको कारण ३ करोडका आयोजना रद्द हुने अवस्थामा
अर्थ

मिथिला नगरपालिका : विवादको कारण ३ करोडका आयोजना रद्द हुने अवस्थामा

उखु खेती ह्वात्तै घटेपछि उद्योगी बीच उखु खरिद गर्न हानाथाप
अर्थ

उखु खेती ह्वात्तै घटेपछि उद्योगी बीच उखु खरिद गर्न हानाथाप

Next Post
बाढीपहिरो वितन्डा : ६० जनाको मृत्यु, ३८ घाइते, २६ बेपत्ता : प्रदेश २ मा अविरल वर्षाको कारण आएको बाढीमा परी भएको धनजनको क्षती विवरण

बाढीपहिरो वितन्डा : ६० जनाको मृत्यु, ३८ घाइते, २६ बेपत्ता : प्रदेश २ मा अविरल वर्षाको कारण आएको बाढीमा परी भएको धनजनको क्षती विवरण

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist