शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रदेश २ को सडक सञ्जाल अस्तव्यस्त, जनकपुर विमान दैनिक उडान रद्द

शिरीष न्युज by शिरीष न्युज
असार २८, २०७६
0
प्रदेश २ को सडक सञ्जाल अस्तव्यस्त, जनकपुर विमान दैनिक उडान रद्द

जनकपुर – बुधबारदेखिकाे अविरल वर्षाले जनकपुरकाे उडान मौसममा सुधार नहुञ्जेलसम्मका लागि रद्द गरिएको छ ।  रन वेमा ३-४ फीट सम्म पानी जमेको कारण सेवा अवरुद्ध भएको छ ।

    

जनकपुर विमानस्थल भित्र रहेको टर्मिनल, भिआईपी कक्ष, रन–वे मैदान लगायतका स्थल जलमग्न भएपछि मौसम सुधार नहुञ्जेलसम्मका लागि विमान उडान रद्द गरिएको जनकपुर विमानस्थका प्रमुख सन्तोष ढकालले जानकारी दिए ।

विमानस्थलमा पानी जमेपछि शुक्रबारदेखि नै विमान उडान सेवा रद्द गरिएको उनले बताए ।

 मौसम सुधार भएपछि मात्रै विमान उडानसेवा नियमित संचालन हुने उनले जनाए ।


एयर पोर्टको यात्रु वेटींग रुम, सुरक्षा चेक जाँच कक्ष सहितको ठाउँमा पनि पानी ३ फीट पानी जमेको छ ।


जनकपुर र काठमाण्डौंको यति र बुध एयर लाइन्सको ५ उडान सेवा जनकपुर एयर पोर्टबाट संचालन हुने गर्दछ ।

बाढीका कारण प्रदेश २ को सडक सञ्जाल अस्तव्यस्त

अविरल वर्षासँगै आएको बाढीका कारण प्रदेश २ को सडक सञ्जाल अस्तव्यस्त भएको छ । पूर्व पश्चिम राजमार्गसँगै प्रदेश २ भरीकै भित्री सडकहरु निर्वाध रुपमा सञ्चालन हुन सकेको छैन । बाढीले केही स्थानको सडक डुबानमा पारेको छ भने राजमार्ग सहित केही स्थानमा पुल बगाएको प्रदेश २ को प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्ड अर्न्तगत बाराको निजगढ बजार क्षेत्रको लचकामा पानीको बहाव बढेर शुक्रबारदेखि डाइभर्ट गरिएको सवारी साधन पानीको बहाव कम भएसँगै शनिबार बिहानदेखि निर्वाध रुपमा सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

पानीको बहाव बढेसँगै शुक्रबारदेखि अवरुद्ध चन्द्रनिगाहपुर–बागमती खण्डको लचकमा पनि शनिबार अपरान्हदेखि ठूला सवारी साधन सञ्चालनमा आएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

बर्दिवासस्थित भप्सी पुललाई बाढीले बगाउँदा शुक्रबार रातिदेखि अवरुद्ध भएपछि पूर्वतर्फ जाने ठुला सवारी साधनहरुलाई पथलैयामै व्यवस्थापन गर्न थालिएको प्रदेश २का प्रदेश ट्राफिक प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरिक्षक योगबहादुर पालले जानकारी दिए ।

‘अवरुद्ध राजमार्गलाई सुचारु गराउन प्रयास भईरहेको छ,’ उनले भने, ‘प्रभावित क्षेत्रमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रुपमा परिचालन गरिएको ।’ राजमार्गमा गुडेका सवारी साधनलाई गन्तव्यमा पुग्न आवागमन सहज बनाउन अन्य निकायसँग समन्वय गरी वैकल्पिक व्यवस्था मिलाउन ट्राफिक प्रहरी क्रियाशिल रहेको उनले जानकारी दिए ।

सडक सञ्जाल बिग्रेको कारण बीच बाटोमा पुगेर सवारी चालक, यात्रीले दुःख नपाउन भन्ने उद्देश्यले चालकलाई समयमै पथलैयामै सचेत गराउन थालिएको उनले जानकारी दिए ।

बारा सदरमुकाम कलैया लगायत जिल्लाको ग्रामिण भेगको बाटो हिलामय भएको र सवारी साधन हिलोमा फस्ने र चिप्लेर दुर्घटनामा पर्ने सम्भावना बढेकोले ट्राफिक प्रहरीसंग समन्वय गरी मात्र अगाडीको यात्रा तय गर्न चालक तथा यात्रीलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रदेश २ को रौतहट, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी जिल्लाको ग्रामिण सडक अस्तव्यस्त बनेको ट्राफिक प्रहरीले जनाएको छ । पथलैयामा मात्रै पूर्वतर्फ जाने ५ सय भन्दा बढी सवारी साधनलाई व्यवस्थित गरि राखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले शनिबार सार्वजनिक सूचना जारी गरी सडकमा जथाभावी सवारी पार्किङ नगर्न, ओभरटेक नगरी सवारी चलाउन, यात्रा पूर्व नजिकको ट्राफिक प्रहरी कार्यालय वा यस कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बारे जानकारी लिएर मात्र अगाडी बढ्न अनुरोध गरेको छ ।

पूर्व पश्चिम राजमार्गमा दैनिक साना ठूला गरी ५ हजार भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन
प्रदेश २

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु
प्रदेश

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत
प्रदेश

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

गौशालामा साताव्यापी योग शिविर संचालन
प्रदेश

गौशालामा साताव्यापी योग शिविर संचालन

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”
प्रदेश २

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”

Next Post
जनकपुरमा माछा सम्बद्ध बहुसरोकारबालाहरुको गोष्ठी : बाढीले मत्स्य व्यवसायीको ३ अरबको क्षति

जनकपुरमा माछा सम्बद्ध बहुसरोकारबालाहरुको गोष्ठी : बाढीले मत्स्य व्यवसायीको ३ अरबको क्षति

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist