जनकपुर अषाढ २८ गते । विगत केही दिन देखीको अबिरल वर्षाको कारण २ नं. प्रदेश अन्तर्गत विभिन्न स्थानहरुमा रहेका बस्तीहरु डुवानमा परेको छ । वर्षाको कारण यस प्रदेशका विभिन्न जिल्लाहरुमा घरहरु डुवानमा परी मानिसहरुको दैनिकीमा असर परेको छ भने अन्य भौतिक संरचनामा समेत क्षती पुगेको छ ।
मानिस वेपत्ता
सिरहा
- मिती २०७६।०३।२८ गते अं.१४:३० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा.६ भोक्राहा स्थित दिवारमन्दिर नजिक रहेको कमला खोलाको बाधमा वाँसको किल्लामा बाधी राखेको दुङगा (नाउ)लाई सुरक्षित स्थानमा राख्नको लागि जिल्ला सिरहा कल्याणपुर ना.पा.४ बस्ने अं.वर्ष ५५ को कामेश्वर यादब लाई नाउ सहित कमला खोलाले बगाई लगेको भन्ने खबर प्राप्त हुना साथ तत्काल अस्थाई प्रहरी पोष्ट चिकना, सिरहाबाट प्र.स.नि.शालिकराम सुबेदीको कमाण्डमा ५ जनाको टोली खटी गएको निज लाई स्थानिय बासी , आफ्नत र नेपाल प्रहरीको सहयोगमा खो.त.कार्य भई रहेको ।
महोत्तरी
- ०७६।०३।२७ गते अं.११:०० बजेको समयमा जि.महोत्तरी बलवा न.पा.-२ बदिया बस्ने अं.वर्ष ७० को हमिद मिया घरबाट घाँस काट्न जाँदा खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएको थियो ।
रौतहट
- मिति:- २०७६।०३।२७ गते अ. १४:०० बजेको समयमा जि.रौतहट गढीमाई न.पा.-६ धरमपुर बस्ने किसनन्दन रायको श्रीमती अ. बर्ष ५० की आनन्द देवी रायले बाग्मती नदीमा दाउरा टिप्न जादा उक्त नदीले बगाई बेपत्ता भएको भन्ने खबर १७:०० बजे प्राप्त हुनसाथ यस चौकीबाट प्र.स.नि.को कमाण्डमा – ५ जनाको टोली र स्थानियको सहयोगमा खो.त. कार्य भइरहेको
पर्सा
- २०७६/०३/२८ गते १०:३० बजे जि. पर्सा बि.म.न.पा. १३ बस्ने राम नारायण पटेलको छोरा बर्ष १४/१५ को अनुप पटेल ऐ.२४ स्थित खोलामा बाढी हेर्न गएको अबस्थामा खोलाले बगाई बेपत्ता भएको खोजतलास कार्य भईरहेको ।
मानिस मृत्यू
पर्सा
- २०६७।०३।२७ गते अ.११:३० बजेको समयमा जिल्ला पर्सा पर्सागढी नगरपालिका १ बस्ने मेघराज पटेलको छोरा अ.बर्ष १० को निखिल पटेल ऐ स्थित सिंग्याही खोलामा दाउरा छान्ने क्रममा खोलाले बगाएकोमा आफन्तले देखि उद्धार गरि उपचारको लागि गन्डक अस्पताल बिरगंजमा पठाएकोमा चेकजाच गर्दा निजको मृत्यु भईसकेको ।
बारा
- मिति २०७६।३ २७ गते १८०० बजे जि.बारा परवानीपुर गापा १ बस्ने ( अबिरल बर्षाको कारण जमेको नालीको पानीमा ) अरबिन्द्र यादबको छोरा १८ महिनाको बिकी यादब घर पछाडीको नालीमा डुबी घाईते भई उपचारको लागी गण्डक अस्पतालमा लगेकोमा अस्पतालले मृत्यु भईसकेको ।
अन्य विवरण
सप्तरी
- मिति २०७६/०३/२८ गते अं. ११:१५ बजे जिल्ला सप्तरी सप्तकोशी न.पा. ७ स्थित बनी गाउँमा ४ जना बच्चाहरु छतमा बसेको भन्ने छ भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. सप्तरीबाट प्र.उ. ज्यूको कमाण्डमा प्रहरी टोली र सशस्त्र प्रहरीबल समेतको टोली खटि गई सकुशल उद्दार गरिएको ।
- मिति २०७६/०३/२८ गते अं. १४:०० बजेको समयमा जिल्ला सप्तरी खडक न.पा. ८ स्थित पूर्व पश्चिम राजमार्गमा चापेन खोलाको पानीले रोडको उत्तर पट्टी अन्दाजी १.५ मिटर भत्केको र दक्षिण पट्टी भत्किने अवस्थामा रहेको । हाईवे वनवे सुचारु रहेको ।
धनुषा
मिति २०७६/०३/२८ गते अ.१४:१० बजेको समयमा जि. धनुषा जनकपुर उप-महानगर पालिका १८ बस्ने सतिस मण्डलको श्रीमती बर्ष २० की समि मण्डल आफ्नो घर मा सुत्केरी बेथा लागि उपचारको लागि अस्पताल तर्फ ल्याउदै गर्दा ऐ. स्थित बाटोमा २ दिन देखि परेको अबिरल बर्षा को कारण बाटोमा पानी बगिरहेको अबस्थामा बिच पानीमा आई अडकि बिजुलिको पोलमा आड लिई बसि रहेको अबस्थामा छ भनि प्रहरी चौकी कपिलेश्वरमा खबर प्राप्त हुन साथ तत्काल प्र.अ.को कमाण्डमा टोलि खटि गई निज लाई सकुशल उद्धार गरिएको उक्त स्थान यस चौकी बाट अ. १ कि.मि.पुर्ब पर्ने ।
- मिति २०७६ असार २८ गते ११:१५ बज जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका ४ बस्ने रिजन मण्डलको घरमा घरमा पानीको बहाब पसि मण्डलको वर्षीया १९ छोरी शान्ती कुमारी मण्डल, छोरा वर्ष १० को धुब्रराज मण्डल, वर्ष ८ को आदेश मण्डल र ऐ.ऐ. बस्ने राजकिशोर मण्डलको छोरी निशा मण्डल र छोरा वर्ष ९ को अदित्य मण्डलहरु घर भित्र फसेका भन्ने जानकारी प्राप्त हुना साथ प्रहरी चौकी कपिलेश्वर धनुषाबाट प्र.ना.नि.को कमाण्डमा र सशस्त्र प्रहरीबाट स.प्र.ना.उ.को कमान्डमा उद्दार टोली खटि गई . १२:३० शकुशल उद्दार गरिएको ।
- मिति २०७६/०३/२८ गते अं. ११:०० बजेको समयमा जि.धनुषा जनकनन्दनी गा.पा. १ मलनिया स्थितमा रहेको कमला नदीको बाध नदीमा पानिको बहाव बढेको कारण नदी किनारमा रहेको बाधको किनारा अं. ३० फिट बाधको कटान गर्दा कारण नदीको पानी स्थित गाउमा पसि अं. ६/७ सय घर प्रभाबित भएक भन्ने जानकारी प्राप्त हुना साथ उद्दरको लागि यस बाट प्र.नि.को कमाण्डमा ७ जानको टोली र जि.प्र.का. प्र.ना.नि.को कमाण्डमा २० जनाको टोली खटिएको ।
महोत्तरी
- मिति २०७६।०३।२७ गते अ.२३:५५ बजेको समयमा जिल्ला महोत्तरी बर्दिबास न.पा.-१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा अविरल बर्षाको कारण पानीको बहाव बढन जाँदा उक्त भप्सी पुलको बिच भाग अ. १०/१५ मिटर भत्की पुल बगाएकोले बाटो अवरोध भएको, ई.प्र.का.वर्दीवास महोत्तरीबाट प्र.ना.उ.को कमाण्डमा १५ जनाको टोली खटी गएको, ऐ. ०३-२८ गते १०:३० बजेदेखि बैकल्पिक बाटोबाट यात्रुबाहक सवारी साधन सुचारु भएको ऐ. १५:५० बजे सोही ठाउँमा डाईभर्न गरी सवारी सुचारु गरेको ।
- मिति २०७६।०३।२८ गते अं.०५;०० बजेको समयमा जिल्ला महोत्तरी लोहारपट्टी नगरपालिका वडा न.-५ रातो खोला को बहाव बढ्न जाँदा पुलमा तत्काल नामथर वतन नखुलेको २ जना काम गर्ने मजदुरहरु खोलाको बिचमा राति देखी नै फसेको जानकारी, तत्काल प्रहरी टोली खटि गई उद्दार कार्य भईरहेकोमा ऐ. ११;४५ बजेको समयमा उक्त स्थानमा फसेका २ जना मानिस जिल्ला धनुषा ,जनकपुर उ.म. न.पा.१२ बस्ने वर्ष २२ को सरोज साह र ऐ. ०७ बस्ने वर्ष ४२ को जय शंकर चौधरी (दुवै जना मजदुरलाई ) सकुशल उद्धार गरीएको ।
- मिति २०७६।०३।२८ गते अं.१०;३० बजेको समयमा जिल्ला महोत्तरी ,महोत्तरी गाँउपालिका वडा नं.-१ पर्सा गाँउमा उद्धार कार्यको लागि जाने क्रममा बाटोमा आएको पानीको भल एक्कासी बढ्न गई प्र.ह.राम प्रसाद चौधरी र प्र.ज.लक्ष्मी साह भलको पानिमा फस्न गई अलपत्र परेकोमा उद्धारको लागि तप प्रहरी खटि गई ऐ. ११:५५ बजे फसेका २ जना प्रहरी कर्मचारीलाई सकुशल उद्दार गरीएको ।
- मिति २०७५।०३।२८ गते अं. ११;३० बजेको समयमा जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका ०३ लक्ष्मिपुर स्थितमा लक्ष्मिपुर बैरगिया जाने बाटोको नगरको पुलमा काम गर्ने लेवरहरु निम्न स्थान बस्ने जि.महोत्तरी रामगोपालपुर ०१ बस्ने वर्ष ५० को राश विहारी मण्डल, ऐ. मनराशिस्वा न.पा. ०४ बस्ने वर्ष ३५ को चन्दन यादव र ऐ.ऐ. बस्ने वर्ष २५ को रन्जन यादवहरु बाटोबाट आएको भलको पानिले चारै तिर घेरि निजहरु रुख माथि चडि सुरक्षित साथ बसिएको भन्ने खबर प्राप्त हुना साथ यस कार्यालयबाट प्र.ना.नि.को कमाण्डमा ०७ जनाको टोलि खटि गई उद्धारको कार्य जारी रहेको ।
- मिति २०७६।०३।२७ र २८ गते परेको अविरल बर्षाको कारण भप्सिखोला ,रातो खोला ,विगही खोला र जंगा खोलामा आएको पानिको बहाव बढी जलेश्वर नगरपालिका सदरमुकाममा पानिको भल झिर्न गई नगरएयिया भित्र अं.३।४ फिट को पानि आई डुवानमा परेको,पानि बड्ने क्रम जारी रहेको,हाल मानविय अन्य क्षति नभएको ।
रबर बोट प्रयोग गरी उद्दार कार्य गरेको
- सप्तरी:- नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले रबर बोट-१ थान प्रयोग गरी २५ जनालाई उद्दार गरेको ।
- सिरहा- नेपाल प्रहरीले रेडक्रसको समन्वयमा ३ वटा रबर बोट प्रयोग गरी ७५ जनालाई उद्दार गरेको ।
- धनुषा- नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबल समेतको संयुक्त टोलीले – ३ वटा रबर बोट प्रयोग गरी
- महोत्तरी- नेपाल प्रहरीले ८ वटा रबर बोट प्रयोग गरी १०० जनालाई उद्दार गरेको ।
- सर्लाही- नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले १ वटा रबर बोट प्रयोग गरी १०० जनालाई उद्दार गरेको ।
- रौतहट:- नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, रेडक्रस नगरपालिका, संस्थाहरु समेतको संयुक्त टोलीले ८ वटा रबर बोट प्रयोग गरी १०० यौँ को संख्यामा डुवानमा परेमका व्यक्तिहरुलाई उद्दार गरेको ।
- पर्सा :- २ वटा रबर बोट प्रयोग गरी ३५ जनालाई उद्दार गरिएको ।
यसै गरी लगातार अविरल वर्षाका कारण ५४,४०१४५ कुल जनसंख्या रहेको यस प्रदेशका विभिन्न जिल्लामा डुवानमा परी प्रभावित भएका ५८१४० जना व्यक्तिहरुलाई नेपाल प्रहरी समेतको सहयोगमा उद्दार गरी सुरक्षित स्थानमा राखिएको । उद्दार कार्यको लागि जम्मा २८ वटा रबर बोट प्रयोग भएको छ भने नेपाल प्रहरीको ५५०५ जना प्रहरी जनशक्ति परिचालित रहेको छ । महोत्तरी र रौतहट जिल्लामा डुवान तथा बाढीको प्रभाव अत्याधिक रहेको छ भने अन्य जिल्लाहरुमा समेत प्रभाव रहेको छ ।
८० प्रतिशत भूभाग डुबानमा
चार दिनदेखिको अविरल वर्षाले प्रदेश २ को लगभग ८० प्रतिशत भूभाग डुबानमा परेको छ।
नेपाल प्रहरी प्रदेश २ का प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार लगातारको वर्षाले प्रदेश २ को ८० प्रतिशत भूभागमा पानी जमेको छ। वर्षाले सबभन्दा बढी रौतहट जिल्ला प्रभावित छ। त्यहाँका अधिकांश बस्ती डुबानमा छन्। चन्द्रनगर र गरुडाको प्रहरी चौकीबाहेक सुरक्षा निकायका सबै कार्यालय डुबानको मारमा छन्।
पानी परिरहेकाले प्रदेश २ को ठूला खोला कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ। कमला सिँचाइ आयोजनाका प्रमुख मनोहर साहले दिएको जानकारी अनुसार रातिको ठूलो पानीले कमला खोलाको डेफ्थ बैंक ड्यामसमेत भत्काएको छ र कमलाको पानी तटबन्ध माथिबाट बग्न थालेको छ।
९ जनाको उद्धार
यसैबीच धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदी क्षेत्रमा बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। कमला खोलामा आएको बाढीको कारण धनुषाको सहिदनगर नगरपालिकामा दुई दिनदेखि अलपत्र परेका ५ जनालाई सशस्त्र प्रहरीले डुंगाबाट उद्धार गरेको छ। उद्धार गरिएका ५ जना मध्ये ४ पुरुष र १ महिला छन्।
सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी राजु अर्यालले बाढीमा फसेका र डुबानले अलपत्र परेकाहरुको उद्धारलाई प्राथमिकता दिइएको बताए। उनले भने, ‘उच्च जोखिम क्षेत्रमा प्रहरीको संख्या थपिएको छ।’
२५ सय प्रहरी परिचालन
डिआइजी अर्यालले ‘उद्धार र पुनर्स्थापनाका लागि २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको जनाए। उनका अनुसार कमला नगरपालिकामा बाढीमा फसेका थप ४ जनालाई शनिबार बिहान सुरक्षित ठाउँमा सारिएको छ।
प्रदेश २ को सरकारले बाढी र डुबान क्षेत्रको अवलोकन र फसेकाहरुको उद्धारका लागि संघीय सरकारसँग हेलिकोप्टर उपलब्ध गराउन माग गरेको छ। मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री कार्यालयसँग हेलिकोप्टरको बन्दोबस्त मिलाइदिन आग्रह गरेको बताए।
‘उद्धार र राहतलाई प्राथमिकतामा राखेका छौं,’ मुख्यमन्त्री राउतले भने, ‘अन्य सबै बन्दोबस्त मिलाउन आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिइएको छ।’