विजय साह,ढल्केवर (धनुषा)।
धनुषाको मिथिला नगरपालिका ढल्केवर स्थित श्री विनायक इँङ्गलिस बोर्डिङ्ग उच्च माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रले एसईई परिक्षामा ४ जि.पि.ए. ग्रेड ल्याउन सफल भएका छन् ।
मिनपा वडा नं. ७ का शितल कडारीले यस पटकको एसईईको परिक्षामा ४ जि.पि.ए.ग्रेड ल्याउन सफल भएका हुन् । एसईई २०७५ को नतिजा गएको बिहिबार सार्वजनिक भएको थियो ।

९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्नेले ४ जि.पि.ए. ग्रेड पाउँछन् । कडारी सम्भवत् प्रदेश २ मै सबैभन्दा बढी अङ्क प्राप्त गर्नेको सूची हुनुपर्ने आकलन गरिएको छ ।
नर्सरी कक्षादेखि नै विनायक स्कुलमै अध्ययन गरेका कडारीले कक्षा ८ को जिल्ला स्तरीय बोर्ड परिक्षामा पनि ८० प्रतिशतभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण गरेका थिए ।
विद्यालयको नियमित पढाई र गृहकार्य बाहेक ट्युसन समेत कहिले नपढेको कडारी ४ जि.पि.ए. ग्रेड ल्याएपछि उनका बुवा टेकबहादुर कडारी, आमा बिना कडारी विद्यालयका शिक्षक, शिक्षिकलगायत ईष्टमित्रहरु औधी हर्षित भएका छन् ।
घरमा चार जना दिदीबहिनपछिका कान्छा छोरा कडारी अध्ययनमा अब्बलका साथै खेलकुदमा पनि उत्तिकै सक्रिय र प्रतिभावान खेलाडी हुन् । उनले भलिवल र रनिङ्क प्रतियोगिता प्रदेश स्तरीय पुरस्कार समेत हात पारेको शिक्षक बद्री बानियाँले बताए । फुटबल, भलिवल, क्रिकेट खेलमा उनी अब्बल दर्जाका खेलाडी भएको शिक्षक बानियाँ जनाए ।