महेन्द्रनगर- कुटपिट मुद्दाका फरार एक आरोपीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेका छन् ।
जेठ २९गते राती धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडिया बस्ने २२ वर्षीय सुरेश यादवलाई सोहि ठाउँ बस्ने मोहम्मद अयुव अजमेरी राईन र मोबारक राईनले कुटपिट घाईते बनाएर फरार भएका थिए । फलामको नक समेत प्रयाेग गरी प्रहार गरेको हुँदा यादव गम्भिर घाईते भएका थिए ।
इप्रका इन्चार्ज प्रहरी निरिक्षक अमिर दाहालले दिएको जानकारी अनुसार घटना बारे जानकारी प्राप्त हुना साथ प्रहरीले खोजतलास सुरु गरेका थिए । खोजतलास कै क्रममा असार ४ गते आरोपीहरुलाई पक्राउ गरि कुटपिट तथा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरि अनुसन्धान गर्दै गरेको प्रनि दाहालले बताए ।
प्रनि दाहाल इप्रका महेन्द्रनगर आए देखि घरेलु अबैध रक्सी, गजेरी भंगेरी, ट्यापे, मुन्द्रे जस्ता टोले गुन्डाहरुलाई नियन्त्रण गर्ने अभियान सुरु गरेका छन् । उनले अहिले सम्म यस्ता क्रियाकलापमा संलग्न एक दर्जन बढीलाई पक्राउ गरि कार्वाही प्रकृया अघि बढाएको छ।