
“गजल”
कतिले ठगे अनि कतिले फसाए यो सोझोमान्छेलाई??
कति रुवाए कति हसाए यो सोझो मान्छेलाई??
शुरुमा फकाउदै फकाउदै शिखरमा पुर्याएपछि ।
भिरबाट एकैचोटी तल खसाए यो सोझोमान्छेलाई।
कहिले केको लोभ देखाए,कहिले केको आश देखाए?
आखिरीमा लगेर पत्ताल भसाए यो सोझो मान्छेलाई!!
कहिले फुट्बल झैं गुडाए, कहिले चङ्गा झै उडाए!
उत्तरार्धमा पुगेर थला बसाए यो सोझो मान्छेलाई।
लिनुपर्ने बाकी जति सबै लिइसकेपछि!!
परिणाम स्वरुप खरानी घसाए यो सोझोमान्छेलाई!