काठमाडौं, २१ जेठ । नेपाल सरकारले बुधबार ईद पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयद्वारा मंगलबार साँझ जारी विज्ञप्तिअनुसार बुधबार देशैभरि सार्वजनिक विदा दिइएको छ ।
ईद पर्वका लागि सर्वजनिक विदा दिन मुस्लिम आयोगले गृहमन्त्रालयलाई मंगलबार साँझ पत्राचार गरेपछि बिहीबारको सार्वजनिक विदालाई बुधबारका लागि सारिएको हाे ।
चन्द्रमा उदाउने विषयलाई लिएर आयोगले बनाएको समितिको सुझावअनुसार विदा दिइएको छ । बुधबार देशभरिका मुस्लिम समुदायले ईद पर्व मनाउँदै छ ।
मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले पनि शुभकामना सन्देश जारी गरेर सबै मुस्लिम समुदायलाई शुभकामना दिएका छन् ।
त्यसैगरी प्रदेश २ सरकारले पनि भाेलीकाे लागि प्रदेश २ मा सार्वजनिक विदाकाे घाेषणा गरेकाेमा अब संघीय सरकारले पनि साेहि दिन विदा दिने भएकाेले अब देशैभरी एक दिन मात्र भाेली विदा हुने भएको छ ।