काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। हैदराबाद हाउसमा केही बेरअघि दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।
दुवै प्रधानमन्त्रीले दुवै देशका जनताबीचको सम्बन्धलाई अझै गहिरो बनाउने प्रतिबद्धता जनाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले जनाएका छन्।
भेटघाटमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्ष उपहार दिएका छन्। ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।
मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन ओली बिहीबार दिल्ली पुगेका थिए।
गत मे १९ मा सम्पन्न निर्वाचनमा सबैभन्दा बढी सिट जितेको भाजपाको नेतृत्वमा सरकार बनेको हो। प्रधानमन्त्रीका नरेन्द्र मोदीसहित धेरै मन्त्री दोहोरिएका छन् भने १९ जना नयाँ मन्त्री बनेका छन्।मोदीसहित ५८ मन्त्रीले सपथ लिएका थिए।
हिजो बेलुकी भारतीय राष्ट्रपतिले सरकार प्रमुखहरुका लागि आयोजना गरेको रात्रिभोजमा पनि ओली सहभागी भएका थिए।
प्रधानमन्त्री ओली आजै स्वदेश फर्कने कार्यक्रम छ।
(तस्बिर : भारतीय विदेश मन्त्रालय)