शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

४४ वर्षको इतिहास, पाँच विजेता अनि अस्ट्रेलियाको बर्चस्व, भोलिबाट विश्वकप क्रिकेट

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ १५, २०७६
0
४४ वर्षको इतिहास, पाँच विजेता अनि अस्ट्रेलियाको बर्चस्व, भोलिबाट विश्वकप क्रिकेट

एकदिवशीय विश्वकप क्रिकेटको १२ औँ संस्करण बिहीबारदेखि इङ्ल्यान्ड र वेल्समा सुरु हुँदै छ। प्रतियोगिताको पहिलो दिन इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै छ। यी दुवै टोलीले हालसम्म एकदिवसीय विश्वकप जित्न सकेका छैनन्।

प्रतियोगितामा १० टोली सहभागी छन्। पहिलो चरण राउन्ड रोबिन आधारमा सन्चालन हुनेछ। प्रत्येक टोलीले हरेकसँग एक–एक पटक खेलिसकेपछि शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनल पुग्नेछन्। पहिलो र चौथो स्थान तथा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल प्रतिस्पर्धा हुने छ।

पाँच फरक विजेता अनि पाँच पटकको विजेता अस्ट्रेलिया 

एकदिवशीय विश्वकपले आफ्नो ४४ वर्ष लामो इतिहासमा पाँच फरक विजेता पाएको छ। सन् १९७५ मा इङ्ल्यान्डमा आयोजना भएर सुरु भएको एकदिवसीय विश्वकपमा हालसम्म अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका र वेस्ट इन्डिज मात्र विजेता बनेका छन्। इङ्ल्यान्ड तीन पटक फाइनल पुगेर पनि उपविजेतामै सिमित भयो।

अस्ट्रेलियाले पाँचपटक, भारत र वेस्ट इन्डिजले दुई दुई पटक तथा श्रीलंका र पाकिस्तानले एकएक पटक एकदिवसीय विश्वकप जितेका छन्। सर्वाधिक विजेता अस्ट्रेलिया यसपटक साविक विजेता टोली पनि हो। अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजित पछिल्लो संस्करणको फाइनलमा दुई आयोजक टोली नै भिडेका थिए।

न्युजिल्यान्ड पहिलोपटक फाइनल पुगेको थियो। विश्वकपको फाइनल पुगेर पनि उपाधि नजित्ने दुई टोली हुन् इङ्ल्यान्ड र न्युजिल्यान्ड।  सन् १९८७ मा पहिलोपटक विश्व च्याम्पियन बनेको अस्ट्रेलियाले सन् १९९९ देखि लगातार तीन संस्करण जितेको थियो।

सन् २०११ को विश्वकप भारतले जितेपछि सचिन तेन्दुलकर।  फाइल तस्विर

सुरुका दुई संस्करण जितेको तथा सुरुका तीनवटामा फाइनल पुगेको वेस्ट इन्डिज त्यसयता फाइनल पुग्न सकेको छैन। ती तीनवटै संस्करण इङ्ल्यान्डले आयोजना गरेको थियो। त्यसयता इङ्ल्यान्डले सहआयोजक बनेर दोस्रोपटक एकदिवशीय विश्वकप आयोजना गर्न लागेको हो।

आयोजक टोलीका रुपमा विश्व च्याम्पियन बनेको  तीन वटा इतिहास मात्र छ। त्यसरी श्रीलंका सन् १९९६, भारत सन् २०११ र अस्ट्रेलिया सन् २०१५ मा विजेता बनेका हुन्।

विश्वकपका कीर्तिमानीहरु 

विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी भारतका सचिन तेन्दुलकर हुन्। सर्वाधिक सतक बनाउने खेलाडीको कीर्तिमान पनि सचिनकै नाममा छ। उनले ६ वटा शतक बनाएका थिए। कुनै एउटा विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पनि सचिनकै नाममा छ।

कुनै एक  खेलमा सर्वाधिक रन जोड्ने ब्याट्सम्यान न्युजिल्यान्डका मार्टिन गुप्टिल हुन्। उनले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध दुई सय ३७ रन जोडेका थिए। विश्वकप इतिहाँसमा दोहोरो सतक बनाउने गुप्टिल केवल दोस्रो ब्याट्सम्यान हुन्। त्यसअघि वेस्ट इन्डिजका क्रिस गेलले सन् २०१५ मै जिम्बावेविरुद्ध दुई सय १५ रन जोडेका थिए।

विश्वकप इतिहासमा सर्वाधिक विकेट लिने बलर अस्ट्रेलियाका ग्लेन म्याग्राथ हुन्। उनले ७१ विकेट लिएका छन्। कुनै एक विश्वकपमा सर्वाधिक विकेट लिने बलर पनि म्याग्राथ नै हुन्। एकै खेलमा सर्वाधिक विकेट (पहिलो) लिने बलर पनि म्याग्राथ नै रहेका छन्। उनले सन् २००३ को विश्वकपमा जिम्बावेविरुद्ध सात विकेट हात पारेका थिए। अस्ट्रेलियाकै एन्डि बिचेल, न्युजिल्यान्डका टिम साउथी र वेस्ट इन्डिजका विन्स्टन डेभिसले पनि एकै खेलमा सात विकेटसम्म लिएका छन्।

एकै खेलमा कम्तीमा पाँच ओभर बलिङ गरेर सबैभन्दा कम रन दिने बलरको सूचीमा इङ्ल्यान्डका डर्मोट रिभ शीर्षस्थानमा छन्। रिभले सन् १९९२ मा पाकिस्तानविरुद्ध पाँच ओभर बलिङ गर्दै केवल दुई रन खर्चिएका थिए। त्यसमा दुई ओभर मेडन फ्याँकेका रिभले एक विकेट पनि लिएका थिए।

विश्वकप क्रिकेटको कुनै एक खेलमा सर्वाधिक रन बनाउने टोलीको सूचीमा अस्ट्रेलिया शीर्षस्थानमा छ। उसले सन् २०१५ को विश्वकपमा अफगानिस्तानविरुद्ध ६ विकेट गुमाएर चार सय १७ रन बनाएको थियो। हालसम्म विश्वकपको कुनै एक खेलमा चारपटक चार सयभन्दा बढी रनको लक्ष्य प्रस्तुत भएको छ जसमध्ये तीनपटक अघिल्लो विश्वकपमा भएको थियो। त्यतिबेला दक्षिण अफ्रिकाले दुई पटक चार सयभन्दा बढीको लक्ष्य दिएको थियो।

विश्वकप इतिहासमा कुनै एक खेलमा पहिला ब्याटिङ गरेर सबैभन्दा कम रनमा समेटिने टोलीको कीर्तिमान क्यानडाको नाममा छ। सन् २००३ मा श्रीलंकाविरुद्ध पहिला ब्याटिङ गरेको क्यानडा ३६ रनमा समेटिएको थियो। कुनै एक खेलमा सबैभन्दा फराकिलो रनअन्तरले विजयी हुने टोलीको कीर्तिमान अस्ट्रेलियाको नाममा छ। उसले अघिल्लो विश्वकपमा अफगानिस्तानलाई दुई सय ७५ रनले हराएको थियो। सबैभन्दा कम रनअन्तरले विजयी हुने टोलीको कीर्तिमान पनि अस्ट्रेलियाकै नाममा छ। अस्ट्रेलिया दुईपटक समान एक रनको अन्तरले विजयी भएको थियो।

विश्वकपको एक खेलमा पाकिस्तानविरुद्ध विकेटको अपिल गर्दै अस्ट्रेलियाका ग्लेन म्याग्राथ। फाइल तस्विर

यसरी छनोट भए १० टोली 

विश्वकपमा १० टोलीलाई मात्र सहभागी गराइने तय भएपछि एकदिवसीय वरियता क्रममा शीर्ष ८ स्थानमा रहेका टोलीलाई विश्वकपमा सोझै स्थान दिईएको थियो। बाँकी चार टेस्ट टोलीले विश्वकपको विश्वस्तरको छनोट खेल्नुपर्ने भयो। यसरी विश्वस्तरको छनोटबाट अफगानिस्तान र वेस्ट इन्डिजले स्थान बनाएका हुन्। अन्य दुई टेस्ट टोली आयरल्यान्ड र जिम्बावे भने छनोट हुन सकेनन्। विगतमा टेस्ट टोली सबैलाई स्वत विश्वकपमा स्थान दिईने गरिएको थियो। विश्वकपमा सहभागी गराइने टोलीको संख्या घटाइएसँगै टेस्ट टोली पनि बाहिर रहनुपर्ने अवस्था बनेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

थ्री नेसन्स कपको उपाधि नेपाललाई
खेलकुद

थ्री नेसन्स कपको उपाधि नेपाललाई

प्रदेश २ महोत्तरीका कराते खेलाडी चौधरीले जिते मेडल तथा गोल्डकप
खेलकुद

प्रदेश २ महोत्तरीका कराते खेलाडी चौधरीले जिते मेडल तथा गोल्डकप

सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी 
खेलकुद

सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र तिलाठी कोईलाडी विजयी 

प्रदेश २ बाट १८ जना कराँतेका खेलाडी छनोट
खेलकुद

प्रदेश २ बाट १८ जना कराँतेका खेलाडी छनोट

ढल्केवरमा प्रदेशस्तरीय कराँते छनोट प्रतियोगिता हुँदै
खेलकुद

ढल्केवरमा प्रदेशस्तरीय कराँते छनोट प्रतियोगिता हुँदै

पाँचौ IKKF राष्ट्रिय प्रतियोगिताको ६० के.जी मा प्रदेश नं २ महोत्तरीका चौधरीले गरे गोल्ड मेडल प्राप्त
खेलकुद

पाँचौ IKKF राष्ट्रिय प्रतियोगिताको ६० के.जी मा प्रदेश नं २ महोत्तरीका चौधरीले गरे गोल्ड मेडल प्राप्त

Next Post
अन्धविश्वासको प्रकास्ठा : देउतालाई बली चढाउन ढल्केवरमा अढाई वर्षीय अबाेध बालकको हत्या

अन्धविश्वासको प्रकास्ठा : देउतालाई बली चढाउन ढल्केवरमा अढाई वर्षीय अबाेध बालकको हत्या

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist