श्रीकान्त झा
जनकपुरधाम ८ जेष्ठ ।
जनतान्त्रिक तराई मुत्ति माेर्चाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई एक प्रेस विज्ञप्ति जारी गरि ध्यानाकर्षण पत्र बुझाऐकाे छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मनाेज झाले दिएकाे अनुसार नेपाल सरकारलाई बुभाएकाे ध्यानाकर्षण पत्रमा जनतान्त्रिक तराई मुत्ति माेर्चा सँग पटक पटक वार्ता टाेलि गठन गरेर वार्ता गरे पनि सहमति र सम्झौताहरूकाे कार्वन्वईन गर्न र गराउन सरकार गम्भीर नभएकाे कारण सयाै नेता कार्यकर्ताहरू काेहि अर्ध भुमिगत बस्नु परेकाे छ भने कयाै कार्यकर्ताहरू अनाहकमा थुना तथा जेल जीवन विताउन बाध्य भएकाे छ जसकाे घर परिवारहरू निकै कष्टकर जीवन बिताउन वाध्य भएकाे प्रती ध्यानाकर्षण गराईएकाे छ ।
मानव अधिकारकाे विश्वयापि घाेषणापत्र १९४८ तथा अन्तर्राष्ट्रिय तथा मानविय कानुन र अधिकार र लाेकतान्त्रिक सम्वन्धि विश्वव्यापी अाधारभुत सिध्यान्त एवम मानव्यताहरूकाे रक्षा रवं कार्यन्वय अनुरूप नेपाल सरकारलाई त्यस अनुरूप ध्याणकर्ण पत्र बुझाएकाे छ ।
कार्यन्यन गर्नुपर्ने ८ बुदे ध्यानाकर्षण पत्र संयुक्त राष्ट्रिय संघलगायत ९ संघ संगठन,अायाेग तथा समन्धित मन्त्रालयलाई बोदार्थ गरि ध्यानाकर्षण पत्र बुझाएकाे जनतान्त्रिक तराई मुत्ती माेर्चाका केन्द्रीय अध्यक्ष मनाेज झाले जानकारी दिए ।