महेन्द्रनगर।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अवैध मदिरा विक्री वितरण बन्द गर्ने अभियान अन्तर्गत बुधवार करिब एक हजार लिटर अवैध मदिरा कब्जा गरि नष्ट गरेका छन ।
धनुषा जिल्लाको विभिन्न ठाउँबाट जनकपुर तर्फ लैजादैँ गरेको मदिर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरको सखुवा चोकमा चेकिङ्गको क्रममा र स्थानिया बजारहरुमा विक्री वितरण गरिरहेको मदिरा जम्मा गरि स्थानिय जनप्रतिनिधि क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राम किशुन यादव, कार्यपालिका सदस्य विरेन्द्र सिंह, बुद्धिजिवी र पत्रकारहरुको रोहबरमा यी परिणामको मदिर नष्ट गरेको छ ।
विभिन्न ठाउँमा वर्षौदेखि खुद्रा पसलहरुमा घरेलु उत्पादनबाट अवैध मदिरा उत्पादन गरि विक्री भई रहेको गुनासो आइ रहेकाले इलाका प्रहरी कार्यालय महेन्द्रनगरले चेकजाँच गर्ने क्रममा पसलहरुबाट बरामद गरिएको अवैध मदिरा नष्ट गरेको छ ।
प्रहरी निरिक्षक अमिर कुमार दहालका अनुसार घरेलु मदिरा हामी नियमित चेकजाँच गर्दै फेला पारेका मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने गरेका छौं भने पहिला भन्दा यस्तो अवैध मदिरामा नियन्त्रण आएको बताउनु भयो ।