मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

चेक बाउन्स : मोडल खुस्बुलाई ३ महिना कैद फैसला

शिरीष न्युज by शिरीष न्युज
जेष्ठ ७, २०७६
0

काठमाडौं– सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवाल र मोडल तथा समाजसेवी खुस्बु ओलीबीच एकताका राम्रै सम्बन्ध थियो।

बेला-बेलामा उनीहरुबीच रकम लेनदेन समेत हुने गरेको थियो। सोही क्रममा झन्डै २ वर्षअघि मोडल ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम अपुग भएको भन्दै सापट मागिन्। कटुवालले ओलीलाई ३६ लाख रुपैयाँ दिए।

ओलीले उक्त रकमको सावाँ-ब्याजसहित फिर्ता गर्ने बाचा कटुवाललाई गरेकी थिइन्। पछि कटुवालले आफूले दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन्। खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत उनले ३६ लाख रुपैयाँको चेक काटेकी थिइन्। उक्त चेक २०१७ जनवरी ३ तारिखमा काटेको देखिन्छ। त्यसको दुई दिनपछि कटुवाल चेक साट्न कुमारी बैंक पुगेका थिए। तर, बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो।

कटुवालले जिल्ला अदालत काठमाडौंमा पेस गरेको मुद्दामा उल्लेख गरिएको छ, ‘रकम नभएको जानकारी पाएपछि मैले ओलीलाई यसबारे जानकारी गराएको थिए। उनले केही समयपछि पैसा जम्मा गर्दिन्छु भनेर भनेकी थिइन्। तर, पछि पनि पैसा जम्मा भएन।’

पछि पटकपटक फोन गरेर पैसा जम्मा गर्न भन्दा पनि ओलीले रकम जम्मा नगरेको कटुवालको भनाइ छ। त्यसपछि कटुवाल २०१७ जनवरी १९ तारिखमा पुन: चेक साट्न बैंक पुगे। बैंकले पहिलेकै रेडिमेड जवाफ फर्कायो, ‘ओलीको खातामा पर्याप्त रकम छैन।’

तेस्रो पटक पनि कटुवाल रकम निकाल्ने झिनो आशा बोकेर कुमारी बैंक पुगे। तर, उनी रित्तो हात फर्कनुपर्‍यो। तीन पटकसम्म पनि खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भयो।

चेक बाउन्स भएको बारेमा समेत आफूले ओलीलाई जानकारी गराएको कटुवालले बताएका छन्। तर, ओलीले भने उजुरी नगर्नु रकम दिऊँला भन्दै आश्वासन देखाइरहिन्। लामो समयसम्म पनि आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादार मुद्दा दायर गरे। विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिक कुटावलले मुद्दा दायर गरेका थिए।

सोही मुद्दामाथि अदालतले मंगलबार फैसला गरेको हो। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले खुस्बु ओलीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।

चेकको पैसा माग्दा जाँदा नतिर्ने भन्दै धम्काएको र विदेशमा गएको भन्दै अदालतको म्याद बुझ्न ओलीले अस्वीकार गर्दै आएकी थिइन्। म्याद तामेल गराउन नसकेपछि अदालतले सार्वजनिक सूचना समेत प्रकाशन गरेको थियो। तर, ओली भने अदालतमा उपस्थित भएकी थिइनन्।

तर ओलीले अदालतले यसबारे आफूलाई सूचना नदिएको दाबी गरेकी छन्। ‘मैले यसबारे कोर्टबाट एउटा लेटर पनि पाएको छैन। म्यादका लागि पनि बोलाएको जानकारी छैन,’ उनले भनिन्, ‘कुमारी बैंकसँग पहिले नै कटआउट भएर मैले पत्र पनि पाइसकेको छु।’ भोलि आफै अदालत गएर बाँकी प्रक्रिया चाल्ने उनको भनाइ छ।

यसबारे आफूले काठमाडौं प्रहरीकहाँ समेत उजुरी गरेको ओली बताउँछिन्। आफ्नै नामको भन्दा पनि आफ्नो परिवारसँग जोडिएको र आफूलाई फसाउन कटुवालले यस्तो गरेको उनको भनाइ छ।

फैसला अनुसार ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने जिल्ला अदालतको ठहर छ।

को हुन् खुस्बु?
सन् २००० मा काठमाडौं जेसिसले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’को च्याम्पियन भएकी थिइन् खुस्बु। त्यसपछि सन् २००६ मा उनले मिस टिनको ताज पहिरिन्। त्यसपछि भने उनले आफ्नो करिअरमा पछाडि फर्केर हेर्नुपरेन। उनी कहिले विभिन्न व्यक्तिसँगको प्रेम सम्बन्धका कारण चर्चा रहिन् भने पछिल्लो समय समाजसेवाका रुपमा चर्चामा रहँदै आएकी छन्।

उनले म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्। केही वर्षअघि काठमाडौंको फर्पिङमा सपना आमाघर खोलेर उनी समाजसेवामा प्रवेश गरेकी थिइन्।

उनले विशालनगरमा पनि ‘स्ट्रिट चिल्ड्रेन रिह्याबिलिटेसन होम’ स्थापना गरेकी छन्। जहाँ ३५ भन्दा बढी सडक बालबालिकाले लालनपोषण पाउँदै आएका छन्।

नेपालका सडक बालबालिकाले रूसको मस्कोमा भएको स्ट्रिट चाइल्ड विश्वकपमा समेत उनकै पहलमा भाग लिने अवसर पाएका थिए। खुस्बुले ‘रिह्याबिलिटेसन अफ स्ट्रिट चिल्ड्रेन बिफोर एन्ड आफ्टर’ नामक डकुमेन्ट्री पनि बनाएकी छन्।

त्यस्तै, झापाको सुरुंगाका गरिब परिवारका लागि २० वटा रिक्सा किनिदिएकी ओलीले निःशुल्क सेवा दिने सर्तमा सुरुंगाकै रेडक्रस उपशाखालाई एम्बुलेन्स समेत दिएकी थिइन्। आफू पढेको झापको कन्काई माविमा हजुरबुबाको नाममा गरिब विद्यार्थीका लागि खुस्बुले एक लाखको कोष स्थापना गरेकी छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

क्यान्सरपीडित १० वर्षे बालकका बाबुको पीडा :  छोरो बचाउन पाँच कट्ठा खेत बेचेँ, अब परिवार कसरी पाल्ने
प्रदेश

क्यान्सरपीडित १० वर्षे बालकका बाबुको पीडा : छोरो बचाउन पाँच कट्ठा खेत बेचेँ, अब परिवार कसरी पाल्ने

Next Post
सञ्चार विधेयकको सत्तारुढ सांसदले नै विरोध जनाएका

प्रदेश २ को नाम 'मिथिला-भाेजपुरा' र राजधानी जनकपुर हुनुपर्ने कांग्रेसको अडान

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist