महेन्द्रनगर -धनुषाको महेन्द्रनगरमा एन आई सी एशिया बैंक लिमिटेडको शाखा विस्तार भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका ५ को मुख्य बजार केन्द्र महेन्द्रनगरमा आज नगर प्रमुख योगेन्द्र पजियारले एन आइ सी बैंकको २८२ औं शाखाको रुपमा यसलाइ विधिवत उदघाटन गरे ।
बैंकको शाखाको उदघाटन गर्दै क्षीनपा प्रमुख पजियार बैंकको विस्तार हुनु खुशीको कुरा रहेको बताउँदै बैंकले किसान, व्यापारी लगायतको लागि सुलभ र सरल हिसाबले ऋण उपलब्ध गराउनु पर्ने र व्याजदरमा पनि अरु बैंकको तुलनामा कम ब्याजमा ऋण लगानी गरी सहयोग गर्नु पर्ने सुझाव दिए ।
प्रदेश नं. २ को अस्थायी राजधानीको रुपमा रहेको जनकपुरको मुख्यद्धारको रुपमा चिनिने महेन्द्रनगरमा यस बैंकको शाखा स्थापना भएर स्थानीय व्यापारी व्यवसायीमा टेवापुग्ने गरी सहयोग रहने शाखा प्रबन्धक उज्जवल कुमार मिश्राले बताए ।
बैंकको समुदघाटन कार्यक्रममा प्रदेश नं.२ प्रमुख प्रादेशिक कार्यालयका प्रकाश चन्द्र अधिकारी, प्रमुख उपप्रादेशिक कार्यालयका मनु प्रसाद शर्मा, प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, स्थानिय व्यापारी, बुद्धिजिवी लगायतहरुको उपस्थिती रहेको थियो ।