आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

‘मिस नेपाल वर्ल्ड–२०१९’ ताज अनुष्कालाइ

शिरीष न्युज by शिरीष न्युज
बैशाख २७, २०७६
0
‘मिस नेपाल वर्ल्ड–२०१९’ ताज अनुष्कालाइ

यस वर्ष मिस नेपालको ताज पहिरिने अनुष्का श्रेष्ठको पहिचान केवल सौन्दर्यसँग मात्र जोडिएको छैन, विदेशिएको जनशक्तिले अब आफ्नै देशका लागि योगदान गर्नुपर्छ भन्ने सुन्दर भावनासमेत जोडिएको छ ।

बिहीबार बेलुका कीर्तिपुरमा अवस्थित एक स्कुलको ठूलो चौरमा टेन्टले बारेर ‘मिस नेपाल २०१९’को आयोजना भयो । पाँचतारे होटलमा सीमित ‘मिस नेपाल’ प्रतियोगिता यस वर्ष फरक स्थानमा पुगेको थियो ।

यसपटक ‘मिस नेपाल वल्र्ड २०१९’ को अर्को पनि विशेषता थपिएको थियो- मिस नेपालको आयोजना सुरु भएको २५ औं बर्ष अर्थात रजत जयन्ती । यसले गर्दा पनि आयोजकले ठूलो ठाउँमा दर्शकका लागि टिकटको व्यवस्था गर्नुपरेको थियो ।

२५ जना प्रतिस्पर्धीलाई जितेर मिस वल्र्ड नेपालकी विजेता बन्दै गर्दा अनुष्का श्रेष्ठका आँखा खुशीले रसाए । गत वर्षकी मिस नेपाल वल्र्ड २०१८ कि विजेता श्रृङख्ला खतिवडाले क्राउन लगाइदिँदै गर्दा अनुष्कामा हर्षका आँशु छचल्किए ।

आँशु न छचल्किउन् पनि किन ? अष्ट्रेलियामा बैंकको आकर्षक जागिर त्यागेर अनुष्का देशका लागि केही गर्ने अठोट बोकेर नेपाल छिरेकी थिइन् । मिस वल्र्ड नेपालको ताजले उनलाई अब देशका लागि केही गरेर देखाउने अवसर प्रदान गरेको छ ।

को हुन् अनुष्का ?

काठमाडाैंमा जन्मिएकी अनुष्का श्रेष्ठ पाँच वर्ष अगाडि उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेकी थिइन् ।

अष्ट्रेलियामा रहँदा पनि उनले आफ्नो प्रतिभालाई प्रष्फुटन गर्नका लागि कुनै असर बाँकी राखिनन् । २३ वर्षकी अनुष्काले सन् २०१८ को मिस नेपाल ओसिनियाको उपाधिसमेत जितेकी थिइन् ।

अनुष्का अष्ट्रेलियामा त्यहाँको नम्बर १ मानिने कमनवेल्थ बैंकको जागिरे थिइन् । तर, उनले यो प्रतिस्पर्धामा भाग लिन आउँदा जागिर छाडेकी थिइन् । धेरैले उनलाई यति राम्रो जागिर फेरि पाउन मुश्किल हुने भएकाले मिस नेपालमा सहभागी नहुन आग्रहसमेत गरेका थिए ।

तर, सधैं नै सत्य बाटोमा हिँड्ने र लगनशील अनुष्काका लागि बैंकको जागिर भन्दा मिस नेपालको विजेता बन्ने हुटहुटी विशेष थियो । त्यसैले उनी नेपाल आइन् र नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतिस्पर्धा जितिन् ।

अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीमा स्नातक अध्ययन पूरा गरेकी ५ फिट ४ इन्च अग्ली यी सुन्दरीले अब डिसेम्बरको ७ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड ‘को प्रतिस्पर्धामा आफूलाई सहभागी गराउनेछिन् ।

‘मिस नेपाल २०१९’मा सहभागी हुन नेपाल आउनु अघि अष्ट्रेलियामा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले आफू नेपाल गएर सामाजिक सेवामा लाग्ने बताएकी थिइन् ।
अष्ट्रेलियाबाट अनुष्काले भनेकी थिइन्- ‘विदेशमा बस्ने मानिसहरुलाई एउटा आरोप के छ भने, हामी नेपाल नेपाल भन्दै कराउँछौ, तर देशका लागि केही पनि गर्दैनाैं । म नेपालमा गएर सैद्धान्तिक रुपमा मात्र होइन, व्यवहारिक रुपमा नै काम गर्न चाहन्छु ।’

अनुष्काले यो पनि भनेकी थिइन्- ‘अष्ट्रेलियामा बसेर हामीले नेपालका विभिन्न स्थानका समस्या सुनेका छौं, बुझेका छैनांै । तर, म मिस नेपालको विजेता बने पनि नबने पनि ती स्थानमा पुगेर काम गर्न चाहन्छु ।’

अनुष्काले नेपालका विभिन्न स्थानमा पुगेर गर्न चाहेको समाजसेवामा अब उनले पाएको ताजले झनै ठूलो मद्दत गर्नेछ ।

अनुष्कालाई चुनौती

अनुष्काले मिस नेपाल वर्ल्ड २०१९ को ताज जितेर सबैको नजरमा परिरहँदा उनीमाथि चुनौतीका पहाड पनि छन् ।

गत वर्ष मिस वर्ल्डमा सहभागी हुन पुगेकी श्रृङ्खला खतिवडाले २ वटा सब-टाइलट जितेर मिस वर्ल्डमा नेपालीहरुको बलियो उपस्थितिको छनक दिएकी थिइन् । श्रृङ्खलाले पाएको त्यो सफलता र उनको चर्चाका पछाडि राजनीतिक पृष्ठभूमि जोडिएको चर्चा पनि भयो । तर, श्रृङ्खलाले त्यसबेला भनेकी थिइन्, ‘अब, मिस नेपालका आउँदा विजेतालाई मिस वर्ल्डमा पुग्न सहज भएको छ । हामीले त्यो बाटो खोलिदिएका छौं कि अब उनीहरुलाई नेपाल के हो भनेर चिनाइराख्नुपर्दैन ।’

श्रृङ्खलाले बोलेको त्यो कुरा अब अनुष्काका लागि चुनौती हो । किनकि, मिस नेपालले मिस वर्ल्डबाट त्यस्तो ठूलो सफलता नपाइरहेको अवस्थामा श्रृङ्खलाले केही आशा जगाएकी छिन् । अनुष्काले अब त्यसलाई जोगाउनु त छँदैछ, झनै ठूलो सफलता पाउन आवश्यक छ ।

त्यसैले, मिस नेपाल वर्ल्डको क्राउन लगाएर खुशी साटिरहेकी अनुष्काका लागि चुनौतीको पहाड पनि सँगसँगै खडा भएको छ । डिसेम्बरमा हुने मिस वर्ल्डमा अनुष्काले त्यो पहाड फोड्न सक्लिन् ? प्रतिक्षा गराैं ।

मिस नेपालको प्रतिस्पर्धाको यो पाटो आफ्नो ठाउँमा छँदैछ । तर, विदेशमा पढेर उहीँ आकर्षक जागिर खाइरहेकी अनुष्कामा स्वदेश फर्केर देशका लागि केही गर्ने जुन अठोट पलाएको छ, यो चाहिँ युवा पुस्ताका लागि थप प्रेरणाको विषय हो ।

आफूले गरेको प्रतिज्ञाअनुसार अब अनुष्का अब स्वदेशका कुना कन्दरातिर फर्किइन् भने पक्कै पनि यसले मुलुकलाई बस्न लायक बनाउने छ र युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्ने छ ।

अनुष्काले विहीबार मिस नेपाल वर्ल्ड २०१९ को ताज जितेपछि मिस नेपाल ओसिनियाकी आयोजक भूमा लिम्बु खुशी भएकी छिन् । लिम्बूले अष्ट्रेलियाबाट आफूहरुले पठाएको प्रतिनिधिले मिस नेपाल वर्ल्ड  जितेको भन्दै खुशी व्यक्त गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रेमी थिर कोइरालासँग विवाह बन्धनमा बाँधिइन् अञ्जु पन्त
कला

प्रेमी थिर कोइरालासँग विवाह बन्धनमा बाँधिइन् अञ्जु पन्त

मुर्तिकारहरु सरस्वतीको मुर्तिलाई रंगरोगन गरी अन्तिम रुपदिन व्यस्त
कला

मुर्तिकारहरु सरस्वतीको मुर्तिलाई रंगरोगन गरी अन्तिम रुपदिन व्यस्त

दोस्रो जनकपुर साहित्य महोत्सव फागुनमा
कला

दोस्रो जनकपुर साहित्य महोत्सव फागुनमा

महोत्तरी सम्सी गाउपलिका गैढा भेटपुर निवासी ५५ वर्षिय मुर्तिकार मिथिला बिहारी पण्डित सरस्वतीको मुर्तिमा रङ लगाउदै । तस्बिर:-धर्वेन्द्र कुमार यादव (यदुवंशी),सम्सी बजार/शिरीष न्युज।
कला

महोत्तरी : सम्सीका मूर्तिकार सरस्वती माता को मूर्तिमा रङ लगाउदै (फोटो फिचर)

गजल
कला

कविता : ‘आमा’

हातपात गरेको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी
कला

हातपात गरेको भन्दै सुष्माले दिइन् प्रहरीमा उजुरी

Next Post
मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध पत्रकार महासंघको विरोधका कार्यक्रम तय

मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध पत्रकार महासंघको विरोधका कार्यक्रम तय

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist