आइतवार, फाल्गुन २३, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

‘सरकारले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प अघि सारेको छ : उपप्रधान तथा रक्षामन्त्री पोखरेल

शिरीष न्युज by शिरीष न्युज
बैशाख १८, २०७६
0
‘सरकारले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प अघि सारेको छ : उपप्रधान तथा रक्षामन्त्री पोखरेल

बर्दिवास : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार निर्माण भएसँगै अब जनताका आवश्यकताको परिपूर्ति नै सरकारको मुख्य ध्येय भएको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने शुरुआत गरिने बताए ।

शिक्षा र स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारको सम्मान गर्दै वर्तमान सरकारले यी कामलाई महत्वका साथ प्राथकितामा राखेको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

‘सरकारले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प अघि सारेको छ, यो सरकार र कुनै पार्टी विशेषको कुरा नभएर आम नेपालीको साझा चासो हो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘बितेका एक वर्ष संविधानअनुसार ऐन कानून बनाउने आधारभूत काम सम्पन्न गरिएका छन्, अब आर्थिक वर्ष २०७६÷०७७ बाट जनताका आवश्यकताको सम्बोधन गरिने कार्यक्रम सञ्चालन गरिनेछन् ।’

प्रदेश दुईको बर्दिवासमा बर्दिवास मेडिकल कलेज  र राजविराजमा रामराजाप्रसाद सिंह मेडिकल कलेज निर्माणको निर्णय कार्यान्वयनको चरणमा प्रवेश गर्नु उपलब्धिपूर्ण भएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाँच वर्षभित्रै बर्दिवास मेडिकल कलेजको पठनपाठन शुरु गरिने गरि काम अघि बढाउन सरकार लागिपरेको बताए ।

बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदीले कलेज स्थापना र संरचना निर्माणको गुरुयोजना, माटो परीक्षण (भौगोलिक परीक्षण), वातावरणीय प्रभाव मूल्याङ्कन, कलेज निर्माण हुने जग्गाको भोगाधिकार र त्यसपछि डिपिआरको चरण पार गरेपछि संरचना निर्माणको काम शुरु हुने जानकारी दिए ।

समारोहलाई राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेशसभा सदस्य भरतप्रसाद साह र राजर्षी जनक विश्वविद्यालयका उपकुलपति डा भरत झाले प्रदेश २ को मध्यभागमा काम शुरु गरेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजनाले समयमै काम सम्पन्न गरेर कलेज सञ्चालनको पूर्वाधार तयार गर्ने विश्वास व्यक्त गरे ।

समारोह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सरकारले आर्थिक वर्ष २०७३/०७४ मा प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने नीति बनाएअनुसार गत फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिएपछि कलेजसम्बन्धी काम अहिले काम अघि बढेको हो ।

सङ्घीय सरकारले चालू आर्थिक वर्ष २०७५÷०७६ मा कलेज पूर्वाधार विकासका लागि रु ८७ लाख बजेट छुट्याइएको उपसचिव सुवेदीले बताए । ।

यसबाहेक विश्वविद्यालय अनुदान कोषबाट बर्दिवास, सुर्खेत र बुटवलका लागि मेडिकल कलेजमा रु १०/१० करोड रकम विनियोजन भएको सुवेदीले जानकारी दिए । सबै विधाको अध्ययन÷अध्यापन हुने बर्दिवास मेडिकल कलेजका लागि ३०० श्ययाको अस्पताल पनि निर्माण गरिने सुवेदीको भनाइ छ ।

कलेज स्थापनाका  लागि बर्दिवास–४ मा  भब्सी र अटाबे पुलबीच पूर्व–पश्चिम राजमार्गको  उत्तरपट्टी ७५ रोपनी जग्गाको सिफारिश भएको छ । सिफारिश जग्गा वनक्षेत्र परेकाले अहिले यसबारे अन्तिम निर्णय हुने प्रक्रियामा रहेको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताए ।

यसबाहेक मेडिकल कलेजका लागि बर्दिवास–२ मा जग्गाको थप व्यवस्था गरिने नगरप्रमुख कार्कीको भनाइ छ ।

बर्दिवास नगरक्षेत्रमा कृषि, पशुविज्ञान र  इञ्जिनीयरिङ विषयमा स्नातक तहसम्मको र शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तरसम्मको पठनपाठन शुरु भइसकेको र चिकित्साशास्त्रको कलेज स्थापनाको काम अघि बढेपछि अब बर्दिवास सबैको शैक्षिक गन्तव्य बन्ने यहाँका बुद्धिजीवीले आस सँगालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
पेट्रोल, डिजेलको मूल्य बढ्यो

पेट्रोल, डिजेलको मूल्य बढ्यो

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist