
किन किन अपुरो छु, सधै मलाइ आभास हुन्छ !
हाँशी खुसी सब्को देख्दा, सम्जी यो मन त्यसै रुन्छ !!
बोल्न हुन्न किन केही, समाज यसै बौलाइ हाल्छ !
नबोलु त सहि बस्दा, रोगहरु मौलाइ हाल्छ !!
बाध्यताको जीवन जिउन, सारै सारै धौ धौ पर्यो !
जिउने नाममा यो मुटु त, कति लाखौं पटक मर्यो !!
दैब के हो लिला तिम्रो, मेरो दोष कहाँ देख्यौ !
मेरै मात्रै होला यस्तो, नसिद्धिने पीडा लेख्यौ !!
आशै आशमा जीवन जिएँ, अब दिक्दार भयो अत्ति !
उज्यालो त कहिं छैन, अन्धकारै मात्र कत्ती !!
अँध्यारो मै रुमल्लिइ, बितिगयो प्यारो जीवन !
आशा को दियो बाल्दा, निराशाले निभ्यो बत्ती !!