बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

माछाले मालामाल : साइकलमा माछा बेच्नेहरु अहिले कार चढ्छन्

शिरीष न्युज by शिरीष न्युज
बैशाख ११, २०७६
0
माछाले मालामाल : साइकलमा माछा बेच्नेहरु अहिले कार चढ्छन्

अजय शाह-

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामशोभित मुखिया २० वर्षअघिसम्म साइकलमा माछा बेच्थे। अहिले उनी आफ्नै पिकअप भ्यानमा माछा ढुवानी गर्छन्। आफू भने स्कारपिओमा गुड्छन्।

२०५४ मा खोलिएको उनको काजल मत्स्य प्रजनन फार्ममा १५ जनाले रोजगारी पाएका छन्। हस्ताक्षर मात्र गर्न सक्ने मुखियाले भने, ‘लेखपढ गर्न नजान्दा हिसाबकिताबमा समस्या भइरहेको छ।’

भुरा किन्नका लागि उनीकहाँ धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहाका व्यवसायी आउँछन्। ८ बिघा क्षेत्रफलमा मुखियाले १० नर्सरी पोखरी र माउ माछाका लागि ४ बिघामा ४ पोखरी निर्माण गरेका छन्। उनीसँग ३५ वटा त आफ्नै पोखरी छन्। बिघाको ७५ हजार प्रतिवर्षका दरले १० वर्षका लागि ठेक्कामा लिएको जग्गामा रहेका ८० भन्दा बढी पोखरीमा माछाको उत्पादन गर्छन्।

उनीजस्ता सफल व्यवसायी अरु पनि छन्। सहज र सरल हुने भएकाले पनि धनुषाका किसानमा माछा उत्पादनको जाँगर बढेको हो।

क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर दूधमति, सखुवा, मंगलपुर, सपही, पकरीमा निजी र लिजमा जग्गा लिएर करिब ८० बिघा क्षेत्रफलमा माछाको व्यावसायिक उत्पादन गर्ने गरिएको छ। यी पोखरीबाट उत्पादन हुने माछाको बिक्रीबाट वार्षिक एक करोडभन्दा बढी कारोबार हुन्छ।

माछा खेती गर्न चाहने कृषकलाई मत्स्य विकास तथा तालिम केन्द्रले सिपसँगै माछाका भुरा उपलब्ध गराउँछ। केन्द्रले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीका किसानलाई ८ प्रजातिका माछाका भुरा उपलब्ध गराउँदै आएको छ। कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिग हेड कार्प, भाकुर, रउ, नइनी र तिलापिया प्रजातिका भुरा केन्द्रले किसानलाई उपलब्ध गराउँछ।

धनुषामा ९ सय ८३ हेक्टरमा २ हजार १ सय १ जना किसानले गत आर्थिक वर्षमा ४ हजार १ सय २६ मेट्रिक टन माछा उत्पादन गरेको कृषि ज्ञानकेन्द्र धनुषाले जनाएको छ। केन्द्रको तथ्यांक अनुसार धनुषामा पछिल्लो ३ वर्षमा बर्सेनि १ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। करिब २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा माछापालन भइरहेको धनुषामा यस वर्ष थप एक हजार हेक्टर क्षेत्रफलमा माछापालन सुरु भएको कृषि मन्त्रालयले जनाएको छ।

एकै ठाउँमा कम्तीमा १० हेक्टर जग्गामा एकै प्रकारको कृषि उत्पादन सुरु गरेर पकेट क्षेत्र, एक सय हेक्टरमा ब्लक, पाँच सय हेक्टरमा जोन तथा एक हजार हेक्टरभन्दा बढी क्षेत्रफललाई सुपरजोन घोषणा गरिन्छ। सुपरजोन घोषणा भएसँगै धनुषामा माछापालनको विशिष्टिकृत प्रणाली अवलम्बन गर्ने, उन्नत प्रविधिको प्रयोगमा बढोत्तरी ल्याउने, अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने तथा कृषि औद्योगिकीकरणलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ।

‘फिस किङ’ बौएलाल
माछा माछापालनबाटै वार्षिक ३० लाख आम्दानी गर्ने बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन्।

कुनै बेला चरम गरिबी बेहोरेका धनुषा सहिदनगर-४ का ७० वर्षीय बौएलाल माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन्।

सहिदनगरको नन्नुपट्टीमा करिब १३ बिघा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान नै फेरिदिएको छ।

२०२९ सालबाट माछा उत्पादन थालेका मुखियाले ४० वटा माछा उत्पादनको माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन्। उनले वार्षिक ७ करोड बराबरका भुरा र करिब ३ सय क्विन्टल माउ माछा बिक्री गरिरहेका छन्।

उनको व्यापारमा अहिले छोरा कन्हैया र रमेशले सहयोग गर्छन्।

‘आफूहरुले उत्पादन गर्ने भुरा काठमाडौं, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरी लगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने गर्छ,’ रमेशले बताए।

करिब १३ वर्षको उमेरमा बौएलाल आफ्नै गाउँका धनीमा गनिने छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थाले। त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए। ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे।

उनैले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताए। विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै। तर, साहु तिवारीको भने ३ कठ्ठा जग्गामा पोखरी थियो, संरक्षणहीन। बौएलालले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे। तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए।

‘तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराए’,  बौएलाल स्मरण गर्छन्, ‘सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती सुरु गरेँ।’

सानो पोखरी उत्पादन राम्रै भयो। अँधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो, जब तत्कालीन प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे। लगानी गर्ने पैसा नभएकाले ११ सय रुपैयाँ उनै तिवारीले सापट दिएका थिए। त्यही पैसाले भुरा त किने र पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे । तब उनलाई झन् ठूलो समस्या आइपर्‍यो। बाध्य भएर ५ प्रतिशतका दरले ५ सय रुपैयाँ ऋण लिए, चार सय रुपैयाँ साथीको बुबासँग सापट मागे।

त्यही ९ सय रुपैयाँबाट सुरु भएको माछा व्यवसाय नै आज उनको परिचय बनेको छ। ‘अर्को वर्ष जब पोखरीबाट माछा झिक्यौं त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो’, उनी खुसी हुँदै भन्छन्, ‘त्यतिबेला ८ रुपैयाँ किलो बिक्री हुने माछाबाट ११ हजार रुपैयाँ आम्दानी गरेर त्यही पैसाबाट ११ कठ्ठा खेत किनेर धान खेती गरेँ। थप ३ कठ्ठा खेत किनेर त्यसमा माछा पालनको काम सुरु गरेँ।’

०४६ सालमा उनलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो। उनको परिश्रम र माछा उत्पादनको क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो। माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका उनी राष्ट्रपति कृषक पुरस्कार २०७५ बाट समेत पुरस्कृत भएका छन्।

२०५६ मा भएको स्थानीय निकायको निर्वाचनमा बौएलाल गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए।

उमेरले पहिले जस्तो सक्रिय नभए पनि छोराहरुले कारोबार सम्हालेका छन्। जेठो छोरा कन्हैया मुखिया अहिले धनुषा मत्स्य व्यवसायी संघका अध्यक्ष पनि छन्। ‘धनुषामा ३७० पोखरी छन्,’ उनले भने, ‘सबैभन्दा बढी त यहीँ क्षीरेश्वरनाथ नगरपालिकामै छ।’

विदेश नगएरै सफल
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका युवा मत्स्य व्यवसायी रामकेवल मुखिया पनि निकै सफल छन्। मनकामना माछापालन केन्द्र सञ्चालन गरेर उनले धनुषा र महोत्तरीमा एक सयभन्दा बढी पोखरीमा माछा पालन गर्ने गर्छन्।

उनका अनुसार माछापालनमा पनि हिजोआज आधुनिकीकरण बन्दै गएको छ। ‘पहिलापहिला भिनाजुले एक सिजनमा दाना नखुवाई १ लाख रुपैयाँ नाफा गर्ने गरेका थिए,’ उनी भन्छन्, ‘अहिले म १ लाखको दाना खुवाएर माछा र हाँस पालनबाटै एक सिजनमा ८ देखि १० लाख रुपैयाँ नाफा गर्न सफल छु।’

रामकेवलले माछापालनसँगै व्यावसायिक हाँसपालले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याएको बताए। ‘त्यतिखेर हाम्रो गाउँमा एसएलसी दिनेबित्तिकै विदेश जाने लहर थियो, भिनाजुको मत्स्य फर्ममा नबसेको भए म पनि साथीभाइ जस्तै वैदेशिक रोजगारमा हुन्थेँ,’ उनी भन्छन्, ‘त्यतिखेर विदेश गएका साथीहरुको भन्दा मआर्थिक रुपमा निकै माथि छु।’

रामसुदिसको आर्थिक छलाङ
१० वर्ष अघिसम्म ठूलोदाजु रामविशेष शरणलाई माछाको ठेक्कामा सहयोग गर्ने महोत्तरी, सिस्वाकटैयाका रामसुदिस शरण पनि अहिले महोत्तरीको ठूलो माछा किसान बनेका छन्।

कक्षा १० मा पढ्दै गर्दा दाजुलाई सघाउन माछा सम्बन्धी काममा लागेका उनले हरेक वर्ष कम्तीमा १४ लाख रुपैयाँ नाफा कमाउने गरेको बताउँछन्।

‘दाजुले ऋण काढेर ८ सय रुपैयाँमा ठेक्का लिएको पोखरीमा ४ सय रुपैयाँको माछा हालेर १० हजार फाइदा कमाए,’ त्यसबाट प्रभावित बनेका उनी भन्छन्, ‘माछा नै पैसा कमाउने उत्तम माध्यम हो भन्ने लाग्यो र म पनि त्यतैतिर लागेँ।’

बिहान ६ बजेदेखि रातिसम्म माछाको स्याहार र व्यापारमै उनी व्यस्त हुन्छन्। यसबाट सफल बनेका उनीसँग आधा दर्जनभन्दा बढी मोटरसाइकल र एउटा पिकअप भ्यान छ। २ वटा कार किनेका छन्।

अचेल रामसुदिसलाई जिल्लामा माछापालन सम्बन्धी तालिम दिन प्रशिक्षकको रुपमा समेत निम्त्याउने गरिएको छ।

कुनै बेला ८ सय रुपैयाँ ऋण लिनुपर्ने सुदिससँग अहिले सुदिस माछा पालन केन्द्र नामक कृषि कम्पनी छ। निजी र भाडमा लिएका एक सय पोखरी छन्। उनको कृषि कम्पनीमा ४० जनाभन्दा बढी मजदुर नियमित काम गर्छन् भने अरुले पनि अप्रत्यक्ष रोजगारी पाएका छन्।

‘म आज जे छु माछाकै कारण छु,’ उनी भन्छन्, ‘म सक्रिय हुन्जेलसम्म माछापालन नै गर्छु।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रणनीतिक योजना अनुसार २०८०/८१ सम्ममा नेपालमा १३५ हजार मेट्रिक टन माछा उत्पादन लक्ष्य रहेको छ। तर अहिले पनि माछा आयात गर्नुपरिरहेको छ। २०७४ पुस देखि २०७५ पुस मसान्तको तथ्यांक अनुसार खाने माछामात्र ८० करोड ९१ लाख ७१ हजार बराबरको आयात गरिएको छ। -नेपाललाइभ डटकमबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै
अर्थ

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
अर्थ

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि
अर्थ

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए
अर्थ

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय
अर्थ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

Next Post
आशै आशमा

आशै आशमा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist