आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनकपुरको मिठाई पसलहरुमा छापा, अखाद्य सामग्री जफत, हंसराज र रधुपतिको मिठाईमा किरा

शिरीष न्युज by शिरीष न्युज
बैशाख ४, २०७६
0
जनकपुरको मिठाई पसलहरुमा छापा, अखाद्य सामग्री जफत, हंसराज र रधुपतिको मिठाईमा किरा

जनकपुर-राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरधामको बजार अनुगमन क्रममा पाईएको अखाद्य सामग्री जफत गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको जनकपुरधाम बजार अनुगमनको क्रममा जनकपुरकै नाम चलेको हंसराज मिठाई पसल तथा रघुपति मिष्ठान भण्डारको अखाद्य मिठाई, घ्यू, तेल लगायतका पदार्थ नष्ट गरेको हो।

जनकपुरधामको हंसराज मिठाई पसलको कारखानामा किरा फलेको ईमली, नेपालमा प्रतिबन्धित सागर गोल्ट पाउडर दुध, हाईड्रो, रंग, फिटकिरी लगायतका सामग्रीहरु गुण प्रविधि तथा नियन्त्रण कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ।

हंसराजको कारखानाभित्र लुकाई राखेको अवस्थामा सागरको गोल्ड प्याकेट पाउडर दुधका बोरा, हाईड्रोका प्याकेट, रंग, फिटकिरी, बदामका पिठो लगायतका सामग्रीहरु बरामद गरी नियन्त्रणमा लिईएको गुण प्रबिधि तथा नियन्त्रण कार्यालय धनुषाका खाद्य निरिक्षक प्रबिण तिवारीले जानकारी दिए।

यसैगरी जानकी मन्दिर स्थित रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसको घ्यू, मिठाई, प्रयोग गरिएको तेलका सामग्री साथै प्रयोग गरिएका तेलीय वस्तुहरु तत्काल नष्ट गरिएको थियो। ओम बेकरी एण्ड स्विटस् हाउसमा उत्पादित पाउरोटीमा एक दिन अगावैको तिथिमितिमा उत्पादन मिति राखि सिल प्याक गरि विक्रि वितरणका लागि तयारी अवस्थामा रहेकोलाई जफत गरिएको छ।

साथै अबदेखि त्यस्तो गरेको पाइएमा कालोबजारी अन्तर्गत मुद्दा चलाईने जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले बताएका छन्। साथै रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसले संयुक्त रुपमा सञ्चालन गरेको कारखानाको दुध तथा दुधले बनेको पदार्थहरुमा अत्यधिक झिंगा, लामखुट्टे तथा माहुरी मरेको पाईएकोहरुलाई नष्ट गरिएको थियो।

मापदण्डवितरीत सञ्चालित विद्यालयलाई सुधार गर्न निर्देशन

जनकपुरधामकै मुटु भानुचोक स्थित रहेको मदर टेरेसा पब्लिक स्कुलमा क्षमता भन्दा बढी बिद्यार्थी राख्ने गरेको पाईएको छ। बिद्यालयको होस्टेलको छात्राबासमा एउटै कोठामा २० देखी २५ जना बिद्यार्थीहरुलाई कोचेर राखेको पाईएको हो।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता समेत रहेकी मोहना अन्सारीको उपस्थितिमा बिद्यालयका फाउण्डर प्रिन्सिपल चन्द्र देवानलाई एक पटकका लागि सुधारको मौका दिएको उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जानकारी दिए। उनले भने ‘यो बिद्यालयको पहिलो अनुगमन थियो, त्यही भएर एक पटकलाई सुधारको मौका दिईएको छ, दोश्रो पटकको अनुगमनको क्रममा यस्तै अवस्था रहेको पाईए कानूनी कारवाही भोग्नुपर्नेछ।’

यसैगरी धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार कडेल बिद्यार्थीको शुल्क, खानेपानी, शौचालय तथा स्कुल बसमा क्षमता भन्दा बढी बिद्यार्थी नबोक्न सुझाएका थिए। उनले नाम चलेको स्कुलले नै यसरी मनपरी नगर्न सुझाव दिदै स्कुलको दुई सय मिटर भित्रै रहेको मदिरा पसल समेत तत्काल बन्द गर्न पहल थाल्ने जानकारी दिए।

मदिराको नमुना संकलन

अनुगमनको क्रममा राष्ट्रिय मानव अधिकार आयोग नेतृत्वको टोलीले जनकपुरधामको मिल्स एरिया स्थित जय श्री राम डिष्ट्रिब्युटर्समा पाईएको मदिरा प्लाष्टिकको बोत्तलमा प्याकिङ्ग गरेको पाईएको छ।

रुसलान, मौसम, स्मुथ सहितका अन्य लोकल ब्राण्डका मदिराहरु प्लाष्टिकको बोत्तलमा प्याक गरेको पाईएकोमा त्यसलाई तत्काल नमूना परिक्षण गरी थप प्रयोगका लागि प्रयोगशाला पठाउन लागिएको छ ।साथै उत्पादित कम्पनीहरुलाई प्लाष्टिक जन्य पदार्थमा मदिराको प्रयोग नगर्न सिफारिस गरिने भएको जनाईएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको अनुगमनको क्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका वीर मगर, केन्द्रका दिपेन्द सिंह, गुण प्रविधी नियन्त्रण कार्यालय लगायतको संयुक्त टोलीले अनुगमन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
अर्थ

नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि
अर्थ

बर्दिवास : तेस्रो बर्दिवास महोत्सव फागुन २५ देखि

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए
अर्थ

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय
अर्थ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

नेपालको आर्थिक विकास र विश्व प्रणालीको विश्लेषण
अर्थ

नेपालको आर्थिक विकास र विश्व प्रणालीको विश्लेषण

Next Post
बारा र पर्साका हावाहुरी पीडितको सहयोगका लागि प्रदेश ३ मुख्यमन्त्रीले एक करोड रुपैंयाको चेक प्रदेश २ का मुख्यमन्त्रीलाई हस्तान्तरण

बारा र पर्साका हावाहुरी पीडितको सहयोगका लागि प्रदेश ३ मुख्यमन्त्रीले एक करोड रुपैंयाको चेक प्रदेश २ का मुख्यमन्त्रीलाई हस्तान्तरण

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist