आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जुडशीतल मनाइयो

शिरीष न्युज by शिरीष न्युज
बैशाख २, २०७६
0
जुडशीतल मनाइयो

जनकपुर- प्रदेश नं. २ मा आज ‘जुडशीतल’ पर्व हर्षोल्लासका साथ मनाइएको छ ।

सूर्यको तापबाट आकुल व्याकुल मानवलाई शीतलता प्रदान गर्नु उद्देश्य रहेको यस पर्वमा घरका सबैभन्दा पाको व्यक्तिले बिहानै सबेरै उठेर नुहाइधुवाइ गरी जल लिएर आफ्ना सबै बालबालिकाको तालुमा जलसिञ्चन गरी थपथपाई आशीर्वाद दिने गर्छन् । यसोगर्दा बालबालिकाको मस्तिष्कले शीतलता पाई वर्षभरि नै उसले राम्रो काममा आफ्नो मन दिन्छ भन्ने विश्वास रहिआएको छ ।

यस पर्वमा बिहानै ४ बजे उठेर स्नान गरी विभिन्न किसिमका तरुवा (पकौरा) खाना, करीबरी पकाई सूर्योदयपश्चात् आफ्नो इष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ ।

आज राति मिथिलाको कुनै घरको चुल्होमा पुनः आगो बालेर खाना पकाउन भने पाइँदैन । अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वास रहेकाले अघिल्लो रातकै खाना आज दिनभरि र रातिमा पनि खानेछन् । यस पर्वलाई ‘सतुआइन तथा वैशाखी’ पनि भन्ने गरिन्छ । यसमा पुर्खाका लागि भनेर नलले भरेको घैँटो, सतुवा, जौ, आँपको टिकुला तथा पङ्खा ब्राह्मणलाई दान गर्ने परम्परा पनि छ ।

साथै गृहिणीले इष्टदेवलाई पुरैनको पातमा सतुवा, सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी आचार पनि चढाउने गर्छन । जुडशीतल पर्वमा रूखका जरामा पनि पानी चढाउने र इष्टदेवतालाई बासी, करीबरी, भात, पुरी र तरकारी जस्ता परिकार पनि चढाइने परम्परा रहेको छ ।

आजैका दिनदेखि तुलसी चौरा वा शिवलिङ्गको छेउमा बाँस गाडेर त्यसमा गाग्रोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ । कुश भएर तुलसी चौरा वा शिवलिङ्गमा थोपाथोपा पानी झर्ने गर्छ । यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ । सुकिसकेको इनार र पोखरीमा नयाँ जलले सिञ्चित गर्ने तथा सफा गरेर चुना, पोटास राखी तिनलाई स्वच्छ बनाउने काम पनि गर्ने गरिन्छ ।

इनार र पोखरीमा ससाना बालकदेखि वृद्धसम्म जम्मा भएर माटो दल्ने गर्छन् । बिहानभरि गाउँले एकापसमा हिलो छ्याप्ने काम गर्दछन् । केही वर्षयता देखि यो विकृति पनि देखिन थालेको छ । आरामको क्षणमा आमोदप्रमोदका लागि मनाइने यो पर्वले भ्रातृत्वको भावना तथा एकापसमा प्रेम गर्ने सन्देश दिने गरेको छ ।

जुडशीतलको जुड भनेको जुडाउनु अर्थात् मान्यजनबाट आशीर्वाद लिनु हो । यसले शीतलताको कामनालाई बोध गराउँछ । यो प्रकृतिसँग जोडिएको लोकपर्व भएकाले यसमा प्रकृतिमैत्रीका सुन्दरतम सन्देश अन्तरनिहित छन् । यस अवसरमा घरका ज्येष्ठ सदस्यले सबैलाई चिसो पानी टाउकामा छप्छपाएर आशीष दिन्छन् । छेउछाउका रूखका जरामा पानी हालिन्छ, सडकमा पानी छर्किन्छ कुवा र पोखरीको सरसफाइ गरिन्छ । हिलोले एकअर्कामा छ्यापाछ्याप गरी रमाइलो गरिन्छ, पानी र गाग्रो दान गरिन्छ, सातु बदामको पीठो खाइन्छ ।

जुडशीतल पर्वमा पानीको मुहान सरसफाइसँग जोडिएको मौलिक परम्परा हो । प्रचण्ड गर्मीमा शान्त पार्ने पानीसँग जोडिएको लोकोत्सव पनि हो, जुडशीतल ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै
अर्थ

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै

नेपाल समाजवादी औद्योगिक मजदुर संघको दोस्रो राष्ट्रिय सम्मेलन
प्रदेश २

नेपाल समाजवादी औद्योगिक मजदुर संघको दोस्रो राष्ट्रिय सम्मेलन

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन
प्रदेश

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन

जनकपुरको एक होटेलको कोठामा एक युवती झुन्डिएको अवस्थामा फेला
प्रदेश

पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि एक महिलाले गरिन पासो लगाइ आत्महत्या

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग
प्रदेश २

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ  पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन
प्रदेश

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन

Next Post
डब्लुआरआरद्वारा सरसफाई

डब्लुआरआरद्वारा सरसफाई

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist