काठमाडौं । प्रचण्ड–बाबुराम एक समयको चर्चित जोडी हो । तर पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई विपरित दिशामा रहेका छन् । यो बिचमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक भट्टराईले आफ्नो पार्टी काठमाडौंको मःम पसल जस्तो नभएको बताउँनु भएको छ ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूराना पार्टीहरु भन्दा नयाँ शक्ति पार्टी फरक रहेको उहाँले स्पष्ट पार्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘हामीलाई तपाईहरु काठमाडौमा खोलिएका १० वटा पसलमा अर्को थपिएर ११ औं बने जस्तो होइन । मःम पसल थपिए संस्था बढ्ने हो ।तर टेस्ट पुरानै । हाम्रो पार्टी त्यो होइन । नयाँ टेस्टसहित हो ।’ नयाँ शक्ति पार्टी विल्कुल नयाँ भएको दाबी गर्दै उहाँले विचार, संगठन र पुरानाभन्दा अलि फरक देश बनाउन आफूहरु लागिरहेको जानकारी गराउँनुभयो । आजको विश्वमा नयाँ विचारको बहस भएकाले हालै युरोप भम्रण सोही अध्ययन गर्दा नेपाललाई नयाँ ढंगबाट लैजानको लागि नयाँ शक्तिको आवश्यकता देखिएको स्पष्ट पार्नुभएको छ ।
एक फरक प्रशंगमा अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार पुर्ण रुपमा असफल भएको ब्याख्या गर्नुभएको छ । दुई तिहाइको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ नभएको भन्दै जनताको पक्षमा कुनै काम गर्न नसकेकाले यो सरकारबाट आशा गर्नु व्यर्थ हुने दाबी गर्नुभयो । सरकार बनेको एक वर्षभन्दा बढी भइसक्दा समेत कुनै काम हुन नसकेको उहाँको भनाई छ ।उहाँले भन्नुभयो, ‘अब यो सरकारबाट के आशा गर्ने, यो सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी पनि सरकारबाट बाहिरियो । संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ । केही गर्छ कि भन्ने सबैको आशा सरकारले गलत साबित गर्यो ।’ संयोजक भट्टराईले विप्लव नेतृत्वको माओवादीले लिएको बाटो गलत भएको स्पष्ट पार्नुभयो