अस्ट्रेलिया (सिड्नी) – नेपाली नयाँ वर्ष २०७६ को अवसरमा रकडेल बाइसेन्टेनियल पार्कमा निःशुल्क सांगीतिक कार्यक्रम हुने भएको छ।
मायालु इन्टरटेन्मेन्टको आयोजना तथा एस्पाइर इन्टरनेसनल एजुकेश कन्सल्टेन्सीको मुख्य प्रायोजनामा आगामी अप्रिल १४ तारिखमा सांगीतिक कार्यक्रम ‘नेप्लिज न्यू इयर फेस्टिबल २०७६’ हुन लागेको हो । नयाँ वर्षका अवसरमा निशुल्क आयोजना गर्दा नेपाली संस्कृतिको प्रबर्द्धन हुने आयोजकको विश्वास छ ।
रकडेल बाइसेन्टेनियल पार्कमा हुने कार्यक्रममा चर्चित कलाकारहरु अल्मोडा राना उप्रेती, राहुल शाह, समीर आचार्य, ईश्वर पोखरेल, सञ्जीव पराजुली, टीका प्रसाईंलगायतका चर्चित कलाकारको प्रस्तुति रहने मायालुका निर्देशक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार कार्यक्रम दिउँसो ११ बजेदेखि ७ बजेसम्म चल्नेछ ।
कार्यक्रमस्थलमा फुड स्टल पनि राखिनेछ ।