निकेश खनाल
बर्दिबास चैत्र ५
विश्व उपभोक्ता दिवसको अवसर पारेर महोत्तरीको बर्दिबास नगरपालिकाले शुक्रबार देखि बजार अनुगमन सुरु गरेकोे बजार अनुगमनलाई मंगलवार पनीे निरन्तरता दिएको छ । अनुगमनका क्रममा बजारका अधिकांश पसलको व्यवसाय दर्ता नविकरण नगरी अबैध सञ्चालन गरेको भेटिएको छ ।
नगरपालिकाका अनुगमन समितिका संयोजक एवं उप —प्रमुख कृष्णमाया गौतमको नेतृत्वमा बर्दिबासको मुख्य बजार र बर्दिवासको वडा नम्बर १० र ११ खयरमारा क्षेत्रमा मंगलवार सम्म गरिएको अनुगमनमा अधिकाँस किराना पसल औषधि पसलमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरी सञ्चालनमा ल्याईएको छ ।
बजार अनुगमनका क्रममा बर्दिबास नगरपालिकाकी उप—प्रमुख कृष्णमाया गौतमले व्यवसायीलाई ३ दिन भित्र पसलमा मुल्य सुची राख्न निर्देशन दिएकी छिन् । उनका अनुसार ३ दिन भित्र मुल्य सुची नराख्ने र अटेर गरी व्यवसाय सञ्चालन गर्ने र दोस्रो चरणको अनुगमन देखी पसलहरुमा पसलको नाम सहितको बोर्ड नराख्ने, अखाद्य सामान बिक्री गरी गा्रहकलाई ठगी गर्नै ब्यवसायीलाई नगरपालिकाले कडा कारबाही गर्ने चेतावनी दिइएकी छिन ।
यसैगरी राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका अध्यक्ष दिपेन्द्र पराजुलीका अनुसार अहिले गरिएको बजार अनुगमन बर्दिबास नगरपालिकाको पहिलो चरणको अनुगमन भएकोले व्यवसायीलाई कारवाही नगरी अखाद्य र म्याद नाघेका सामग्री जफत गरी नष्ट गरीएको बताए । उनले पहिलो चरणमा व्यवसायीलाई सचेत समेत गराइएको हुनाले दश्रो चरण देखीको अनुगमनमा कुनै सम्झौता नगरी उपभोक्ता ठगी गर्नेलाई कुनै पनि शर्तमा नछोड्ने प्रष्ट पारे ।