सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनकपुर अञ्चल अस्पताल दिनभर तनावग्रस्त

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन २८, २०७५
0
जनकपुर अञ्चल अस्पताल दिनभर तनावग्रस्त

जनकपुर- जनकपुर अञ्चल अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालको वातावरण दिनभर तनावग्रस्त बनेको छ। मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै उपचार गर्ने डाक्टरको तस्बिर लिन खोजेपछि स्थिति तनावग्रस्त बनेको हो।

धनुषाको मिथिला नगरपालिका-६ का ५७ वर्षीय रामनारायण खत्वेको उपचारका क्रममा मंगलबार निधन भएको थियो।

हृदयघात भएका खत्वेलाई मंगलबार बिहान साढे १० बजे उपचारको लागि अस्पतालको अकास्मिक कक्षमा भर्ना गरिएको थियो। भर्ना भएको आधा घन्टापछि उनको निधन भएको थियो।

चिकित्सकले समयमा उपचार नगर्दा ज्यान गएको भन्दै खत्वेका जेठा छोरा ३१ वर्षीय रमेश र २३ वर्षीय राजारामले चिकित्सकको फोटो खिच्ने प्रयास गरेका थिए।

फोटो खिच्न खोजेपछि डाक्टर र मृतकका छोराहरुबीच भनाभन भएको थियो। भनाभनले उग्र रुप लिएपछि चिकित्सकले नै पहिले हातपात गरेको मृतकका आफन्तको आरोप छ। ‘बुबालाई भर्ना गरेपछि चिकित्सकले भनेअनुसार सबै प्रक्रिया पूरा गरें। तर समयमा उपचार गरेनन्, आलटाल गरे,’  जेठा छोरा रमेशले भने, ‘चिकित्सक अलिकता यताउता चेक गरेर कुर्चीमा गएर बसे। एकैछिनमा बुबाको मृत्यु भयो।’

शव घर लैजाने तयारी भएपछि जेठा छोरा रमेशले भाइ राजारामलाई त्यहाँ बसेका डाक्टरको फोटो खिच्न र डाक्टरको नाम सोधेर आउन लगाए। उनले भने, ‘पछिपछि म पनि गए। भाईले फोटो खिच्न मोबाइल तेर्स्याएपछि काउन्टरमा बसेका डाक्टरले मोबाइल खोसे। र अन्य दुईजना डाक्टरले हातपात गर्न थाले। पछि इमरजेन्सीमा रहेका सबै डाक्टरले हामी दुबैलाई कुटपीट गरे।’

चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै तस्बिर खिच्न खोजेपछि अस्पतालमा तनाव भएको थियो। त्यसपछि मृतकका परिवारले शव नउठाउने भन्दै आकस्मिक कक्षको गेटमा शव राखेर कुटपीट गर्ने चिकित्सकलाई कारबाही माग गर्दै प्रदर्शनमा उत्रेपछि मंगलबार अस्पताल दिनभर तनावग्रस्त बनेको थियो।

यता इमर्जेन्सीमा डिउटीमा रहेका चिकित्सक डा. सावन यादवले आफूहरुले समयमा उपचार गर्दा समेत बिरामी गम्भीर भएको कारण बचाउन नसकेको बताए। उपचारका क्रममा कुनै लापरबाही नगरिएको समेत उनले बताए। मृतकका आफन्त फोटो खिच्न आएका बेला हो-हल्ला भएको तर कसैलाई कुटपिट नभएको उनको दाबी छ।

पीडित पक्षले इमर्जेन्सी कक्षमा सीसीटीभी क्यामेरा जडान भएकाले त्यसमा प्रमाण सुरक्षित भएको भन्दै छानबिन गरी दोषी चिकित्सकलाई कारबाही र क्षतिपुर्तिको माग गरेका छन्।

घटना पश्चात् अस्पताल प्रशासन र पीडित पक्षको छलफल पछि छानबिन गर्न १० सदस्यीय समिति गठन भएको छ।

मेडिकल सुपरिटेन्डेन्ट डा. नागरेन्द्र यादवको संयोजकत्वमा दुबैपक्षबाट ५-५ जना रहने गरी १० सदस्यीय टोली गठन भएको हो।

छानविन समिति गठन पश्चात पीडित परिवारले शव उठाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते
प्रदेश

पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’
अन्तर्वार्ता

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’

प्रदेश सरकारले मनायो बलिदानी दिवस:   ६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा
प्रदेश

प्रदेश सरकारले मनायो बलिदानी दिवस: ६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा

२०७५ : संवाद र सहकार्यको वर्ष बनोस्
प्रदेश

हाय रे मधेस ! हाय रे सत्ता ! हाय रे सहिद !

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह
प्रदेश २

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह

मगही भाषाका अभियन्ता ‘फुलगेन’ले गरे आदर्श विवाह
प्रदेश

मगही भाषाका अभियन्ता ‘फुलगेन’ले गरे आदर्श विवाह

Next Post
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist