शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने , सम्झनामा रवीन्द्र अधिकारी

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन १६, २०७५
0
आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने , सम्झनामा रवीन्द्र अधिकारी

काठमाडौं- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने भएको छ। अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयसमेत सरकारले गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको थियो।

बिहीबार देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका १० दारेभीरमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।

सम्झनामा रवीन्द्र अधिकारी : ‘अ बन्डल अफ पोजेटिभ इनर्जी’

अजित बराल

रवीन्द्र अधिकारीको व्यक्तिचित्रका लागि फोटो खिच्न हामी सराङकोटको टावरसम्म पुग्ने सिँढीहरू चढ्दै छौं। उनलाई देख्नेहरू भन्दै छन् ‘सर, नमस्कार। कहिले आउनुभयो?’ ‘आउनुस, बस्नुस् चिया खाऊँ।’ ‘सर, बाटो पिच गर्न बजेट नै आएन।’ उनी फर्काउँदै छन्, सबैका नमस्कार र प्रश्नका उत्तर। म भने यता सोच्दै छु, उनी लोकप्रिय नै रहेछन्।

अचम्म मान्छु। अचम्म किनभने, एउटा जमाना थियो जहिले राजनीतिज्ञलाई आदर, सम्मानका दृष्टिले हेरिने गरिन्थ्यो, उनीहरूको राजनीतिक निष्ठा, साधारण जीवन र विचारलाई अनुकरण गरिन्थ्यो तर विशेष गरी २०४६ को राजनीतिक परिवर्तनपछि भित्रिएको राजनीतिक विसंगति, अस्थिरता, सत्तालिप्सा, नैतिक स्खलन र अहिले आएर नयाँ संविधान निर्माण तथा त्यसको संशोधनमा देखिएको किचलोका कारण समग्र नेपाली राजनीति र राजनीतिज्ञप्रति व्यापक वितृष्णा बढेको छ।

यस्तो अवस्थामा पनि आफ्नो लोकप्रियता कायम गर्न सफल रहेछन् उनी। उनी अर्थात् व्यवस्थापिका–संसद्को विकास समितिका अध्यक्ष तथा कास्की क्षेत्र नम्बर तीनबाट संविधानसभाका दुवै चुनावमा प्रत्यक्ष निर्वा्चित कास्कीका युवा नेता रवीन्द्र अधिकारी।

उनको यस लोकप्रियताका दुइटा आधार छन् जस्तो लाग्छ। एउटा आधार, उनको सकारात्मक सोच हो। छोटो कद, डम्म ज्यानका उनी, अंग्रेजी अभिव्यक्ति सापटी लिने हो भने, ‘अ बन्डल अफ पोजेटिभ इनर्जी’ जस्ता लाग्छन्। अर्को आधार, उनको विकासपक्षीय दृष्टिकोण, जसलाई उनले आफ्नो पुस्तक ‘समृद्ध नेपाल’ मा लिपिबद्ध गरेका छन्।

भूगोलविद् डा. पीताम्बर शर्माले उक्त पुस्तकको भूमिकामा लेखेका पनि छन्— लेखकमा विकासप्रतिको व्यग्रता बढी नै देखिन्छ। सायद त्यही कारणले पनि होला अधिकारीका ‘विचारले नेपालको सपना देख्नेहरूमा आशा सञ्चार गर्नेछ’ भनेर राजनीतिक विश्लेषक तथा लेखक झलक सुवेदीले पुस्तकमा लेखेका।

तर, पढ्नेलाई अधिकारीको विकास दृष्टिकोण पूँजीवादी लाग्छ। त्यो धेरैलाई अनौठो लाग्न सक्छ, किनकि उनी वैचारिक हिसाबले वामपन्थी हुन्।

२०२६ वैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा जन्मेका उनको परिवारिक पृष्ठभूमि, गाउँ अनि स्कुल सबै वामपन्थी थियो। त्यसैले सानैदेखि उनमा राजनीतिक चेत विकास भएको थियो। २०३६ सालको जनमतसंग्रहका बेलालाई पञ्चायत समर्थक हजुरबुवालाई ‘निर्दलको रंग त नीलो भएछ नि!’ भनेर झुक्काएर बहुदलमा भोट खसाल्न लगाउने प्रयास गरेको सम्झन्छन् उनी।

स्वाभाविकै हो, उनी स्कुल छँदै अखिलको राजनीतिमा लागे। अनि सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनका माध्यमबाट राजनीतिक जागरण सिर्जना गर्ने गतिविधिमा संलग्न भए। प्रवेशिका परीक्षापछि अखिलको किल्ला मानिने पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्न पुगेपछि त उनी झनै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको राजनीतिक गतिविधिमा सक्रिय भए। र, २०४५ सालमा स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा निर्वा्चित भए। सिर्जनात्मक काम गर्ने उनले पृथ्वीनारायण क्याम्पस कलेजभवन निर्माण, क्याम्पसगेट र बाटो निर्माण, विद्यार्थी पोसाक अनिवार्य गराउनेजस्ता महत्वपूर्ण काम गरे।

अधिकारीभन्दाअघि पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका झलक सुवेदी अधिकारी व्यवस्थापकीय हिसाबले कुशल रहेको सम्झन्छन्। उनी भन्छन्, ‘वामपन्थी विचार, गतिविधिलाई अखिलको पंक्तिभन्दा बाहिर लैजानुपर्छ भन्ने हाम्रो विचारलाई उनले कार्यान्वयनमा ल्याए।’

आफ्नो त्यही व्यवस्थापकीय गुणलाई अधिकारीले राम्रो प्रयोगमा ल्याए जब उनी स्नातकोत्तर पढ्न त्रिभुवन विश्वविद्यालय आए। त्यहाँ स्ववियु सभापति हुँदा उनले पुस्तकालय राम्रो बनाउने, लगेको पुस्तक फिर्ता नगर्नेको नाम सार्वजनिक गर्ने, पुस्तक ढिला बुझाउनेलाई कडा फाइन लगाउने, वरिष्ठ प्राध्यापकहरूको सम्मान गर्ने, प्राज्ञिक बहस चलाउने, विश्वविद्यालय हाताभित्र क्रिकेट ग्राउन्ड बनाउन स्वीकृति दिनेजस्ता काम गरे।

तत्कालीन शाहज्यादा पारसले चलाएको गाडीको ठक्करका कारण मरेका गायक प्रवीण गुरुङको न्यायका लागि आन्दोलन गर्ने, ‘हत्यारा बस्ने दरबारमा होइन जेलखानामा हो’ भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, सार्वजनिक यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिनका लागि गरिएको आन्दोलनको प्रमुख अगुवाइ गरेकै कारण उनले राष्ट्रिय राजनीतिमा छिट्टै पहिचान बनाउन सके।

त्यसपछि जनप्रतिनिधि भएपछि मुलुकबारे अलि सोच्न थाले। कसरी मुलुकको विकास गर्न सकिन्छ? विकासका चुनौती के–के हुन्? किन विकासका लागि राजनीति भएन? उनको विकासप्रति चाहना यति थियो कि, उनी भन्छन्, मान्छेहरू उनलाई यसले विकास गर्छ, राजनीति गर्दैन भन्थे। झलक सुवेदी भन्छन्, ‘राजनीति नै विकासका लागि गर्ने हो। तर, राजनीति र विकास फरक–फरक हुन् भन्ने धारणा बनेको छ। त्यसैले पनि होला विकासप्रति चासो राख्ने नेताको छवि बनेको छ रवीन्द्रको।’

जनप्रतिनिधि हुनुभन्दा अघिदेखि नै विकास कार्य या विकासका लागि दबाब सिर्जना गर्नेजस्ता काममा अग्रसर हुँदै आएका थिए। उनी सम्झन्छन्, ‘म जनप्रतिनिधि नहुँदै अमरसिंह चोकमा थन्केको पानीका पाइप देखेर एकदमै थकथक लागेको थियो। आठ–दस करोडको अभावमा मर्दीखोलाको पानी पोखरा सहरमा ल्याउनका लागि किनिएको ती पानीका पाइप अलपत्र परेर बसेका थिए।

म जनप्रतिनिधि भइसकेपछि पहिलो काम नै ती पाइपको उपयोग गरी पोखरामा पानी झार्ने काम गरें।’ त्यस्तै, पोखरामा क्षेत्रीय एयरपोर्ट निर्माणका लागि महइभ्वपूर्ण पहल र पोखरा काठमाडौंजस्तो साँघुरो नहोस् भनेर १८ फिटभन्दा सानो बाटो बनाउन नपाइने, चार आनाभन्दा कम जग्गामा घर बनाउन नपाइनेजस्ता नियमहरू बनाउन उल्लेख्य भूमिका पनि उनले निर्वाह गरे।

पछि व्यवस्थापिका–संसद्को संसदीय विकास समितिको सभापति भएपछि उनलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उनी लागेका छन्। र, उनको पछिल्लो समय नेपाल–चीन जोड्ने नाकाहरू, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्र्याक आदिको निरीक्षणमा बित्ने गरेको छ। अधिकारीको विकास हस्तक्षेपबारे झलक सुवेदी भन्छन्, ‘विकास समिति नीति बनाउने, निर्णय गर्ने निकाय होइन, खालि अनुगमन गर्ने निकाय हो।

तर, पनि विकास समितिको सभापतिका हैसियतले अधिकारीले विकासका चुनौतीका गाँठा फुकाउने, विकास आयोजनाका कामको निरीक्षण गर्ने, आयोजना स्वीकृत गर्न वा कार्यान्वयनमा लैजानका लागि सरकारलाई दबाब दिने गरेका छन्। अरू कोही सभापति भएको भए आयोजनाहरूमा आफ्ना मान्छेहरू भर्ती गर्दै, आयोजना प्रमुखहरूसँग डिनर खाँदै आफ्नो कार्यकाल सक्थे।’

देशको समृद्धिको सपना देख्ने अधिकारीले आफ्नो ठाउँ पोखराको सपना देख्नु कुनै अस्वाभाविक भएन। अचेल उनी पर्यटकीय सहर पोखरालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर घोत्लिरहेका छन्। पोखरालाई कसरी स्मार्ट सिटी बनाउने, ग्रेटर पोखराको अवधारणाअनुसार कसरी पोखरा र यस नजिकका ठाउँहरूको एकीकृत विकास गर्न सकिन्छ भनेर आफ्ना धारणाहरू अन्तर्वार्ता र लेखहरूमार्फत राख्दै आएका छन्।

त्यस्तै गरी, पोखराको दिगो विकासका लागि र पोखरालाई काठमाडौंजस्तो अव्यवस्थित हुन नदिन पोखराबाट १०, २०, २५, ५० किमि टाढा रहेका ठाउँहरूमा स्याटलाइट सिटीहरू बनाउने, तिनलाई पोखरासँग राम्रो चार लेनको बाटोले जोड्ने, स्थानीय उत्पादनको बिक्री वितरण सहज बनाउनेजस्ता योजनाहरू उनले दिमागमा बुनेका छन्।

तर, उनका विकास योजनाले भौतिक विकासको परिकल्पना मात्र गरेको छैन, साहित्य, कला, संगीत, संस्कृतिको विकास पनि परिकल्पना गरेको छ। उनी भन्छन्, ‘साहित्य, संगीत, कलाबिना कुनै पनि ठाउँ जीवन्त, सजीव, चलायमान हुन सक्दैन। राम्रो कला, साहित्यले राम्रो संस्कार, संस्कृति दिन्छ र तिनले सोच्ने, बुझ्ने कलाको विकास, सभ्य समाजको निर्माण गर्छन्। आधुनिक सहर निर्माणले मात्र सभ्यता ल्याउँदैन। त्यसैले हामीले साहित्य(कलामा खर्च होइन, लगानी गर्नुपर्छ।’

(बराल फाइनप्रिन्टका प्रबन्ध सम्पादक एवं नेपाल लिटरेचर फेस्टिभलका निर्देशक हुन्। लिटरेचर फेस्टिभल २०७२ का सन्दर्भमा प्रकाशित ‘हर्पन’ पत्रिकाको सामग्री)

श्राेत : नेपाल लाइभडटकम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने ‘घुर’
प्रदेश

मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने ‘घुर’

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन
प्रदेश २

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु
प्रदेश

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत
प्रदेश

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

गौशालामा साताव्यापी योग शिविर संचालन
प्रदेश

गौशालामा साताव्यापी योग शिविर संचालन

Next Post
मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा : पुर्व प्रधानमन्त्री देउवा

मैथिली उत्कृष्ट , विकसित र सभ्य भाषा : पुर्व प्रधानमन्त्री देउवा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist