जनकपुरधाम : नेपाल इन्जिनियर्स एशोसिएसन प्रदेश २ का नवनिर्वाचित पदाधिकारीहरुले आईतवार शपथ लिएका छन् । जनकपुरमा आयोजित शपथ ग्रहण कार्यक्रममा पदाधिकारीहरु शपथ लिएका हुन् ।
नव निर्वाचित एशोसिएसन अध्यक्ष नन्दकिशोर यादबलाई प्रमुख निर्वाचन अधिकृत इन्जिनियर आत्माराम प्रसाद यादबले शपथ ग्रहण खुवाए । त्यसपछि अध्यक्ष यादबले अन्य पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका छन् । नवनिर्वाचित उपाध्यक्ष दिलिप कुमार श्रीवास्तव, सचिवमा अजित कुमार यादब, सहसचिवमा भवेश मिश्र, कोषाध्यक्षमा श्याम चौधरी र सदस्यहरुमा दिलिप यादब गंगाराम यादबलगायतले शपथ लिएका छन् ।
कार्यक्रममा प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले इमान्दारिताका साथ काम गर्न इन्जिनियरहरुलाई आग्रह गरेका छन् । उनले देश निर्माणमा इन्जियिरको मुख्य भुमिका रहेको भन्दै इमान्दारित पुर्वक काम गरेमात्र देश समृद्ध हुने बताए ।