बिशाल बराल
सिड्नी – नेपालकै सर्बधिक चर्चित गायन रियालटी शो ‘नेपाल आइडल सिजन–२’ का उत्कृष्ट ६ प्रतिस्पर्धिहरूको आस्ट्रेलिया टूर लगबग पक्का भएको छ । नेपाल आइडल अष्ट्रेलियामा टूर अन्तर्गत नेपाल आइडल टप ६ को बेजोड प्रस्तुति रहने नेपाल आइडल–लाइभ इन सिड्नी’ यही आऊदो फेबुररि ८ तारीख़का दिन सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हने भएको छ।
कन्सर्टमा नेपाल आइडल–२ का विजेता रवि ओड सगै प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले पनि साथ दिनेछन् । सुरुमा टप ५ मात्र समाबेस गगरीएको कार्यक्रममा दर्शकको अत्याधिक माँग पछि प्रतियोगी पवन गिरीलाई समेत समाबेश गरीएको थीयो।
सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो । अघिल्लो बर्ष पनि नेपाल आइडललाइ अस्ट्रेलिया ल्याएको नेपालि टच अस्ट्रेलियामा निकै सफल आयोजक मध्यको एक हो ।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यो सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ । नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने गरि तयारी गरिएको आयोजक राज के गोस्वामिले जानकारी दिएका छन् ।
स्थानिय समय अनुसार साझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा पहिलो पटक लेडी डान्स जक्की डिजे अर्पणा पनि सहभागि हुने छिन् । कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ ।