ललन मण्डल
वर्दिवास,माघ ५
महोत्तरीको वर्दिबास नगरपलिकामा वडा नं.२ स्थित सिङ्गापुर टोलमा एक अंपाङ्गलाई ह्वीईल चियर साईकल प्रदान गरिएको छ ।
बर्दिवास नगरपालिका २ बस्ने श्रीराम सिंह राजपुतलाई आज ह्वीईल चेयर प्रदान गरिएको हो । ४५ बर्षीय राजपुतलाई २५ वर्ष अगाडि दुबै खुट्टामा पाराल्यासिसले छोएपछि असक्त भएर जिवन यापन गर्दै आईरहेका छन् । उनि आफ्नो एउटा सानो ह्वीईल चेयरमा बिताउँदै आई रहेका थिए । उनलाई यताउता जान, आउन, घुम्न र दैनिक जिवन यापन गर्न निकै कठिन भईरहेका थियो ।
नगरपालिकाका वडा नम्वर २ का सदस्य ईक बहादुरको पहलमा वडा नम्वर २ का वडा अध्यक्ष अभिराम प्याकुरेलले सिंहलाई उक्त साईकल प्रदान गरेको हो । वडा अध्यक्ष प्याकुरेलले आफनो मासिक तलब बाट १२ हजार पर्ने ह्वीईल चेयर साईकल सिंहलाई सहयोग गरेको हो।
वडा अध्यक्ष प्याकुरेलले भने, ‘म आज यो चेयर दिएको मा निकै नै खुसी छु । हामी नेपालीले एक अर्कालाई सहयोगको भावना राख्यौ भने मात्र देशको विकास हुन्छ ।’
वडा अध्यक्ष प्याकुरेलले नगरपालिकाका रहेका अपांगहरुलाई ह्वीईल चियर प्रदान गर्नको लागि पहलमा गर्ने बताए ।