मुकेश कुमार यादव , लहान : सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा आर्थिक वर्ष २०७४÷०७५ मा यस गाउँपालिकाको चालु तर्पm १५१८५१८७५ र पँजीगत तर्पm ११५६६३०४ गरी कुल बजेट जम्मा रकम २६७५२८१७९ थियो । यस गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को लागि नेपाल सरकारबाट प्राप्त वित्तिय समानुकरण अनुदान रु ८ करोड ६५ लाख, सर्शत अनुदान रु ८ करोड ९२ लाख, राजश्व वाँडफाँड रु. ५ करोड ५५ लाख, प्रदेश सरकरबाट प्राप्त वित्तिय समानीकरण रु. २७ लाख, प्रदेश सरकारबाट प्राप्त सर्शत अनुदान रु. ५० लाख, प्रदेश सरकारबाट सवारी साधन करको वाँडफाँड बाट रु २२ लाख, आन्तरीक आय रु १ करोड, गत आर्थिक वर्षको अ. ल्या. रु. ४ करोड ७२ लाख, सडक बोर्ड नेपालको रु. १० लाख, सामाजिक सुरक्षा रु. ३ करोड ५० लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम रु. ४ लाख, तराई मधेश समृद्धि सिमा कार्यक्रम रु. १ करोड १४ लाख ९० हजार गरी कुल रु. ३४ करोड ६१ लाख ९० हजार आयको अनुमान पेश गरेको छ ।
वरियारपट्टी गाउँपालिकाको कुल आय मध्ये गाउँकार्यपालिकाको प्रशासनिक र कार्यक्रम खर्च, विद्यायल र स्वास्थ्य संस्थाको प्रशासनिक र कार्यक्रम खर्च एवं सामाजिक सुरक्षा भत्ता, अन्य निकायबाट चालु प्रकृतिको बजेट गरी कुल चालु खर्च तर्पm रु. १७ करोड ८५ लाख १९ हजार र कुल अनुमानित आयबाट कुल चालु खर्च विनियोजन पश्चात बाँकी रहेको रकमबाट भौतिक पूर्वाधारको लागि बरियारपट्टी गाँउपालिकाको पाँचै वडामा पूर्वाधार विकास लगायत अन्य कार्यमा रु. २ करोड ३४ लाख ५० हजार बाट वडा समितिले गाँउपालिकामा पठाईएको आधारमा वडा तहमै विनियोजन गर्ने व्यवस्था मिलाएको छ । वडा तहबाट प्राप्त भएका गाँउ स्तरीय योजनाहरुको लागि रु. ७ करोड ४६ लाख ७५ हजार र गाँउपालिकाको लागि हेभी इक्युपमेन्ट लगायत पँुजीगत कार्यक्रमका लागि रु. ४ करोड ३१ लाख ९० हजार, कृषि विकास कार्यक्रममा ४९ लाख ७५ हजारm पशु विकास कार्यक्रमको २० लाख, सडक बोर्डको १० लाख, तराई मधेश कार्यक्रमको १ करोड ५ लाख ५० हजार गरि पूँजिगत खर्च तर्पm रु. १६ करोड ७६ लाख ७१ हजार गरी कुल रु. ३४ करोड ६१ लाख ९० हजार व्यय अनुमान प्रस्तुत गरेको छ ।
यता वरियारपट्टी गाउँपालिकामा संर्घस समिति द्धारा धर्ना कार्यक्रम जारीरहेका छन् । संघर्ष समितिले वरियापट्टी गाउँपालिकामा मजबुत लोकतन्त्र एवं शुसासन कायम गर्न गराउन ७ बुँदे माँग राखी पुष ३० गते गाउँकार्यपालिकाको कार्यलयमा ज्ञापन पत्र बुझउदै माघ २ गते सम्म मांगहरु सम्बोधन नभए माघ २ गते देखिनै आन्दोलनमा जाने घोषणा गरेको थियो । ज्ञापन पत्रमा विगतमा सम्पूर्ण हिसाव आधिकारिक रुपमा उलब्ध गराउनु पर्ने, सबैको सहभागितामा अबिलम्ब परिषद गर्नुपर्ने, बृद्धभत्ता समयमा वितरण नगरेको कारण भत्ता लिनबाट बञ्चित भएकाहरुलाई क्षतिपुर्ती सहित भता उपलब्ध गउनुपर्ने, शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउन, विगतमा दिएका ज्ञापनपत्र र सल्लाह सुझावलाई सम्बोधन गर्नुपर्ने, शिक्षक तथा कर्मचारीलाई महिना महिना मै तलब उपलब्ध गराउनु पर्ने, शुसासन र पारदर्शीता कायम गर्नु पर्ने जस्ता माँगहरु रहेका छन् । साथै आन्दोलनको कार्यक्रमबाट पर्न जाने प्रभावको सम्पूर्ण जीम्मेवारी सम्बद्ध पक्षले नै लिनुपर्ने संघर्ष समितिले बुझाएको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।
शुक्रबार गाँउपरिषद चलिरहेकै बेला संर्घ समितिले चर्को नाराबाजी गर्दै विरोध जनाएको थियो । त्यस्तै संर्घस समितिका संयोजक राम किशोर यादवले भने वरियारपट्टी गाउँपालिका लागु औषध, तस्करी र अबैध मदिरा समेतका अड्डा बनेका छन् ।