सुरेन्द्र महतो ,
जोहोर, मलेशिया
मलेशियामा ४ महिना देखि अलपत्र परेका दैलेखकाे गुराँस गाउँपालिका-५ निबासी नरेन्द्र थापा मगरकाे उद्धार गरीएकाे छ ।

नरेन्द्र थापा मगरको उद्धारकाे लागि बिगत २ साता देखि थालिएको अभियानले सार्थकता पाइ “गैर आवासिय नेपाली संघ” जोहोर राज्य समिती को पहलमा र मलेशिया स्थित नेपाली राजदुतावास को विशेष सहयोगमा बुधबार नरेन्द्र नेपाल फर्किन सफल भएकाे NRNA जोहोरको कार्यकारी अध्यक्ष हरि बहादुर बस्नेतले जानकारी दिए ।
थापा करिब १० महिना अगाडि नेपाल बाट मलेशियाको जोहोर शहरको चेम्बेरलाङ स्थिति MEIBAN TECHNOLOGIES SDN BHD मा आएका थिए । आको ६ महिना पश्चात् आफ्नो मान्सिक असन्तुलन बिग्रेर उनि अलपत्र परेका थिए ।
धाधिङ्ग निबासी हाल मलेशियामा बस्ने कुमार तमाङ्गले नरेन्द्र लाई अलपत्र अबस्थामा भेटाएका थिए र उनले आफनो कोठामा ल्याइ हामीलाई सम्पर्क गरेका थिए ।
नरेन्द्रको शारीरिक अबस्था अति नै दयनिय देखेर NRNA को तर्फबाट २ जोर लुगा , जुत्ता अनि एउटा झोला नरेन्द्रलाई दिंदै उनलाई यहाँ सम्म पुराउने डाङ्गी घमन्डा, भवानी डाङि र समाजसेवी रमेश कुमार थारु र बिष्णु शर्माले सहयोग गरे ।
त्यसैगरि परराष्ट मन्त्री प्रदिप ज्ञावली, नेपाल पर्यटन पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष अशोक कुमार सिंह, बैदेशिक रोजगार प्रर्बद्धन बोर्ड, काउन्सुलर बिभाग लगायतका नेपालका निकायहरुले छिटो छरितो कामको थालनी गरे । साथै प्रतिनिधि सभा सदस्य माननीय पार्वती बिसुन्केले लगातार तीन दिन देखि यो अभियानमा साथ र सहयोग गरे । नरेन्द्र थापाका भतिजा बिसाल थापा समेत अभियानमा धेरै सहयोग गरे ।
दैलेख घर भएर हाल मलेसियामा कार्यरत तेजबहादुर कार्की, अलपत्र परेका आम नेपालीहरुको उद्धारमा सँधै खटिने मित्र रमेश कुमार पलेयार थारु लगायत अन्य सम्पूर्ण सुभचिन्तकहरु दैलेखमा रहेर निरन्तर आफन्तहरुसँग समन्वय गरेर खवर आदान प्रदान गर्ने महिला सशक्तिकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्द, गुराँस गाउँपालिका, वडा नं५ का वडा अध्यक्ष लगायत सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गरे।
साथै नरेन्द्र लाई नेपाल फर्काउन को लागि कहिल्यै भुल्न नसकिने सहयोग गर्ने सहयोगी मनहरु र एक हप्ता को कानुनी प्रक्रिया र यहाँ तिर्नु पर्ने रकम ११०० रिङ्गेट साथै टिकट उपलब्ध गराई अतुलनीय सहयोग गरि आफ्नाे अभिभावकत्व पूरा गर्नु हुने सबै नेपाल एम्बिसी मलेसिया का कर्मचारी हरु मा हार्दिक आभर प्रकट गर्दै अर्जुन अनुरागी ले धन्यवाद दिए ।
आउदा दिन हरु पनि यदि अरु नेपाली दाजुभाइ दिदिबहिनी हरुमा पनि समस्या परे “गैर आवासीय नेपाली संघ “(NRNA )जोहोर राज्यसमिती मलेशिया यस्तै भुमिका निरन्तरता दिनेछ। नरेन्द्र नेपाल पुगेपछि उनलाई नेपालमा उपचार, उनका छोराछोरीको लालनपालनको व्यवस्थापनका लागि स्थानीय सरकारको अँझै धेरै जिम्मेवारी हुने कुरा NRNA जोहोर को सचीव अर्जुन सिंह अनुरागि ले जानकारी गराए ।