मङ्लबार, फाल्गुन १८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मन्त्रीले गरेको कुटपिटमा कानून लाग्छ कि लाग्दैन ? अपराध संहिता भन्छ- एक वर्ष कैद र १० हजार जरिवाना

शिरीष न्युज by शिरीष न्युज
पुस ३०, २०७५
0
मन्त्रीले गरेको कुटपिटमा कानून लाग्छ कि लाग्दैन ? अपराध संहिता भन्छ- एक वर्ष कैद र १० हजार जरिवाना

३० पुस, जनकपुर । अहिले प्रदेश २ को राजनीति माहाेल बहालवाला मन्त्रीले सचिव कुटेेको विषयले गर्माएको छ ।

गणतन्त्रमा संविधान र कानूनभन्दा माथि कोही हुँदैन । मन्त्री होस् या जनता, सबैलाई कानून बराबरी लाग्छ । अझ भ्रष्टाचार निवारण ऐनअनुसार त सर्वसाधारणलाई भन्दा सार्वजनिक पदमा बसेको व्यक्तिलाई डेढी वा दोब्बर सजायँ गर्नुपर्ने हुन्छ ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री  विजयकुमार यादवले आफूलाई कार्यकक्षमा बोलाएर थप्पड हानेको सचिव विद्यानाथ झाले आरोप लगाएका छन् । आइतबार आफूमाथि थप्पड हानिएको बताएका सचिव झा सोमबार भने अस्पतालमै भर्ना हुन पुगेका छन् ।

सोमबार जनकपुरका निजामति कर्मचारीहरुले मन्त्रीको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शन समेत गरेका छन् ।

आइतबार कुटपिट भएको भनिएकै दिन सरकारले छानविन समिति बनाएको छ । छानविन समितिका संयोजक रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव सचिव झालाई भेट्न सोमबार अस्पतालमा पुगेका छन् ।

झलनाथ खनाल प्रधानमन्त्री भएका बेला केन्द्र सरकारको वाणिज्य तथा आपूर्तिमन्त्री भइसकेका प्रदेश मन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झालाई कुटपिट गरेकै हुन् त ? यो विषय छानविनपछि नै टुंगो लाग्ला ।

तर, यहाँ चर्चा गरौं- कुनै मन्त्रीले कोही मानिसमाथि कुटपिट गरेको अवस्थामा त्यस्तो मन्त्रीलाई के सजायँ हुन्छ ? या, मन्त्रीले गरेको कुटपिटमा कानून लाग्दैन ?

अपराध संहिता भन्छ- एक वर्ष कैद र १० हजार जरिवाना

यदि मन्त्री यादवले सचिव झालाई कुटपिट नै गरेको ठहरियो भने मुलुकी अपराध संहिताको दफा १९४ आकषिर्त हुन्छ । मन्त्रीले हानेको भनिएको थप्पडबाट सचिव झालाई ठूलो चोटपटक नलागेको अवस्थामा यो दफा आकर्षित हुन्छ ।

मन्त्री यादवले कसुर गरेको ठहरिएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुन सक्छ । कुटपिटबाट अंगभंग भएको अवस्थामा चाहिँ २ वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुबै सजायँ हुन सक्छ ।

कसुरदारले पीडितलाई क्षति पुर्‍याएको रहेछ भने क्षतिपूर्ति पनि भराउनु पर्ने अपराध संहिताको १९८ मा व्यवस्था छ ।

प्रदेश अर्थमन्त्री यादवले गम्भीर उत्तेजना वा रीसको आवेशबाट आएर कुटपिट गरेको ठहरिएमा चोटै नलागे पनि अपराध संहिताले तोकेको सजायँ हुन सक्छ । तर, छानविनबाट मन्त्रीको गल्ती देखिएन भने उनी कानूनी कारवाहीबाट जोगिन सक्छन् ।

नेपालको लोकतान्त्रिक संविधानले कानून सबैका लागि समानरुपमा लागू हुने र कोही व्यक्ति पनि कानुनभन्दा माथि नहुने व्यवस्था गरेको पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा बताउँछन् ।

नेपालको निजामति प्रशासनमा लामो अनुभव बटुलेका बास्कोटा भन्छन्- ‘यदि कुटपिट गरेको प्रमाणित भयो भने मन्त्रीले पनि कानूनी कारवाही भोग्नैपर्ने हुन्छ, कानूनभन्दा माथि कोही पनि हुँदैन ।’

त्यसैगरी मन्त्री पदमा बसेको व्यक्तिले खराब आचरण र व्यवहार प्रदर्शन गरेको ठहरिएमा नैतिक प्रश्नसमेत उठ्ने बास्कोटाको भनाइ छ ।

मन्त्री र सचिवजस्तो मर्यादित पदमा बसेका मानिसहरुवीच सभामुखकै सामुन्ने कुटपिट भयो भन्ने विवाद सतहमा आएको छ । यस्तो विवादसँगै सामाजिक सञ्जालमा राजनीतिक नेतृत्व र उच्च प्रशासकमाथि ‘कुरीकुरी’ भन्ने क्रम बढेको छ ।

भलै मन्त्री यादवले भने आफूले सचिवलाई हातपात नगरेको दाबी गर्दै आइरहेका छन् ।

उता, सचिव विद्यानाथ झाले मन्त्री यादवमाथि कुटपिटको मात्रै आरोप लगाएका छैनन्, मन्त्री यादवले पदको दुरुपयोग गरेर एनजीओ चलाइरहेको र उनको एनजीओलाई बजेट नदिएवापत आफूमाथि कुटपिट गरेको बताएका छन् । यादवले त्यसरी पदको दुरुपयोग गरेका हुन् भने त्यो अर्को छानविनको विषय हो ।

मात्रिकादेखि करिमासम्म, वीरबहादुरदेखि लोकमानसम्म

लोकतन्त्रमा कानून सबैका लागि समानरुपमा लागू हुने भनिए पनि अहिलेसम्म मन्त्रीले गरेको हातपातमा कारवाही भएको खासै रेकर्ड छैन ।

विगतमा मात्रिका यादवले वनमन्त्री हुँदा ललितपुरका स्थानीय विकास अधिकारीलाई ट्वाइलेटमा थुनेर दुव्र्यवहार गरेका थिए । तर, मन्त्री यादवमाथि कुनै फौजदारी कारवाही भएन ।

त्यस्तै माधव कुमार नेपाल प्रधानमन्त्री भएका बेला तत्कालीन कृषि तथा सहकारी मन्त्री करिमा बेगमले पर्साका सीडीओ दूर्गा भण्डारीमाथि हातपात गरिन् । तर, मन्त्री बेगममाथि फौजदारी कानून आकषिर्त भएन ।

यसबाहेक अहिलेसम्म नेपालको इतिहासमा मन्त्रीले कर्मचारी वा सर्वसाधारणलाई कुटेको घटना खासै पाइँदैन । बरु सचिवले मन्त्रीलाई पदबाटै हटाएका घटना पूर्वप्रशासकहरु सम्झन्छन् ।

जस्तै- स्व. कीर्तिनिधि विष्ट प्रधानमन्त्री रहेका बेला ०२९ सालतिर तत्कालीन गृह राज्यमन्त्री प्रकाशबहादुर सिंहलाई सचिव वीरबहादुर शाहीले मन्त्रीबाटै हटाइदिएका थिए । सचिव शाही यति शक्तिहाली थिए कि उनले राजालाई कन्भिन्स गरेर मन्त्री सिंहको पद खुस्काएका थिए ।

त्यसैगरी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला तत्कालीन जलस्रोत सचिव लोकमानसिंह कार्कीले मन्त्री बलदेव शर्मा मजगैयाँलाई पदबाट हटाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाकाे बटेश्वर गाउँपालिका अध्यक्ष राउतको गाडीबाट ८ लाख रुपैयाँ बरामद, राउत फरार
प्रदेश

धनुषाकाे बटेश्वर गाउँपालिका अध्यक्ष राउतको गाडीबाट ८ लाख रुपैयाँ बरामद, राउत फरार

प्रदेश २ : कानुन राज्य मन्त्रि कुशवाहाद्वारा सम्सी गाउपलिमा एकैदिन ३ योजनाको शिलान्यास
प्रदेश २

प्रदेश २ : कानुन राज्य मन्त्रि कुशवाहाद्वारा सम्सी गाउपलिमा एकैदिन ३ योजनाको शिलान्यास

गिटी बालुवाको अवैध उत्खननमा रोक लगाउन धनुषा सिडियोको निर्देशन
प्रदेश २

गिटी बालुवाको अवैध उत्खननमा रोक लगाउन धनुषा सिडियोको निर्देशन

सिम्रौनगढ : पोखरी खन्ने क्रममा सात फिटलामो विष्णुको मूर्ति फेला
धर्म संस्कृति

सिम्रौनगढ : पोखरी खन्ने क्रममा सात फिटलामो विष्णुको मूर्ति फेला

बाल बिवाह विरुद्धको अभियान नीति तथा कार्यक्रममा ल्याउछु – मेयर बरबरिया
प्रदेश

बाल बिवाह विरुद्धको अभियान नीति तथा कार्यक्रममा ल्याउछु – मेयर बरबरिया

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरी : अघिल्लो एक साता देखि घरबाटै वेपत्ता झा दम्पतिको अवस्था अझै अज्ञात

Next Post
खाद्य अधिकारको सवालमा नगरपालिका गम्भिर रहेको छ : क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख पजियार

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भिर रहेको छ : क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख पजियार

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist