शिरीष सम्बाददाता
वर्दिवास, २७गते पुस
पहिलो महिला सहिद पत्रकार जनकपुरकी उमा सिंहको १० औँ स्मृती दिवस आज विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
सिंहको स्मृति दिवसमा बर्दिवास नगर पत्रकार संजाल महोत्तरीले दिप प्रज्वलन गरेका छन् ।
१० वर्ष अघि पुस २७ गते उनको विभत्स हत्या भएको सम्झना गर्दै बर्दिवास नगर पत्रकार संजालमा आवद्ध संचारकर्मीहरुले स्मृति दिवस मनाएका हुन् ।
उमा सिंहले पत्रकारीताको क्षेत्रमा संघर्ष गर्दा गर्दै ज्यान गुमाउनु परेको दुःखद घडिलाई सम्झदै संचारकर्मीहरुले उनलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
बर्दिवासका अग्रज पत्रकार गोपाल बरालले उमा सिंहको पत्रकारीताको जिवन र उनको योगदानका विषयमा प्रकाश पारेका थिए ।
बर्दिवासको भोला वशन्त चोकमा गरिएको श्रद्धाञ्जली सभामा उनको संझनामा बर्दिवासका पत्रकारहरुले एक मिनेट मौन धारण समेत गरेका थिए ।
त्यसैगरी सहिद पत्रकार सिंहको दशौं स्मृति दिवस नेपाल पत्रकार महासंघ धनुषा शाखाले पनि दीप प्रज्वलन गरी मनाएका छन् ।
जनकपुरकी जुझारु महिला पत्रकार उमा सिंहको विभत्स हत्या भएको आज एकदशक पुरा भएको छ । जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहको वि.स.२०६५ पुस २७ गते अर्थात आजकै राति विभत्स हत्या भएको थियो ।
जनकपुर उपमहानगरपालिका १४ रजौल स्थित राति ९ बजे डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार सिंहको निर्ममतापूर्वक हत्या गरेका थिए ।
आज साँझ जनकपुरको जनकचोकमा दीप प्रज्वलन गरी पत्रकार सिंहको स्मृति दिवस मनाइएको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।
पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।
पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घटनामा संलग्न सहिद पत्रकार सिंहकी भाउजु ललिता जन्मकैदको साजय भुक्तान गरिरहेको बेला गत वर्ष जलेश्वर कारागारबाट रिहा भइसकेकी छन् ।
जिल्ला अदालत धनुषाको आदेशमा जन्मकैदको सजाय भुक्तान गरिरहेकी ललित गत वर्ष गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा जेलबाट छुटिसकेकी छन् भने घट्नामा संलग्न अन्य दोषीहरु अझै कानुनी दायरमा आउन सकेका छैनन् ।