जनकपुर, २६ गते
पत्रकार अजयकुमार साहलाई नेपाल प्रेस युनियन धनुषाको नवौं अधिवेशनको अवसरमा उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०७५ ले सम्मानित गरिएको छ ।
धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर निवासी पत्रकार साहले जनकपुर क्षेत्रलाई आधार बनाई विगत दुई दशक बढि देखि पत्रकारिता गर्दै आएका छन् ।
समाजशास्त्र र राजनीतिशास्त्रमा स्नोत्कोत्तर साह हाल खबर दर्पण दैनिक, शिरीष साप्ताहिक र शिरीष न्युजडटकमका सम्पादक हुन् । राष्ट्रिय समाचार समिति(रासस) धनुषाका प्रतिनिधि र नेपाललाईभ डटकममा समेत आबद्ध पत्रकार साहको लेख, रचनाहरु विभिन्न संचारमाध्यमहरु प्राथमिकताका साथ प्रकाशन–प्रशारण हुने गर्दछ ।
उनले धनुषाको सदरमुकाम जनकपुर भन्दा बाहिर ग्रामिण क्षेत्रलाई आधार बनाई पत्रकारिता गर्दै आएका छन् ।