शुक्रबार, माघ ९, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

काठमाडौंका सडकमा भोकभोकै कति रात बिताएँ भिटेन ।।

शिरीष न्युज by शिरीष न्युज
पुस १९, २०७५
0
काठमाडौंका सडकमा भोकभोकै कति रात बिताएँ भिटेन ।।

 

अन्डरग्राउन्ड र्‍याप गीत गाएर उदाएका समीर घिसिङ अर्थात् भीटेनको व्यस्तता बढ्दै गएको छ । उनका र्‍याप गीतमा नेपाली भाषाकै प्रयोग बढी हुन्छ । नेपालीपन झल्कने यस्ता गीत युवा दर्शक–श्रोताहरूले मन पराएका छन् । उनले सन् २०१५ मा ‘गरिब’ गीत रेकर्ड गराए । यो नै उनको रेकर्डेड डेब्यु गीत थियो । एल्बम ननिकाले पनि उनका विभिन्न गीत युट्युबमा उपलब्ध हुन्छन्, जसमा मान्छे खत्तम, लाहुरेको फेसन, खलासी, चुरोट, तातो न छारो, बहिनी, सिमसिमे पानी, हालखबर, अन्तिम चाहना, हिम्मत, इन्ट्रो आदि प्रमुख छन् ।

अहिलेसम्म गीत सुन्थे । अब गीत हेर्छन् । अब गीत किन्नु पनि पर्दैन, युट्युबमार्फत हेर्न सकिन्छ, तैपनि एल्बम बजारमा ल्याउँछु, भीटेनले भने । यद्यपि त्यसका लागि केही महिना कुर्नुपर्नेछ । उनी आफैं गीत सिर्जना गर्छन् । संगीत सयोजनमा भने अरूको साथ लिन्छन् । पेमा मानसिङ तामाङ, सुरज थपलिया हाइप, लुगेन विट्सले उनका गीतमा संगीत संयोजन गरेका छन् । कुनै कुराले मन बिझायो भने उनी गीत सिर्जना गर्छन्, त्यो पनि प्राय: एकान्तमा । 

अहिले उनका थुप्रै फ्यान भैसकेका छन् । लेडिज फ्यानले प्रपोज पनि गर्छन । प्रपोज त अति नै आउँछ, तर प्रपोजलाई एसेप्ट गरेर लभमा छिर्छु भन्ने छैन’ उनले भने । जीवन बिताउने खालकी केटी साथी नभएको र विवाहका बारेमा नसोचेको लजालु स्वभावका घिसिङले बताए ।

भीटेन कार्यक्रमको सिलसिलामा दुबई, अस्ट्रेलिया, कोरिया, जापान, बेलायत आदि देशमा पुगिसकेका छन् भने नेपालका काठमाडांै, पोखरा, चितवन, हेटौडा, बुुटवल, धरान आदि ठाउँमा प्रस्तुति दिएर दर्शकको माया बटुलिसकेका छन् । उनी प्राय:जसो कार्यक्रममा एक्लै पुग्छन् । नेपालका कार्यक्रममा १ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । भीडले माया व्यक्त गर्दा उनी उत्साहित हुन्छन् । जति टाढा जान्छु त्यति नै माया देखिन्छ, ज्यानै दिन खोज्ने फ्यान भेटिन्छन्, उनले भने । बच्चादेखि युवा युवती अनि वृद्धवृद्धासम्मको साथ कन्सर्टमा उनले पाउँछन् । उनले विभिन्न ठाउँका कन्र्सटमा एउटै गीत दर्शकको आग्रहमा तीन पटकसम्म पनि सुनाउनुपरेको छ । 

र्‍याप भनेको कच्चा शब्द र केही अश्लिल पनि हुन सक्छ, प्राय:गरी बोलिरहेजस्तो, झर्किएजस्तो । र्‍याप जस्तो पनि हुन सक्छ । बुझ्न खोज्नुपर्‍यो । सकारात्मक सोच राखेर हेर्ने–सुन्ने बानी बसाल्नुपर्‍यो अनि मात्र नेपाली र्‍यापलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सकिन्छ, भीटेन भन्छन् । 

उनको व्यस्तता बढ्न थालेको डेढ वर्ष मात्र भयो । समीर घिसिङ सबैका भावनालाई गीतमार्फत समेट्ने प्रयास गर्छन् । उनले रमाइला, हाँस्ने, नाच्ने, दु:ख, सुख सबै प्रकारका गीत गाएका छन् । आगामी दिनमा पनि यस्तै गीत गाइरहने उनको योजना छ । 

उनी २१ वर्षअघि रौतहटको चन्द्रनिगाहपुरमा जन्मिएका हुन् । बुबा कपिल लामा र ममी हेम लामाको पहिलो सन्तानका रूपमा जन्मिएका घिसिङका दुई बहिनी छन् । बाल्यकालमा उनी अलि मोटा थिए अनि केही लोसे पनि । सबैले उनलाई मोटे भनेर जिस्काउथे । पछि पढाइको सिलसिलामा होस्टल बस्न थाले अनि फुटबल खेल्थे । त्यसपछि उनको मोटोपन कम भयो । त्यतिबेलै उनले गीत गाउने अनि र्‍याप हान्ने काम सुरु गरे । बिस्तारै त्यही अनुसारका साथी फेला पारे । उनको घरमा उफर थियो, हेडफोनको माइकलाई उफरमा जोडेर गीत गाउँथे उनी । भ्वाइस रफ आए पनि त्यसमै गीत सुनाउँदै उनले आफ्नो प्रतिभा बाहिर ल्याए । घिसिङ साथीहरूसँग र्‍याप व्याटल पनि गर्थे । उनी नेपाली र्‍यापलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउनुपर्छ भन्ने सोचका साथ अगाडि बढे । 

एसएलसी उत्तीर्ण गरेपश्चात उनी काठमाडांै हान्निए । पढ्नका लागि काठमाडौं आएका भीटेनलाई गीतसंगीतको नसाले तानिहाल्यो, तर उनी खासमा काकाको घरमा बस्ने कलेज पढ्ने अनि फुर्सदमा काकालाई व्यवसायमा सघाउने गरी काठमाडांै आएका थिए । काम सकेर उनी गीत रेकडिङ गर्न जान्थे । गीत रेकर्ड गर्दा राती अबेर हुन्थ्यो । डेरामा पुग्दा काकाले ढोका खोल्दिएनन्, गाली गरे अनि उनले सडकमै रात बिताए । यस्तो पटक–पटक भयो, तर त्यसमा उनलाई दु:ख लाग्दैनथ्यो । आनन्द लाग्थ्यो । किनभने उनी त्यो दिन गीत रेकर्ड गरेर आएका हुन्थे । साथीको घरमा स्टुडियो भएकाले रेर्कडिङ गर्न पैसा खर्च गर्नु पर्दैनथ्यो । त्यसले केही सहजता भने थियो । 

उनले जीवनमा सु:ख भन्दा दु:ख धेरै देखेका छन् । उनीसँग पैसा हुँदैनथ्यो, साथीहरूले गाडी भाडा भनेर पैसा दिन्थे, तर त्यो पैसा उनी चुरोट खाएर सक्थे अनि धुमबाराहीदेखि ह्वाइट गुम्बासम्म पैदले हिँड्थे । उनलाई पढ्न समेत झयाउ लाग्थ्यो, त्यसैले पढ्न छोडे । पछि पश्चाताप भयो अनि केहि वर्षको ग्यापपश्चात् फेरि कलेज ज्वाइन गरे । हाल उनी व्यस्थापन संकायमा स्नातक तह अध्ययनरत छन् । भी–टेनलेपहिलोपल्ट गीतबाट कमाएको रकम ५ हजार थियो । बुटबलमा कार्यक्रम आयोजना गरी २५ हजार दिने गरी उनलाई बोलाइयो, तर पछि ५ हजार मात्र दिएर पठाइयो’, उनले भने । 

भीटेन अहिले थान्का पेन्टिङको व्यवसायसमेत गर्छन् । त्यहाँबाट सामान्य खर्च धान्न सहज भएको छ । उनको आमालाई माइग्रेनको समस्या छ भने बुबा मजदुरी गर्छन् । दुई बहिनी पढ्दैछन् । अहिले अलि अलि घर खर्च पठाउन सक्ने भएको छु, –घिसिङले बताए । 

मेहनत गरेर नयाँ–नयाँ गीत ल्याउने तयारी गरिरहेका भीटेनले भारतीय र्‍यापरसँग मिलेर गीत तयार पार्ने योजनासमेत बनाएका छन् । यसबाट बिस्तारै नेपाली र्‍यापलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन मद्दत मिल्ने उनको बुझाइ छ ।

कान्तिपुर  साप्ताहिकको लागी राजा राम पौड्यलको रिपोर्ट 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’
अन्तर्वार्ता

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’

परिस्थितले जीवनमा ल्याएको नयाँ यात्रा लाई स्वभाविक तर चुनौतीपूर्ण रुपमा लिएकी छु : प्रदेश सभा सदस्य बबिता चौधरी
अन्तर्वार्ता

परिस्थितले जीवनमा ल्याएको नयाँ यात्रा लाई स्वभाविक तर चुनौतीपूर्ण रुपमा लिएकी छु : प्रदेश सभा सदस्य बबिता चौधरी

ओलीले संसद बिघटन गरेर नेपाली जनताले सडकबाट लडेर अर्जेको गणतन्त्र माथि प्रहार गर्ने ध्रिष्टता गरे : कांग्रेस महोत्तरीका जिल्ला सचिब पाठक
अन्तर्वार्ता

ओलीले संसद बिघटन गरेर नेपाली जनताले सडकबाट लडेर अर्जेको गणतन्त्र माथि प्रहार गर्ने ध्रिष्टता गरे : कांग्रेस महोत्तरीका जिल्ला सचिब पाठक

चुनाव भए कांग्रेस एक्लै लड्छ, अब कम्युनिस्टको पत्तासाफ हुन्छ: विमलेन्द्र निधि [अन्तर्वार्ता]
अन्तर्वार्ता

चुनाव भए कांग्रेस एक्लै लड्छ, अब कम्युनिस्टको पत्तासाफ हुन्छ: विमलेन्द्र निधि [अन्तर्वार्ता]

प्रधानमन्त्री ओलीसँग जी न्युजका प्रधानसम्पादक चौधरीको अन्तर्वार्ता (भिडियो सहित)
अन्तराष्ट्रिय

प्रधानमन्त्री ओलीसँग जी न्युजका प्रधानसम्पादक चौधरीको अन्तर्वार्ता (भिडियो सहित)

प्रधानमन्त्रीको दाबी पत्याउन थाल्यो भने मान्छे एकछिनलाई बहुलाउँछ : शरतसिंह भण्डारी
अन्तर्वार्ता

प्रधानमन्त्रीको दाबी पत्याउन थाल्यो भने मान्छे एकछिनलाई बहुलाउँछ : शरतसिंह भण्डारी

Next Post
कलाकार माथी हने दूरब्याबहारलाई तपाई कसरी लिनु हुन्छ ??

कलाकार माथी हने दूरब्याबहारलाई तपाई कसरी लिनु हुन्छ ??

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist