काठमाडौं, नेपाल
कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता रेशम चौधरीले आज सपथग्रहण लिँदैछन् ।
सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा उनलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी गराएका छन् ।
टीकापुर हत्याकाण्डका आरोपी उनी फरार रहेकै अवस्थामा चुनाव लडेर विजयी भएका थिए ।
तर, त्यतिबेला निर्वाचन आयोगले उनलाई प्रमाणपत्र दिएको थिएन । प्रमाणपत्र नदिएपछि उनलाई सभामुखले पनि सपथग्रहण गराएका थिएनन् ।
पछि उनी जिल्ला अदालत कैलालीमा हाजिर भएपछि प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो ।
राजपा नेपालले रेशम चौधरीको रिहाई र शपथग्रहणको विषयलाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिँदै आएको थियो ।