शिरीष सम्बाददाता
जनकपुर, १ गते पुस
रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख डा.विजयलाल दास माथि कालोमोसो दलेको विषयमा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी प्रमोद कुमार साह रंगिलेसंग प्रहरीले दुव्र्यवहार गरेका छन् ।
डिउटीमा भएका प्रहरीलाई पत्रकार हुँ भन्दा पनि वेवास्ता गरेर हातपात गर्दै पत्रकार साहलाई धक्का दिंदएको थियो । हातपात हुँदा पत्रकार साहको वण्डी (आसकोट) समेत च्यातिएको छ ।
जनकपुरका संचाकर्मीद्वारा यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी नायव उपरीक्षकको ध्यानाकर्षण गराईएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीलाई यस बारे गंभिरता पूर्वक बुझ्नका लागि निर्देशन दिएका छन् ।