विजयकुमार साह–
ढल्केवर १ गते पुस
जनकपुर बालबालिकामा भएका प्रतिभालाई प्रष्टफुटन गर्ने उद्देश्यले सुरु भएको मिथला नगरपालिका स्तरीय ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगितामा भाग लिने प्रतियोगिहरु छनौट (अडिसन) गरिएको छ ।
धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा ‘ग्ल्यामरस नेपाल मोडलिङ्ग एण्ड इमेन्ट म्यानजमेन्ट कम्पनी’ विर्तामोड झापाको आयोजनामा प्रतियोगिहरु छनौट गरिएको हो ।
चिफ कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठ, लालबन्दी प्रिन्सेज बबिता श्रेष्ठ, प्रिन्सेज नेहा कार्की र मोडेल तथा ब्यांकर समुन श्रेष्ठको निर्णायक टोलीले ७० जना बालबालिकालाई प्रतियोगिताका लागि छनौट गरेको आयोजकले बताएको छ । छनौट हुनेमा ढल्केवरका विनायक इ.बो. स्कुल, चिल्ड्रेन इ.बो.स्कुल, जनक एकेडेमी र ढल्केवर एकेडेमीका विद्याथीहरु रहेका छन् ।
चिफ कोरियोग्राफर लक्ष्मणले यस कार्यक्रममा सौन्दर्यलाई भन्दा पनि अतिरिक्त जानकारिमूलक शिक्षामा जोड दिई प्रतिस्पर्धीहरुलाई सबल र सक्षम बनाउन खोजिएको बताए । उनले छनौट भएका बालबालिकाको व्यक्तित्व विकास, सामाजिक रहन–सहन, नैतिक जिम्मेबारी, सामाजिक उत्तरदायित्व, जीवनशैली, कला, संस्कृति, बोलिचाली, क्याटवाक आदिको बारेमा प्रशिक्षण दिइने जनाए । प्रस्तुतिकरण र अनुशासनका आधारमा पहिलो चरणको छनौट गरिएको प्रतियोगितामा ७–१२ र १३–१५ बर्ष उमेर समूहका बालबालिकालाई समावेश गरिएको छ ।
ग्ल्यामरस नेपालको आयोजनामा सञ्चालन भएको लिटल प्रिन्स एण्ड प्रिन्स प्रतियोगिताको फिनाली भव्य र सभ्य रुपमा गरिने छ । प्रतियोगिताका उत्कृष्ट विजेताले बर्ष २०१८ को ताज सहित काउन, प्रमाणपत्र लगायत विभिन्न आकर्षक पुरस्कार सहित बर्षको सेलिबे्रटी घोषणा गरिने आयोजकका स्थानीय प्रतिनिधि देवराज घिमिरेले बताए ।
त्यसैगरि प्रथम, द्वतीय र तृतीय रनअरअप सहित विभिन्न विद्याका टाइटलहरु घोषित गरिने छ । ग्ल्यामरस नेपालले पूर्वमा रहेर मोडलिङ्ग क्षेत्रमा विगत १५ बर्षदेखि निरन्तर काम गर्दै आएको आयोजकले बताए ।