मिस नेपाल २०१८ श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनल पुगेकी छन्। मल्टिमिडिया अवार्ड जित्दै उनले फाइनलका लागि अाफ्नो स्थान सुरक्षित गरेकी हुन्।
विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन्।
मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पारेकी हुन्। यसअघि मिस नेपाल वर्ल्ड २०१३ की विजेता इशानी श्रेष्ठ ब्युट विथ पर्पोज प्रस्तुति मार्फत् मिस वर्ल्डको उत्कृष्ट १० मा पुगेकी थिइन्।
प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ।