महेन्द्रनगर, मंसीर १५ गते
क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा अन्तर वडा स्तरीय फूटबल प्रतियोगिता सुरु भएको छ ।
धनुषाको महेन्द्रनगर क्षीरेश्वर जन्ता उच्च मा.वि.को खेलमैदानमा शनिवार देखि सुरु भएको प्रतियोगितामा ८ ओटा टिमको सहभागिता रहेको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख अतिथ्यता र क्षीरेश्वर स्पोर्ट कल्वका अध्यक्ष केवल मुखियाको अध्यक्षतामा भएको पहिलो दिनको उद्घाटन खेल वडा नम्बर तीन वडा नम्बर ९ लाई १को विरुद्ध ३ गोल गर्दै जिते हात पारेको छ ।
नगरपालिकाको सहयोग र क्षीरेश्वर स्पोर्ट क्लवको आयोजनामा सुरु भएको नगरपालिका अन्तर वडा फूटबल प्रतियोगिता खासगरी स्थानिय स्तरमा खेलाडी उत्पादन गरी उतकृष्ट खेलाडीलाई भोलिको दिनमा एउटा दक्ष टिम बनाउने रहेको कल्वका अध्यक्ष मुखियाले बताएका छन् ।
त्यस्तै उद्घाटन समारोहका अतिथीहरु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरी, नेकपाका नेता हरि प्रसाद पौडेल, जिल्ला फूटवल समितिका उपाध्यक्ष कल्यान खडका, वडाअध्यक्ष अमर किशोर सिंह, जगदिस यादव, क्षीरेश्वर उद्योग बाणिज्य संघका महासचिव दिपक साह, समाजसेवी मित्रलाल गिरी, व्यापारी ईश्वरी प्रसाद अधिकारी, सुनचाँन्दी संघका अध्यक्ष बसन्त ठाकुर लगायतका उपस्थिती रहेको थियो ।
त्यस्तै खेलको दोस्रो दिन आइतबार दिनको २ बजे देखि वडा नम्बर ७ र ८ को विच हुने खेलको टाईसिटमा उल्लेख गरिएको छ ।
-अनिल कुशवाहा